Butwal Today

प्रचण्ड निवासमा तोडफोड, प्रहरी चौकीमा आगजनी

२४ भाद्र २०८२, मंगलवार
अ+
अ-

 काठमाडौं, २४ भदौ ।

जेनजी आन्दोलन चर्किँदै जाँदा प्रदर्शनकारीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ललितपुरस्थित निवासमा तोडफोड गरेका छन् ।

नजिकै रहेको प्रहरी बिटमा आगजनी गरी अघि बढेको समूह प्रचण्डको निवास पुगेर गेटअगाडि उभिएर ढुंगामुढा गरेकाहरूले बताएका छन् ।

आज बिहानैदेखि ललितपुरका विभिन्न क्षेत्रमा प्रहरी बिटमा आगो लगाउने र प्रदर्शन गर्ने क्रम जारी छ । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको सुनाकोठीस्थित निवासमा समेत एक समूहले आगजनी गरेको छ ।

यस्तै, हरिसिद्धीस्थित प्रहरी प्रभागमा पनि बिहानै आगजनी गरिएको प्रहरीले पुष्टि गरेको छ ।

नेपाल पत्रकार महासंघ ललितपुरका अध्यक्ष रामहरि कार्कीका अनुसार ललितपुर बिहानैदेखि अशान्त बनेको छ । “प्रदर्शनको प्रभाव गाउँतिर पनि परेको छ । गाउँ र भित्री सडकमा समेत बन्दको स्थिति छ,” उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?