ट्रेंडिंग:

>> गगन थापासँग सम्झाैता गर्न देउवापक्षीय नेताहरू लचक, विद्राेह नगर्ने र नयाँ पार्टी नखोल्ने पूर्णबहादुरको घोषणा >> यस्तो छ ६३ दलका ३ हजार २१३ जनाको समानुपातिक बन्दसूची (सूचीसहित) >> बुटवलमा ईरिक्सा थपसम्बन्धी निर्णयको विरोधमा आन्दोलन गर्ने >> यी हुन् एमालेले टिकट दिएका रुपन्देहीका उम्मेदवारहरु >> जनकपुरबाट भ्रमणमा आएको बस धरानमा दुर्घटना हुँदा ५ जनाको मृत्यु >> एमालेले सच्यायो निर्णय: विष्णु पौडेल रुपन्देहीबाटै चुनाब लड्ने >> पामिर एकेडेमीमा खेल महोत्सव सुरु >> एनसेलको सहयोगमा ‘क्रिएटर्‌स मेला’ तीन सहरमा आयोजना हुँदै >> उच्च अदालतले फेरि भन्यो– एन्फाको निर्वाचन प्रक्रिया तत्काल रोक्नू >> कांग्रेस विवाद सर्वोच्च अदालतमा >> भोलिदेखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको निर्णय >> बालेन शाहले गरे रास्वपा वरिष्ठ नेताको पदभार ग्रहण >> मैले होइन, बर्दियाले मलाई छोड्यो: पूर्व सांसद गौतम >> काठमाडौँका मेयर बालेन शाहले दिए पदबाट राजीनामा >> प्रधानमन्त्रीले मन्त्री र निर्वाचन आयोग पदाधिकारीसँग छलफल गर्ने >> स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. काफ्लेले दिए राजीनामा >> नेकपा छाडेर पूर्वमन्त्री रामेश्वर राय जसपा प्रवेश >> साफ पुरुष फुटसल: नेपाल र भारतबिच ३–३ गोलको बराबरी >> के मोबाइल, कम्प्युटर र टिभीको बढी प्रयोगले बालबालिकामा कम्मर दुख्ने समस्या बढ्छ ? >> निर्वाचन कार्यतालिका रोक्न माग गर्दै देउवा समूह आयोगमा >> बालेन शाहको राजीनामा किन भयो होल्ड ? >> कतारमा अमर र प्रीतिको धमाकेदार प्रस्तुतिसँगै भव्य रूपमा मनाइयो “माघ्या सकराटी” (फोटो फिचर)  >> सुनको भाउ सामान्य बढ्यो, चाँदी घट्यो >> रुपन्देही २ बाट नेकपाको उम्मेदवार विश्वदीप >> विष्णु पौडेललाई खुला पत्र: विरासतको सुरक्षा कि अवसरवादीको घेराबन्दी ? >> निर्वाचनमा मतदाताको दायित्व >> जोखिमबाट बच्न पूर्व तयारीमा ढिलाइ  >> डरभित्र सङ्घर्ष गर्दै कालीमाटी >> सांस्कृतिक घर र पोखरीले स्थानीय आत्मनिर्भर >> हिंसा र डकैतीको जालो तोड्दै प्रहरी >> यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित) >> रुपन्देहीमा एमालेबाट वासुदेव घिमिरे र खिमलाल भट्टराईले पाए टिकट, अरु टुंगो लाग्न बाँकी >> यी हुन् एमालेका लुम्बिनी प्रदेशमा निर्वाचन लड्ने उम्मेदवारहरु (सूचीसहित) >> एमाले उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट उमेदवार बन्ने >> कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको निर्णय: निष्क्रिय रहेका र छाडेकालाई पुन: पार्टीमा जोडिन आह्वान >> माघी पर्व एवं माघे सकरातीको ऐतिहासिक महत्व र नेपाली समाजको भविष्य >> गगनको पक्षमा खुल्न थाले देउवा पक्षका नेता, कँडेलले भने-पार्टीलाई एकढिक्का बनाएर अघि बढौं >> कांग्रेसको आधिकारिकताका लागि सर्वोच्च अदालत जाने देउवा समूहको निर्णय >> एमाले केन्द्रीय निर्वाचन कमिटि सदस्य खुमाकान्तले छाडे पार्टी >> कांग्रेसका पूर्व सांसद कनोडिया एमाले प्रवेश >> आगामी आर्थिक वर्षको बजेट निर्माण सुरुः स्रोत अनुमान समितिले थाल्यो काम >> उम्मेदवारी दर्ता देखि मतगणनासम्मको काम मुख्य निर्वाचन अधिकृतको कार्यालयले गर्ने >>  रामपुर, भुजात–गुरुङ गाउँको अपार माया बोकेर फर्किदा…… >> नलेखिएको एउटा बुद्धकालीन क्रान्तिको कथा >> छोराको सम्झनामा बनेको उद्यम >> २ प्रदेशका हिमाली क्षेत्रमा आज हल्का वर्षा र हिमपात, तराईमा हुस्सु >> गगनको घोषणाः कांग्रेसमा कुनै गुट छैन, गुटगत भागबण्डा हुनेछैन, एकताबद्ध बनाएर अघि बढौं >> यी तीन आधार टेकेर गगन पक्षलाई दियो निर्वाचन आयोगले आधिकारिकता >> राजनीतिक र कानुनी दुवै लडाइँ लड्छौं: देउवा पक्ष >> टुंगियो कांग्रेस आधिकारिकता विवाद, गगन थापा पक्षलाई आयोगको मान्यता

के कारणले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा पुग्यो सरकार ?

१९ भाद्र २०८२, बिहीबार
१९ भाद्र २०८२, बिहीबार

 काठमाडौं,९ भदौ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा सामाजिक सञ्जाल बन्द गर्नुपर्नाको कारण सार्वजनिक गरेका छन् । बिहीबार मन्त्रालयमा पत्रकारहरूसँग कुरा गर्दै उनले सरकारले पछिल्ला दिनमा गरेको निर्णयको पृष्ठभूमि स्पष्ट पारे ।

उनका अनुसार सरकारले सामाजिक सञ्जाल नियमनका लागि २०८० सालमै निर्देशिका जारी गरेको थियो । उक्त निर्देशिकाअनुसार नेपालमा सञ्चालन हुने सामाजिक सञ्जालले तीन महिनाभित्र सूचीकरण गरी अनुमतिपत्र लिनुपर्ने, हरेक तीन वर्षमा अनुमतिपत्र नवीकरण गर्नुपर्ने र नेपालमा सम्पर्क व्यक्ति तोक्नुपर्ने व्यवस्था गरिएको छ ।

मन्त्री गुरुङले बताएअनुसार मन्त्रालयले पाँच पटकसम्म पत्राचार गरेर सूचीकरणको आग्रह गरे पनि सामाजिक सञ्जाल कम्पनीहरूले बेवास्ता गरेका थिए ।

कूटनीतिक तहमा पनि संवाद गर्ने प्रयास भए पनि ती कम्पनीहरूले नेपालको संविधान र कानुन मान्ने पक्षमा आफूहरू सहमत नभएको स्पष्ट पारेका थिए ।

“हामीले सहन सक्ने हदसम्म सह्यौं, तर उनीहरूले नेपालको कानुनलाई नै नमान्ने अभिव्यक्ति दिए,” मन्त्री गुरुङले भने ।

यसबीचमा सर्वोच्च अदालतले नेपालमा सञ्चालित सामाजिक सञ्जाललाई नियमन गर्न र कानुन विपरीत सञ्चालन भए बन्द गर्न निर्देशनात्मक आदेश दिएको थियो । सो आदेश कार्यान्वयन गर्न सरकारले निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिए ।

९ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले पनि सामाजिक सञ्जाल कम्पनीहरूलाई एक साताभित्र सूचीकरण गर्न निर्देशन दिएको थियो । तर, उक्त निर्देशनको पालना नगरेपछि सरकारले सूचीकरण नभएका सबै सामाजिक सञ्जाल क्रमशः बन्द गर्ने निर्णय गरेको हो ।

मन्त्रालयको अध्ययनअनुसार नेपालमा हाल दुई दर्जनभन्दा बढी सामाजिक सञ्जाल प्रयोगमा छन् । तीमध्ये टिकटक, भाइबर, निम्बज, विटक र पोपोलाइभ मात्र सूचीकरण भएका छन् भने टेलिग्राम र ग्लोबल लिंक दर्ता प्रक्रियामा छन् ।

फेसबुक, एक्स (ट्विटर), युट्युबसहित अन्य सूचीकरण नभएका सबै सामाजिक सञ्जाल बन्द गर्न सञ्चार मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?