© २०२३
काठमान्डौ, २६ असोज ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुन र चाँदीको भाउमा वृद्धि भएको जानकारी दिएको छ । सुनको भाउ प्रतितोला ३ हजार रुपैयाँले बढेर २ लाख ३८ हजार रुपैयाँ कायम भएको छ ।
सुनको मूल्य बिहीबार २ लाख ३९ हजार रुपैयाँको रेकर्ड बनाएको थियो भने शुक्रबार २ लाख ३५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको भाउ पनि प्रतितोला ४० रुपैयाँले बढेर ३ हजार १२५ रुपैयाँमा पुगेको छ । शुक्रबार चाँदीको भाउ ३ हजार ८५ रुपैयाँमा कारोबार भएको थियो । यो भाउ हालसम्मकै उच्च दरमा रहेको व्यवसायी महासंघले जनाएको छ ।