Butwal Today

उच्च विन्दुमा पुगेको सुन सस्तियो, आज कति ?

२४ आश्विन २०८२, शुक्रबार
अ+
अ-

काठमान्डौ, २४ असोज ।

नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा ठूलो गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलाको मूल्य ४ हजार २०० रुपैयाँले घटेर २ लाख ३५ हजार रुपैयाँ कायम भएको छ ।

बिहीबार तोलाको मूल्य २ लाख ३९ हजार २०० रुपैयाँ रहेको थियो । लगातारको वृद्धि पछि शुक्रबार सुनमा आएको यो गिरावटलाई बजार विश्लेषकहरूले अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावसँग सम्बन्धित बताएका छन् ।

त्यस्तै, सुनको मूल्य घटेपनि चाँदी भने उच्च मूल्यमा पुगेको छ । बिहीबार तोलाको ३ हजार २५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार बढेर तोलामा ३ हजार ८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?