ट्रेंडिंग:

>> रक्तदाता संघको संस्थागत विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न >> रन-वेको लाइट बिग्रिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द, उडान अस्तव्यस्त >> सिद्धार्थ कटेज रेष्टुरेन्टमा ब्राह्मण भोजन >> रुपन्देही उद्योग संघको ४७ औं साधारण सभा : निर्वाचित समितिलाई पदस्थापन >> जुकाको औषधी घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु >> विश्वासको मत नपाएपछि मधेसका मुख्यमन्त्रीले दिए राजीनामा >> औद्योगिक–व्यापारिक क्षेत्रमा गरेको आक्रमण अस्वीकार्य छ : प्रधानमन्त्री कार्की >> विश्व साइकल यात्री “निरञ्जन” कतारमा सम्मानित >> लसुनबाट प्रशस्त आम्दानी गर्दै किसान  >> खस्यौलीलाई द बुद्ध फुटसल कपको उपाधि >> प्रधानमन्त्रीलाई व्यवसायीले भने- तोडफोड र लुटपाटमा संलग्नमाथि कडा कारबाही होस् >> एम्बुलेन्स चालकहरूले गरे रक्तदान >> शेयर सदस्य वृद्धि गर्ने नौलोको योजना >> आलमको निधनप्रति शोक मनाउँदै कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २ दिन पछि सारियो >> हुलाकी सडकका दुई खण्ड अलपत्र >> रामग्राम स्तुपामा नगरपालिका र परियोजना प्रतिनिधि बिच छलफल  >> अपाङ्गता भएकालाई शिवराजको सहायक सामग्री >> अँध्यारो उज्यालो >> १० करोड बढी राजस्व गुमाएपछि निकासीको गृहकार्यमा सुनवल >> महिलाहरुको आम्दानी बन्दै हस्तकलाको सामग्री >> हङकङ सिक्सेसमा नेपाल ४ विकेटले दक्षिण अफ्रिकासँग पराजित >> देउसी–भैलोले बनायो सल्यानमा यात्रु प्रतीक्षालय >> सडक मापदण्डभित्रका घर टहरा हटाउने तयारी >> आज यी दुई प्रदेशको हिमाली भूभागमा हल्का वर्षासहित हिमपातको सम्भावना >> मोहम्मद अफताब आलमको मृत्यु >> ओ ! जङ्गल >> १६औँ कपिलवस्तु महोत्सवको तयारी तीव्र >> राप्ती स्वास्थ्य प्रतिष्ठानको सेवालाई सुदृढ र थप गर्ने निर्णय  >> सामसङले नेपाली बजारमा ल्यायो ग्यालेक्सी ट्याब एस-११ >> एनपीएल सिजन २ः युनाइटेड बाई क्रिकेट, कनेन्टेड बाई एनसेल ! >> निर्वाचनमा भाग लिन मतदातालाई प्रधानमन्त्रीको आग्रह >> नबोल्ने बच्चालाई बोल्ने बनाउने ‘जोगीपानी कुवा’ >> शान्ति समाज रुपन्देहीको २६औं साधारणसभा सम्पन्न >> दाङमा  स्कुलस्तरीय चौथो हप्किडो प्रतियोगिता हुँदै  >> पाँचौं लुम्बिनी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु >> १२५ राजनीतिक दल निर्वाचन आयोगमा दर्ता >> माओवादी केन्द्रको नाम, झन्डा र चुनाव चिन्ह यथावत् राख्न आयोगमा निवेदन दर्ता >> काँग्रेस बैठकमा मङ्सिर २४ का लागि विशेष महाधिवेशनको प्रस्ताव पेस >> सङ्घ र प्रदेशका पदाधिकारीहरू भन्छन् : कर्मचारी कटौती संसद्को अवहेलना हो >> ओलीको तिखो प्रश्न : त्यसवेला सुकरात त भागेन, आजको केपी ओली भाग्छ ? >> रवि लामिछानेविरुद्ध प्रतिशोधको प्रमाणस्वरूप रास्वपाद्वारा ६ तथ्य सार्वजनिक >> निर्वाचन नगरी संविधान कार्यान्वयन सम्भव छैन – रास्वपा >> कुलमान लक्षित रास्वपाको टिप्पणी- पार्टी कब्जा गर्ने नियतको खुला प्रतिवाद गर्छौैं >> एमसीसी परियोजनामा संलग्न कम्पनीलाई सरकारले १ वर्षको आयकर छुट दिने >> चालू आवको पहिलो त्रैमासमा बैंकहरूको नाफा खस्किँदा ग्लोबल आईएमई अग्रपंक्तिमा >> नेपाली क्रिकेट टोली स्वदेश फर्कियो >> राहुल गान्धीको दाबी: जेनजीलाई देखाउनेछौँ, मोदी ‘भोट चोरी’ गरेर प्रधानमन्त्री बने >> सर्वोच्च अदालत मङ्सिर १ देखि पूर्णरूपमा सञ्चालनमा आउने >> सावधान ! लिंकमा क्लिक गरेपछि बैंकबाट रकम गायब, ३ ठग पक्राउ >> विप्लव, शर्मा र भुसालबीच राजनीतिक सहकार्य गर्ने सहमति

डेढ सातामै तोलामा २७ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

३० आश्विन २०८२, बिहीबार
३० आश्विन २०८२, बिहीबार

काठमान्डौ, ३० असोज ।

डेढ साताभित्रै सुनको मूल्य तोलामा २७ हजार सात सय रुपैयाँले वृद्धि भई इतिहासकै नयाँ उचाइमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहीबार) सुनको मूल्य तोलामा दुई लाख ५० हजार नौ सय रुपैयाँ कायम गरिएको छ, जो हालसम्मकै उच्च दर हो ।

व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा लगातार भइरहेको मूल्यवृद्धिको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परिरहेको हो ।

गत असोज १९ गतेदेखि आजसम्म १२ दिनको अवधिमा सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । सो दिन तोलामा सात हजार चार सय रुपैयाँले बढेको मूल्य त्यसयता निरन्तर बढ्दो क्रममा छ ।

दसैँअघि असोज १२ गते सुनको मूल्य तोलामा दुई लाख २३ हजार दुई सय रुपैयाँ थियो । दसैँ अवधिभर नयाँ मूल्य निर्धारण नभए पनि दसैँ सकिएलगत्तै असोज १९ गतेदेखि सुनको भाउ तीव्र रूपमा बढ्न थालेको हो । त्यसपछि प्रायः हरेक दिन सुनचाँदीको मूल्य उकालो लागिरहेको व्यवसायी महासंघले जनाएको छ ।

गएको मंगलबार मात्र सुनको मूल्य तोलामा आठ हजार एक सय रुपैयाँले बढेको थियो । आज फेरि तोलामा दुई हजार रुपैयाँले बढ्दै मूल्य दुई लाख ५० हजार नौ सय रुपैयाँमा पुगेको छ ।

यसअघि मंसिर १० गते सरकारले भन्सारदर घटाएपछि सुनको मूल्य एकैदिनमा तोलामा १५ हजार नौ सय रुपैयाँले घटेको थियो । तर हाल अन्तर्राष्ट्रिय बजारमा पुनः बढ्दो दरका कारण नेपाली बजारमा सुनको मूल्य फेरि ऐतिहासिक उचाइमा पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?