ट्रेंडिंग:

>> रक्तदाता संघको संस्थागत विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न >> रन-वेको लाइट बिग्रिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द, उडान अस्तव्यस्त >> सिद्धार्थ कटेज रेष्टुरेन्टमा ब्राह्मण भोजन >> रुपन्देही उद्योग संघको ४७ औं साधारण सभा : निर्वाचित समितिलाई पदस्थापन >> जुकाको औषधी घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु >> विश्वासको मत नपाएपछि मधेसका मुख्यमन्त्रीले दिए राजीनामा >> औद्योगिक–व्यापारिक क्षेत्रमा गरेको आक्रमण अस्वीकार्य छ : प्रधानमन्त्री कार्की >> विश्व साइकल यात्री “निरञ्जन” कतारमा सम्मानित >> लसुनबाट प्रशस्त आम्दानी गर्दै किसान  >> खस्यौलीलाई द बुद्ध फुटसल कपको उपाधि >> प्रधानमन्त्रीलाई व्यवसायीले भने- तोडफोड र लुटपाटमा संलग्नमाथि कडा कारबाही होस् >> एम्बुलेन्स चालकहरूले गरे रक्तदान >> शेयर सदस्य वृद्धि गर्ने नौलोको योजना >> आलमको निधनप्रति शोक मनाउँदै कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २ दिन पछि सारियो >> हुलाकी सडकका दुई खण्ड अलपत्र >> रामग्राम स्तुपामा नगरपालिका र परियोजना प्रतिनिधि बिच छलफल  >> अपाङ्गता भएकालाई शिवराजको सहायक सामग्री >> अँध्यारो उज्यालो >> १० करोड बढी राजस्व गुमाएपछि निकासीको गृहकार्यमा सुनवल >> महिलाहरुको आम्दानी बन्दै हस्तकलाको सामग्री >> हङकङ सिक्सेसमा नेपाल ४ विकेटले दक्षिण अफ्रिकासँग पराजित >> देउसी–भैलोले बनायो सल्यानमा यात्रु प्रतीक्षालय >> सडक मापदण्डभित्रका घर टहरा हटाउने तयारी >> आज यी दुई प्रदेशको हिमाली भूभागमा हल्का वर्षासहित हिमपातको सम्भावना >> मोहम्मद अफताब आलमको मृत्यु >> ओ ! जङ्गल >> १६औँ कपिलवस्तु महोत्सवको तयारी तीव्र >> राप्ती स्वास्थ्य प्रतिष्ठानको सेवालाई सुदृढ र थप गर्ने निर्णय  >> सामसङले नेपाली बजारमा ल्यायो ग्यालेक्सी ट्याब एस-११ >> एनपीएल सिजन २ः युनाइटेड बाई क्रिकेट, कनेन्टेड बाई एनसेल ! >> निर्वाचनमा भाग लिन मतदातालाई प्रधानमन्त्रीको आग्रह >> नबोल्ने बच्चालाई बोल्ने बनाउने ‘जोगीपानी कुवा’ >> शान्ति समाज रुपन्देहीको २६औं साधारणसभा सम्पन्न >> दाङमा  स्कुलस्तरीय चौथो हप्किडो प्रतियोगिता हुँदै  >> पाँचौं लुम्बिनी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु >> १२५ राजनीतिक दल निर्वाचन आयोगमा दर्ता >> माओवादी केन्द्रको नाम, झन्डा र चुनाव चिन्ह यथावत् राख्न आयोगमा निवेदन दर्ता >> काँग्रेस बैठकमा मङ्सिर २४ का लागि विशेष महाधिवेशनको प्रस्ताव पेस >> सङ्घ र प्रदेशका पदाधिकारीहरू भन्छन् : कर्मचारी कटौती संसद्को अवहेलना हो >> ओलीको तिखो प्रश्न : त्यसवेला सुकरात त भागेन, आजको केपी ओली भाग्छ ? >> रवि लामिछानेविरुद्ध प्रतिशोधको प्रमाणस्वरूप रास्वपाद्वारा ६ तथ्य सार्वजनिक >> निर्वाचन नगरी संविधान कार्यान्वयन सम्भव छैन – रास्वपा >> कुलमान लक्षित रास्वपाको टिप्पणी- पार्टी कब्जा गर्ने नियतको खुला प्रतिवाद गर्छौैं >> एमसीसी परियोजनामा संलग्न कम्पनीलाई सरकारले १ वर्षको आयकर छुट दिने >> चालू आवको पहिलो त्रैमासमा बैंकहरूको नाफा खस्किँदा ग्लोबल आईएमई अग्रपंक्तिमा >> नेपाली क्रिकेट टोली स्वदेश फर्कियो >> राहुल गान्धीको दाबी: जेनजीलाई देखाउनेछौँ, मोदी ‘भोट चोरी’ गरेर प्रधानमन्त्री बने >> सर्वोच्च अदालत मङ्सिर १ देखि पूर्णरूपमा सञ्चालनमा आउने >> सावधान ! लिंकमा क्लिक गरेपछि बैंकबाट रकम गायब, ३ ठग पक्राउ >> विप्लव, शर्मा र भुसालबीच राजनीतिक सहकार्य गर्ने सहमति

सरकारी कर्मचारीको अझै सकिएन दसैँ !

२५ आश्विन २०८२, शनिबार
२५ आश्विन २०८२, शनिबार

भैरहवा, २५ असोज । 

दसैँ मान्न आफ्नो घर गएका रुपन्देहीको कोटहीमाई गाउँपालिकाको अधिकांश कर्मचारीहरूको दसैँ अझै सकिएको छन् । यसले स्थानीय सरकार मानिएको र स्थानीय सरकारको सिंहदरबार मानिने पालिकाको कार्यालय सुनसान देखिन्छ ।

बिहीबार करिब साढे ११ बजे गाउँपालिकाको कार्यालय पुग्दा पुरै कार्यालय नै सुनसान देखिन्थ्यो । प्रशासन शाखामा मात्रै सबै कुर्चीमा कर्मचारीहरू बसेका थिए । त्यस बाहेक कुनै कुनै फाँट खाली देखिन्थ्यो भने कुनैमा एक दुई कर्मचारीहरू बसेका देखिन्थे ।

प्रमुख प्रशासकीय अधिकृत अजय मिश्र, लेखा अधिकृत निरञ्जन ज्ञवाली लगायत अधिकांश उच्च तहका कर्मचारीहरूका कुर्ची खाली भेटिए । सेवाग्राहीहरू पनि धेरै थिएनन् तर भएका एक दुई जना पनि जिम्मेवार कर्मचारी नहुँदा निराश हुँदै फर्किरहेका थिए ।

कर्मचारी मात्रै हैन पालिकाका अभिभावक गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठी, उपाध्यक्ष सुशीला कुमारी यादव पनि कार्यालयमा भेटिएनन् ।
एउटा अचम्मको दृश्य के देखियो भने फाँटमा कर्मचारी नहुँदा पनि रित्तो कुर्सीको लागि पनि पङ्खा र एसीहरू चलिरहेका थिए । कार्यालयमा प्रायः सबैको लागि पङ्खाको व्यवस्था रहेको छ । केही कोठामा एसीको व्यवस्था पनि गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत भैरहवा स्थित जिल्ला समन्वय समितिको बैठकमा सहभागी हुन गएको प्रशासन शाखाका कर्मचारीले जानकारी दिए । हामीले यसको पुष्टि पनि ग¥यौं ।

बिहीबार जिल्ला समन्वय समितिमा नदीजन्य पदार्थ लगायत अन्य विषयमा छलफल गर्न बैठक बोलाएको र त्यसमा कोटहीमाई गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत गएको पुष्टि भयो ।

हामीले कार्यालयको हाजिर रजिष्टर हेर्नलाई गरेको आग्रह बडो अप्ठ्यारो मान्दै सम्बन्धित कर्मचारीले हाजिर रजिष्टर देखाउन माने ।
कोटहीमाई गाउँपालिकाकाको हाजिर रजिष्टर अनुसार असोज २३ गते बिहीबार लेखा अधिकृत निरञ्जन ज्ञवाली, शिक्षा अधिकृत अमृता बुढाथोकी, सब इन्जिनियर शुभनारायण यादव, सूचना तथा प्रविधि अधिकृत राजन चौरसिया, वास संयोजक अजय सिंह क्षेत्री, लेखापाल सङ्गीता भट्टराई, असिस्टेन्ट सब इन्जिनियर गजेन्द्र यादव, अमिन रघुनन्दन यादव, पशु स्वास्थ्य प्राविधिक जय प्रकाश यादव, असिस्टेन्ट सब इन्जिनियर रवीन्द्र यादव, नायब पशु स्वास्थ्य प्राविधिक अजय कुमार राम उद्यम विकास सहजकर्ता मञ्जु कुवर लगायतका कर्मचारीहरू गयल रहको देखियो ।
कार्यालयमा उपस्थित कर्मचारीले यी गयल रहेका मध्ये अधिकांश फिल्डमा रहेको र केहीले बिदा लिएको दावी गरे । तर सब इन्जिनियर शारदा रौनियार र उद्यम विकास सहजकर्ता मञ्जु कुर बाहेक अन्यको कुनै प्रकारको लिखित निवेदन वा हाजिर पुस्तिकामा विदा जनिएको देखिएन ।

गयल मध्ये गजेन्द्र यादव, रघुनन्दन यादव, अजय कुमार राम कार्यालयमै भए पनि हाजिर गरेका थिएनन् । राजन चौरसियाको छोरा बिरामी परेर टेलिफोनबाट विदा लिएका थिए ।

जनताको अति आवश्यक कार्यालय मध्ये एक मानिएको गाउँपालिकाको कार्यालयमा नै अधिकांश कर्मचारी गयल हुँदा यसले सेवा प्रवाहमा असर परेका छ । दसैँ मान्न कर्मचारीहरू अझै फर्किएका छैनन् र कार्यालयमा कुनै प्रकारको लिखित निवेदन पनि पेस गरेका छैनन् । त्यहिपनि हाजिर पुस्तिकामा गयल जनिएको छैन ।

“कार्यालयहरूमा कति सम्म हुने गरेको छ भने लामो समय नआउने कर्मचारीहरू पनि लिखित बिदा नलिने र कार्यालयमा उपस्थित हुँदा सबै हाजिर एकै पटक गर्ने गरेको छन् ।” नाम उल्लेख नगर्ने सर्तमा एक कर्मचारीले भने “फिल्डको बहाना, माथिल्लो निकायका कार्यालयहरूमा गएको बहानामा प्राय माथिल्ला तहका कर्मचारीहरू पटक–पटक गयल हुने गरेका छन् ।”

कोटहीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय कुमार मिश्रले पटक–पटक कार्यालयको बैठकमा यो कुरा उठाएको दाबी गरे । उनले भने “म आए देखि नै यो विषयमा सुधार गर्ने प्रयास गरिरहेको छु, पालिकामै कर्मचारीहरू नआउँदा यसले समग्र सेवा प्रवाहमै असर पारेको छ ।”

मिश्रले अति आवश्यक समयमा मात्र फोनबाट जानकारी गराएर वार्षिक १२ वटा “क्याजुवल लिभ” लिन सकिने व्यवस्था रहेको बताए । कार्यालयमा रहेका कर्मचारीहरू कार्यालयमा उपस्थित हुने विषयमा गम्भिर हुनुपर्ने र यसको लागि जिल्ला प्रशासन कार्यालयबाट पनि निर्देशन भएको हुँदा अबको दिनमा कारबाहीकै पक्रियामा जाने मिश्रले बताए ।

“पटक पटक गल्ती दोहोराउने कर्मचारीहरूको हकमा स्पष्टीकरण सोधेर थप कारबाहीको लागि अगाडि बढ्छौँ ।” उनले भने “बिदा स्वीकृत नगराई बस्नेको हकमा गयलपट्टि हुनेछ, अस्थायी कर्मचारी भए ऊसँग सम्झौता पनि तोड्न सक्ने गरी कारबाही गर्छौ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?