© 2026
काठमाडौं ।
अभिनेता राजेश हमालले आन्दोलनरत जेनजीलाई राष्ट्रका संरचनामा क्षति नपुर्याउन आग्रह गरेका छन् । मंगलबार एक सभालाई सम्बोधन गर्दै उनले राष्ट्रका संरचना नेताको निजी सम्पति नभएको बताए ।
‘जो आन्दोलनमा लाग्नु भएको छ जेनजीहरू उहाँहरुलाई आग्रह के गर्नुपर्छ भने राष्ट्रको संरचना, राष्ट्रको सम्पदा, राष्ट्रको पूर्वाधार भनेको प्रत्येक नेपालीको हो,’ हमालले भने, ‘यो कुनै नेताको निजी सम्पत्ति होइन ।
त्यसकारण आफ्ना पूर्वाधार, संरचनाहरू, राष्ट्रको सम्पति नष्ट नगरौँ । आन्दोलनको मर्म एकातिर छँदै छ, तर हामी सबैलाई हाम्रो राष्ट्र प्यारो छ ।’