Butwal Today

फेसबुक एक्ससहित सामाजिक सञ्जाल पुनः सञ्चालनमा

२४ भाद्र २०८२, मंगलवार
अ+
अ-

 काठमाडौं, २४ भदौ  ।

जेनजी आन्दोलनमाथि दमन गर्दै १९ युवाको मृत्यु भएपछि सरकारले फेसबुकसहितका सामाजिक सञ्जाल पुनः सञ्चालनमा ल्याएको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकपछि सरकारले दर्ता हुन नमानेका भन्दै यसअघि बन्द गरिएका मेटा र एक्सलगायत सामाजिक सञ्जाल खुला गर्ने निर्णय गरेको हो ।

सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जेनजीप्रति सदाशयता देखाउन सामाजिक सञ्जाल खोलिएको जानकारी दिए ।

यद्यपि मन्त्रिपरिषद्ले औपचारिक रूपमा निर्णय नगरे पनि सत्तारुढ नेताहरूको दबाबमा राति १० बजेपछि सामाजिक सञ्जाल खोलिएको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?