© 2026
काठमान्डौ, २४ असोज ।
आज बिहान फिलिपिन्सको मिन्डानाओ क्षेत्रमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि फिलिपिन्सका अधिकारीहरूले तटीय क्षेत्रमा ‘विनाशकारी’ सुनामीको चेतावनी जारी गरेका छन् । बीबीसीका अनुसार तटीय क्षेत्रहरूमा तीन मिटरसम्मका लहर आउन सक्ने अनुमान गरिएको छ ।
भूकम्पको केन्द्र मिन्डानाओ क्षेत्रबाट करिब ३०० किलोमिटर टाढा रहेको इन्डोनेसियामा पनि सुनामीको चेतावनी दिइएको छ । यो चेतावनी विशेषगरी उत्तरी सुलावेसी र पापुआ क्षेत्रका लागि लागू गरिएको छ ।
ज्वालामुखी तथा भूकम्प अनुसन्धान संस्थाले तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयहरूलाई तुरुन्तै उच्च स्थलतर्फ सरेर सुरक्षित हुने अनुरोध गरेको छ ।