© 2026
काठमाडौं, भदौ २४ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद असिम शाहले प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा दिएका छन् । उनले संसद त्यागेर जेनजी आन्दोलनमा प्रत्यक्ष रूपमा संलग्न हुने घोषणा गरेका हुन् ।
मंगलबार जारी प्रेस विज्ञप्तिमार्फत शाहले तत्काल सांसद पदबाट राजीनामा दिएको जानकारी दिएका छन् । विज्ञप्तिमा उनले भनेका छन्, “प्रतिनिधि सभाको सदस्यको हैसियतमा, आजकै मितिदेखि मेरो राजीनामा स्वीकृत होस् भन्ने व्यहोरा सम्बद्ध पक्षलाई अवगत गराउन चाहन्छु ।”
साथै, उनले आजदेखि नै जेनजी आन्दोलनमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।