Butwal Today

बालकोटस्थित ओली निवासमा प्रदर्शनकारीले लगाए आगो

२४ भाद्र २०८२, मंगलवार
अ+
अ-

काठमाडौं, २४ भदौ ।

बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा प्रदर्शनकारीले आगजनी गरेका छन् । जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले ओली निवासलाई निशाना बनाएका हुन् ।

सोमबार भएको जेनजी प्रदर्शनमा प्रहरी दमनका कारण १९ जनाको ज्यान गएको थियो ।  त्यसपछि आन्दोलन झन् चर्किँदै गएको छ ।

आज बिहानैदेखि राजधानीमा विरोध प्रदर्शन तीव्र बनेको छ । प्रदर्शनकारीहरूले शीर्ष नेताहरूका निवास र विभिन्न पार्टी कार्यालयहरूमा तोडफोड र आगजनी गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?