ट्रेंडिंग:

>> गगन थापासँग सम्झाैता गर्न देउवापक्षीय नेताहरू लचक, विद्राेह नगर्ने र नयाँ पार्टी नखोल्ने पूर्णबहादुरको घोषणा >> यस्तो छ ६३ दलका ३ हजार २१३ जनाको समानुपातिक बन्दसूची (सूचीसहित) >> बुटवलमा ईरिक्सा थपसम्बन्धी निर्णयको विरोधमा आन्दोलन गर्ने >> यी हुन् एमालेले टिकट दिएका रुपन्देहीका उम्मेदवारहरु >> जनकपुरबाट भ्रमणमा आएको बस धरानमा दुर्घटना हुँदा ५ जनाको मृत्यु >> एमालेले सच्यायो निर्णय: विष्णु पौडेल रुपन्देहीबाटै चुनाब लड्ने >> पामिर एकेडेमीमा खेल महोत्सव सुरु >> एनसेलको सहयोगमा ‘क्रिएटर्‌स मेला’ तीन सहरमा आयोजना हुँदै >> उच्च अदालतले फेरि भन्यो– एन्फाको निर्वाचन प्रक्रिया तत्काल रोक्नू >> कांग्रेस विवाद सर्वोच्च अदालतमा >> भोलिदेखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको निर्णय >> बालेन शाहले गरे रास्वपा वरिष्ठ नेताको पदभार ग्रहण >> मैले होइन, बर्दियाले मलाई छोड्यो: पूर्व सांसद गौतम >> काठमाडौँका मेयर बालेन शाहले दिए पदबाट राजीनामा >> प्रधानमन्त्रीले मन्त्री र निर्वाचन आयोग पदाधिकारीसँग छलफल गर्ने >> स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. काफ्लेले दिए राजीनामा >> नेकपा छाडेर पूर्वमन्त्री रामेश्वर राय जसपा प्रवेश >> साफ पुरुष फुटसल: नेपाल र भारतबिच ३–३ गोलको बराबरी >> के मोबाइल, कम्प्युटर र टिभीको बढी प्रयोगले बालबालिकामा कम्मर दुख्ने समस्या बढ्छ ? >> निर्वाचन कार्यतालिका रोक्न माग गर्दै देउवा समूह आयोगमा >> बालेन शाहको राजीनामा किन भयो होल्ड ? >> कतारमा अमर र प्रीतिको धमाकेदार प्रस्तुतिसँगै भव्य रूपमा मनाइयो “माघ्या सकराटी” (फोटो फिचर)  >> सुनको भाउ सामान्य बढ्यो, चाँदी घट्यो >> रुपन्देही २ बाट नेकपाको उम्मेदवार विश्वदीप >> विष्णु पौडेललाई खुला पत्र: विरासतको सुरक्षा कि अवसरवादीको घेराबन्दी ? >> निर्वाचनमा मतदाताको दायित्व >> जोखिमबाट बच्न पूर्व तयारीमा ढिलाइ  >> डरभित्र सङ्घर्ष गर्दै कालीमाटी >> सांस्कृतिक घर र पोखरीले स्थानीय आत्मनिर्भर >> हिंसा र डकैतीको जालो तोड्दै प्रहरी >> यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित) >> रुपन्देहीमा एमालेबाट वासुदेव घिमिरे र खिमलाल भट्टराईले पाए टिकट, अरु टुंगो लाग्न बाँकी >> यी हुन् एमालेका लुम्बिनी प्रदेशमा निर्वाचन लड्ने उम्मेदवारहरु (सूचीसहित) >> एमाले उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट उमेदवार बन्ने >> कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको निर्णय: निष्क्रिय रहेका र छाडेकालाई पुन: पार्टीमा जोडिन आह्वान >> माघी पर्व एवं माघे सकरातीको ऐतिहासिक महत्व र नेपाली समाजको भविष्य >> गगनको पक्षमा खुल्न थाले देउवा पक्षका नेता, कँडेलले भने-पार्टीलाई एकढिक्का बनाएर अघि बढौं >> कांग्रेसको आधिकारिकताका लागि सर्वोच्च अदालत जाने देउवा समूहको निर्णय >> एमाले केन्द्रीय निर्वाचन कमिटि सदस्य खुमाकान्तले छाडे पार्टी >> कांग्रेसका पूर्व सांसद कनोडिया एमाले प्रवेश >> आगामी आर्थिक वर्षको बजेट निर्माण सुरुः स्रोत अनुमान समितिले थाल्यो काम >> उम्मेदवारी दर्ता देखि मतगणनासम्मको काम मुख्य निर्वाचन अधिकृतको कार्यालयले गर्ने >>  रामपुर, भुजात–गुरुङ गाउँको अपार माया बोकेर फर्किदा…… >> नलेखिएको एउटा बुद्धकालीन क्रान्तिको कथा >> छोराको सम्झनामा बनेको उद्यम >> २ प्रदेशका हिमाली क्षेत्रमा आज हल्का वर्षा र हिमपात, तराईमा हुस्सु >> गगनको घोषणाः कांग्रेसमा कुनै गुट छैन, गुटगत भागबण्डा हुनेछैन, एकताबद्ध बनाएर अघि बढौं >> यी तीन आधार टेकेर गगन पक्षलाई दियो निर्वाचन आयोगले आधिकारिकता >> राजनीतिक र कानुनी दुवै लडाइँ लड्छौं: देउवा पक्ष >> टुंगियो कांग्रेस आधिकारिकता विवाद, गगन थापा पक्षलाई आयोगको मान्यता

बौद्ध दर्शनमा धन आर्जन र उपयोगको व्याख्या

१५ भाद्र २०८२, आइतबार
१५ भाद्र २०८२, आइतबार

सम्पत्ति प्रत्येक व्यक्तिका लागि आवश्यक हुन्छ । तर, स्वार्थप्रेरित एवम् अनैतिक ढङ्गले आर्जित सम्पत्ति नै सबै समस्याहरूको मूल कारण बन्न सक्दछ । बौद्ध दर्शनमा यसलाई दुःखका अनेक कारणहरूमध्ये एक मानिएको छ ।

पाली साहित्यमा उल्लेख छ– “उणो लोको अतित्तो तन्हादासो ।” जसको अर्थ हो संसार कहिल्यै सन्तुष्ट हुँदैन । त्यसैले सधैं अधुरो देखिन्छ । व्यक्तिको इच्छा सदैव बढिरहेको हुन्छ । वास्तवमा इच्छा र आवश्यकता बीच फरक नबुझ्दा मान्छे आफै समस्यामा पर्दछ ।

मानिसका चाहनाहरू धेरै छन् । ती चाहनाहरू पूर्ति गर्नको निम्ति मानिस प्रयासरत रहन्छ । तृष्णा बढ्दै जाँदा चाहना पनि बढ्दै जान्छ । जसरी मालिकको इच्छा अनुसार दासहरूले काम गर्नुपर्ने हुन्छ, ठीक त्यसैगरी तृष्णाको दास बनेका मानिसहरूले काम गर्नुपर्ने अवस्था सृर्जना हुन्छ ।

वर्तमान युगमा विज्ञान र प्रविधिको विकाससँगै विविध वस्तु तथा सेवाहरूको उत्पादन भइरहेको छ । इन्टरनेट र सामाजिक सञ्जालको विकासले विज्ञापनको तौर तरिकामात्र होइन, विनिमयको आयाम पनि फराकिलो बन्दै गएको छ ।

त्यसैले दिनप्रतिदिन नयाँनयाँ इच्छाहरू बढिरहेका छन् । इच्छा र आकांक्षाको प्रभावमा परेर मानिसले नैतिकतासमेत गुमाउँदै गएको छ । यसले समाजमा नकारात्मक परिणाम दिन्छ ।

धन कसरी कमाउने भन्ने सन्दर्भमा अङ्गुत्तर निकाय बुद्धले गृहस्थहरूलाई भनेका छन्, “धम्मसम्मत आजीविका” अर्थात् धर्म अनुसारको जीविकोपार्जन गर्नुपर्दछ । बुद्धले धन कमाउने पाँच उपाय बताएका छन् । ती हुन् परिश्रमद्वारा, बुद्धि र सीपले, मितव्ययीताबाट, छलकपट नगरी र हिंसा वा अन्याय नगरी ।

शरीरिक एवम् मानसिक प्रयत्नबाट धन कमाउन सकिन्छ भन्ने आशय यसमा उल्लेख गरिएको छ । साथै धनको सन्दर्भमा मितव्यवी हुनुपर्ने पनि बताइएको छ । खास गरी छलकपट नगरी र हिंसा वा अन्याय नगरी नैतिकतावान ढङ्गले धन कमाउनुपर्ने कुरामा बौद्ध शिक्षाले जोड दिएको छ ।

आजको मानिस धन कमाउने लालसामा जस्तो सुकै व्यापार गर्न उद्दत छ । तर, बुद्धले केही व्यवसायहरू गर्न निषेध गरेका छन् । हिंसा (जनावर बेच्ने), मदिरा बिक्री, हतियार व्यापार, विष (बिषादी) व्यापार र मानव बेचबिखन पाँच प्रकारका निषेधित व्यापार हुन् ।

यस्ता व्यवसाय फस्टाउँदै गएमा त्यसको दुश्परिणाम समाजले भोग्नुपर्दछ । साथै व्यवसायी आफैले पनि त्यस्तो कर्मको फल भोग्नुपर्ने कुरा बौद्ध दर्शनले बताएको छ । अङ्गुत्तरनिकायमा बुद्धले एक धनाढ्य गृहस्थलाई दिएको शिक्षामा चार प्रकारका सम्पत्तिबाट प्राप्त हुने सुखको वर्णन गरिएको छ । यसलाई “अनन्य सुत्त” भनिन्छ ।

पहिलो अत्तिसुख अर्थात् सम्पत्तिको स्वामित्वबाट प्राप्त हुने सुख । दोश्रो भोगसुख अर्थात् आफ्ना सम्पत्ति उपभोग तथा अरूसँग बाँडेर प्राप्त हुने सुख । तेश्रो अनन्यसुख अर्थात् ऋणबाट मुक्त भएर प्राप्त हुने सुख । चौथो अनवज्जसुख अर्थात् दोषरहित जीवनयापनबाट प्राप्त हुने सुख ।

जो व्यक्तिसँग अत्तिसुख हुन्छ, उसले त्यसपछि भोगसुख र अनन्यसुख पनि अनुभव गर्न सक्छ । अनवज्जसुख प्राप्त गर्न सही आचरणका साथ सम्पत्ति कमाएको हुनुपर्ने उल्लेख छ । यसबाट दोषरहित सुख प्राप्त नगरेसम्म, अरू तीन प्रकारका सुख भए पनि व्यक्ति साँचो अर्थमा सुखी हुन सक्दैन भन्ने कुरा प्रष्ट हुन्छ । त्यसैले सम्पत्ति कमाउँदा पनि सही आचरण आवश्यक हुन्छ ।

बुद्धले अत्तिसुख प्राप्त गर्नको लागि सद्धा (आस्थापूर्ण जीवन), शील (नैतिक शुद्धता), चाग (उदारता) र पञ्ञा (बुद्धिमत्ता) गरी चार प्रकारका आधारहरू उल्लेख गरेका छन् । यी आधारबिना आर्जित सम्पत्तिबाट मानिसले सुख प्राप्त गर्न सक्दैन भन्ने बुद्धको तर्क छ ।

बुद्धले अङ्गुत्तरनिकायमा चार प्रमुख कुराहरूमा ध्यान दिनुपर्ने कुरा उल्लेख गरेका छन् । पहिलो उट्ठानसम्पदा अर्थात् निरन्तर प्रयासको उपलब्धि । दोश्रो अरक्षासम्पदा अर्थात् सजगता वा सुरक्षाको उपलब्धि । तेश्रो कल्याणमित्तता अर्थात् असल साथीहरूको साथ र चौथो अर्थात् अन्तिम समजीविकता अर्थात् सन्तुलित जीविकोपार्जन ।

यी चार उपायबाट मात्र मानिस अगाडि बढ्न सक्दछ । त्यसैले सम्पत्ति भए पनि यी चार कुराहरू छैनन् भने मानसिक सुखी हुन सक्दैन । उसको प्रगति पनि सम्भव छैन ।

मानिसले नैतिक कर्मबाट धन आर्जन गरे पनि यदि व्यभिचार, मद्यपान, जुवातास र दुष्ट व्यक्तिसँग सँगत छ भने धनको विनाश हुने कुरा उल्लेख गरेका छन् । यो कुरा अङ्गुत्तरनिकायमा उल्लेख गरिएको छ । बुद्धले सवलता सुत्त (अङ्गुत्तरनिकाय) मा चार प्रकारका मानिसहरूको वर्णन गरेका छन् ।

पहिलो जसले न आफ्नै हितको लागि प्रयास गर्छ, न अरूको लागि, दोश्रो जसले अरूको हितको लागि त प्रयास गर्छ, तर आफ्नै लागि होइन, तेश्रो जसले आफ्नै हितको लागि प्रयास गर्छ, तर अरूको लागि होइन र चौथो जसले आफ्नै र अरू दुवैको हितको लागि प्रयास गर्छ । बुद्धका अनुसार पहिलो प्रकारको व्यक्ति खराब हो भने चौथो प्रकारको व्यक्ति सबैभन्दा उत्कृष्ट ब्यक्ति हो ।

बाँकी दुई व्यक्ति न राम्रो न नराम्रो ।
चौथो प्रकारको मानिसहरूको प्रयासले नै समग्र विश्वलाई शान्तितर्फ लैजान सक्छ । यस्ता व्यक्तिले आफूलाई खुसी बनाउँछन् । आफ्ना आमाबुबालाई खुसी बनाउँछन् । आफ्नो पत्नी, छोराछोरी, दास, कामदार र सेवकहरूलाई खुसी बनाउँछन् ।

आफ्ना साथीभाइ र सहकर्मीहरूलाई खुसी बनाउँछन् । साथै श्रमण (संन्यासी) र ब्राह्मणहरूलाई सबैभन्दा उत्तम दान दिई स्वर्गीय लाभ प्राप्त गर्छन् । बुद्धले अनाथपिंडिक सुत्तमा भनेका छन्, “तिमीले कमाएको धन न आगोले जलाओस्, न चोरले लुटोस्, न राज्यले लियोस्, न बैरीले हानि गरून्, न प्रियजनले दुरूपयोग गरून्।”

यस अर्थमा धनलाई हानी गर्ने पाँच कारणहरूको रूपमा आगो, पानी, राजा, डाँका र खराब उत्तराधिकारीलाई लिइएको छ । यी कारणहरूले धनको क्षय गर्नसक्ने भएकाले यस्ता तत्वहरूसँग बच्नु पर्दछ । बुद्धले यसरी धन प्रयोग गर्ने वा कसरी जीवन सन्तुलित बनाउने भन्ने सन्दर्भमा एक सरल दृष्टान्त दिएका छन् ।

यदि एउटा पानीको ट्यांकीमा चारवटा पाइपबाट पानी आउँछ र त्यही ट्याङ्कीबाट चारवटा पाइपबाट पानी निस्कन्छ भने, त्यहाँ कहिले पनि पानी जम्मा रहन सक्दैन । बरु, यदि पानी आउने सबै नलहरू खोलिन्छन् तर बाहिर जाने सबै नलहरू बन्द गरिन्छन् भने, ट्याङ्की छ्यापछ्याप्ती भएर बग्छ । त्यसैले धनको खर्च गर्ने सन्दर्भमा निकै सजग हुनु आवश्यक छ ।

धनको प्राप्ती र उपयोग निकै सावधानीपूर्ण रूपमा गर्नु पर्दछ । सामान्यतया मानिसहरू आफ्नो र आफ्ना परिवारको आवश्यकतामा मात्र धन खर्च गर्छन् । तर केवल आफ्नो भाँडोमा पानी भरिरहँदा फल प्राप्त हुँदैन । धन कमाउने, परिवारको सुरक्षा गर्ने, जोखिमबाट बचाउने, अरूलाई सहयोग गर्ने र आवश्यक व्यक्तिहरूलाई दिने । यी सबै एक मानवको कर्तव्य हुन् ।

बौद्ध दर्शनमा गृहस्थलाई धन कमाउन बर्जित गरिएको छैन तर धन धर्म अनुसार कमाउनुपर्ने सुझाव दिइएको छ । धनलाई थुपारेर मात्रै होइन, त्यसको उचित प्रयोग गर्नुपर्दछ । धनको बढी लोभ ग¥यो भने त्यसले आफैलाई नै हानी गर्दछ ।

तृष्णाको जालोमा सम्पत्ति कमाउनतिर मात्रै ध्यान दिँदा मानसिले जीवनभर दुःख प्राप्त गर्दछ । ऊ कहिले पनि सुखी हुन सक्दैन । उचित किसिमले कमाएको धनलाई दानका निम्ति पनि प्रयोग गर्नु पर्दछ । त्यसैले धनलाई उचित किसिमले आर्जन गर्ने, उचित किसिमले संरक्षण गर्ने र उचित किसिमले उपयोग गर्नुपर्ने कुरालाई बौद्ध दर्शनमा सरलतरिकाले ब्याख्या गरिएको छ ।

अहिलेको मानिस सम्पत्ति कमाउनमा बढी उद्दत छ । गाउँमा होस् वा सहरमा । स्वदेशमा होस् वा विदेशमा धन कमाउन मानिस अनेकौँ दुःख कष्ट झेल्न तयार हुन्छ । यति धन थुपारेपछि मलाई पुग्छ भन्ने मानिसको लिमिट छैन । यही नै दुःखको कारण हो ।

हाम्रा सबै आवश्यकताहरू धनले नै पूर्ति गर्न सक्दछ भन्ने गलत मानसिकताकै कारण हाम्रो सारा उमेर धन प्राप्तीमै सीमित हुन्छ । वास्तवमा जति धन कमाएपनि त्यसले आफ्नो र अरूकोसमेत कल्याण गर्दैन भने त्यसको कुनै अर्थ छैन ।

बौद्ध दर्शनले उचित ढङ्गले धन आर्जन गर्ने र उचित ढङ्गले त्यसको उपयोग गर्ने सन्दर्भमा उचित मार्ग प्रसस्त गर्दछ । धन मानिसको जीवनको अन्तिम लक्ष्य होइन, अन्तिम लक्ष्य सुखी बन्नु र मुक्ती प्राप्त गर्नु हो । त्यसैले धन जीवनको साध्य होइन, साधन हो भन्ने कुरा बौद्ध दर्शनले स्पष्टरूपमा उल्लेख गरेको छ, जुन अत्यन्त्य ब्यवहारिक पनि छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?