ट्रेंडिंग:

>> मधेस प्रदेशमा सरकार गठनविरुद्ध सात दलका सांसदहरूको धर्ना >> मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त >> निर्वाचन नै निकासको मार्ग हुनसक्छ  >> ‘हायातपछि बुटवलमा रात्रिकालीन बजार’  >> बुद्धभूमिको बृजा तालमा स्टिमरको आकर्षण >> पृथ्वीचन्द्र अस्पतालमा करोड बढीको अनियमितता ! >> बुटवल कृषि उपजको लफडा लम्बिदैः वर्ष दिनदेखि प्रहरीको पहरामा बोलपत्र >> दिल्लीमा शक्तिशाली विस्फोट : मृतकको संख्या ९ पुग्यो, २४ जना घाइते >> एनपीएलका उद्घाटन र फाइनलसहित अधिकांश खेल फ्लडलाइटमा हुने >> नदी घाटहरूमा अवैध उत्खनन नियन्त्रण गर्न प्रहरीको नियमित गस्ती र निगरानी >> एनसेलका ११ भाग्यशाली ग्राहकलाई ११ जीबी डेटा निःशुल्क >> नेपाल प्रहरीको आईजीपीमा दानबहादुर कार्की नियुक्त >> फेसबुकमा त एमाले रित्तै भइसक्यो, घरघरका युवाको साथ छ : ओली >> कतारको सडकमै स्याङ्जाका गुरुङको दुखद निधन >> एनपीएल सिजन–२ मा एनसेलको निरन्तर सहकार्य : ‘युनाइटेड बाइ क्रिकेट, कनेक्टेड बाइ एनसेल’ >> सिटिजन्स बैंक र एकता बुक्सबीच विशेष छुटको समझदारी >> जन्मदिनमा केक होइन, शैक्षिक सामग्री बाँडिन् बालगायिका एक्टिमा >> रामकुमारी र किसानसहितका नेताहरू एमालेमा फर्किए >> बुद्ध एयरका मालिकसहितको नयाँ दलले पायो निर्वाचन आयोगबाट प्रमाणपत्र >> सोमबार सेयर बजारमा गिरावट, कारोबार रकम ४ अर्ब ५१ करोडमा सीमित >> बुधबार भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै >> टमाटरमा भविष्य खोज्दै किसान >> सामाजिक हितमा रोटरी ‘प्लेटफर्म ’ >> सुत्केरी महिलाको मृत्युपछि भरतपुर अस्पताल तनावग्रस्त >> कपिलवस्तुमा बेपत्ता २ वर्षीया बालिका मृत फेला >> पथलैया–निजगढ सडकमा जंगली हात्तीको आक्रमण, ट्रक चालकको मृत्यु >> निर्माण व्यवसायीलाई भुक्तानीको चिन्ता >> कुलमान घिसिङको पार्टीको नाम ‘उज्यालो नेपाल’ हुने सहमति, चुनाव चिन्ह बिजुलीको चिम >> मुख्यमन्त्री नियुक्ति विवादले उग्र रूप लिँदा कर्मचारीमाथि कुटपिट >> रास्वपाले समानुपातिक उम्मेदवारको लागि आवेदन शुल्क ५० हजार तोक्यो >> सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्यो >> एमालेले बोलायो विघटित संसदीय दलको बैठक >> ३५ सदस्यीय सचिवालय बनाउने तयारीमा नेपाली कम्युनिस्ट पार्टी >> सिके राउतको प्रस्ताव : मधेसलाई स्वायत्त प्रदेश घोषणा गरौँ >> नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध मधेस भवन अगाडि टायर बाल्दै प्रदर्शन >> मधेसमा मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झन्डा फ्याँकियो >> बुटवलमा युनि कन्सल्ट्यान्स अलायन्सद्वारा शैक्षिक परामर्शदाता भेला >> मधेसमा एमाले, राप्रपा र संघीय समावादीबाट एक-एकजना मन्त्री नियुक्त >> मधेश प्रदेशको मुख्यमन्त्रीमा एमालेका सरोजकुमार यादव नियुक्त >> बढैयाताल गाउँपालिकामा २६ करोड बेरुजु : प्रमुख प्रशासकीय अधिकृत र लेखापालको मिलेमतोमा रकम हिनामिना >> नेपाली क्रिकेट टोलीका अलराउण्डर शरद भेषावकरले लिए सन्यास >> आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती मनाइँदै >> तिलोत्तमामा मङ्सिर १५ गतेदेखि औद्योगिक मेला हुने >> सामाजिक सञ्जालबाटै बढ्दो ठगी  >> सल्यानमा घरघर पुगेर स्क्रब टाइफसको जाँच >> भैरहवा विमानस्थल खाली भारतमा विमान ‘डाईर्भट’ >> खानेपानी योजनाको बजेट तानातानले सङ्घीयताभन्दा जेठा योजना अलपत्र >> दाङमा बिलबिजक नभएको कपडा बरामद  >> बुटवलमा ३ अर्ब ५० करोड लगानीको पाँचतारे होटल ‘ह्यात प्लेस’ सञ्चालनमा >> यूसिएमएस भैरहवामा रेडियोलोजी सम्बन्धी कार्यशाला सम्पन्न  

झलनाथ भन्छन् – हामी कोही पनि गलत बाटो हिँडेर भड्खालोमा पर्ने काम नगरौँ

२६ आश्विन २०८२, आइतबार
२६ आश्विन २०८२, आइतबार

काठमान्डौ, २६ असोज ।

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेकपा माओवादी केन्द्रसँग प्रस्तावित पार्टी एकीकरणको विरोध गर्दै अहिलेको राजनीतिक परिस्थिति यस्तो कदमका लागि उपयुक्त नभएको बताएका छन् ।

पत्नीको उपचारका क्रममा भारतको नयाँदिल्लीमा रहेका खनालले पार्टीको सचिवालय बैठकमा पठाएको लिखित धारणामा लेखेका छन्, “कमरेडहरू, अहिले हाम्रो पार्टीका लागि कसैसँग पनि पार्टी एकीकरण गर्ने समय होइन । हामी कोही पनि गलत बाटो हिँड्दै भड्खालोमा पर्ने वा अरूलाई पार्ने दिशामा लाग्नु हुँदैन ।”

खनालले पार्टी नेतृत्वलाई सबैभन्दा पहिले एमालेबाट अलग भएर एकीकृत समाजवादी गठन गर्नुपरेको कारणको गम्भीर समीक्षा गर्न आग्रह गरेका छन् । उनले भनेका छन्, “हाम्रो चार वर्षे यात्राको निर्मम समीक्षा गरौँ—ठीक र बेठीक छुट्याऔँ । नवौँ महाधिवेशनदेखि उठाउँदै आएका युवा आवाज र कार्यपद्धतिको मुद्दालाई पुनः आत्मसात् गरौँ ।”

खनालले पार्टी अध्यक्ष माधवकुमार नेपालसहित वामपन्थी नेतृत्वमाथि दक्षिणपन्थी मार्गमा उन्मुख भएको आरोप लगाएका छन् । उनका अनुसार, वामपन्थी दलहरूले जनता र राष्ट्रलाई सही दिशातर्फ डोर्‍याउनुपर्ने ठाउँमा यथास्थितिवादको मार्ग रोजेपछि मुलुक संकटतर्फ धकेलिएको हो ।

उनले लेखेका छन्, “दक्षिणपन्थीहरूका पछि लागेर वामपन्थी नेतृत्वहरूले सामाजिक–आर्थिक रूपान्तरण र राष्ट्रिय स्वाभिमान सुदृढ गर्ने कार्यभार छोडेपछि देश विदेशी शक्तिको खेलमैदान बन्दै गएको छ—आजको भयावह अवस्थाको यही मुख्य कारण हो ।”

खनालले वर्तमान राजनीतिक परिदृश्यमा वामपन्थी आन्दोलनलाई नयाँ दिशाबाट पुनर्जीवित गर्न प्रत्येक पार्टीमा पुनर्गठन र रूपान्तरण अपरिहार्य भएको औंल्याएका छन् ।

उनले स्मरण गराएका छन्, “मैले नयाँ वर्षको सन्देशमै यो वर्षलाई पुनर्गठन र रूपान्तरणको वर्ष बनाउन आह्वान गरेको थिएँ । अहिलेको परिस्थिति पनि त्यही आवश्यकतामै आइपुगेको छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?