ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

फोहरले दुर्गन्धित सैनामैना : दीर्घकालीन व्यवस्थापन कहिले ?

६ भाद्र २०८२, शुक्रबार
६ भाद्र २०८२, शुक्रबार

सैनामैना, ६ भदौ ।

पुर्व–पश्चिम राजमार्गको किनारैकिनार बसोबास गर्ने सैनामैनाका स्थानीयलाई पछिल्ला वर्षहरूमा सास्ती दिने प्रमुख समस्या फोहोर बनेको छ । नगरको ९ नम्बर वडास्थित पिपलडाँडामा ७ वर्षदेखि अनियन्त्रित रूपमा फोहोर थुपारिँदै आएको छ, जसले दैनिक जीवनलाई असहज र असुरक्षित बनाइदिएको छ ।

सैनामैना नगरपालिका–५ बुद्धनगरमा नगर कार्यालय भए पनि त्यसको पश्चिमतर्फ सालझण्डी पुग्नुअघि पर्ने पिपलडाँडा नै फोहोर डम्पिङ साइट बनेको छ । तर त्यही ठाउँ वरपरका बस्तीका बासिन्दाले अब प्रतिरोधमा उत्रिएका छन् । उनीहरूको भनाइ छ, “नगरपालिकाले सरसफाइ गर्नु त परै जाओस्, उल्टै हामीलाई दुर्गन्ध र रोग फैलाउने फोहोर उपहार दिन थालेको छ ।”

पिपलडाँडास्थित बस्तीमा बस्ने कृष्ण पाण्डे र हिमलाल अर्याल भन्छन्, “१०–१५ मिटर टाढा घरमा बस्दा पनि फोहोरको गन्धले नाक बन्द हुन्छ । झिंगा भन्किन्छ, गर्मीमा झनै सहनै नसकिने हुन्छ ।”

पार्क नजिकै फोहोर थुपारिँदा पूर्व–पश्चिम राजमार्ग प्रयोग गर्ने हजारौं यात्रु पनि दुर्गन्धले हैरान हुने गरेका छन् । स्थानीयको गुनासो छ, “घर अगाडि ल्याएर नगरपालिकाले फोहोर पाल्छ, त्यसको गन्धले एकछिन पनि घरमा बस्न सकिन्न । हामी कहाँ गएर बस्ने ?”

स्थानीय बासिन्दाले पटकपटक गाडी फिर्ता गरेका छन् । उनीहरूको चेतावनी छ– “अब बल प्रयोग गरेर फोहोर ल्याइए, गाडी नै जलाइदिन्छौं ।”

फोहोर थुपार्ने क्रममा कुहिने–नकुहिने, प्लास्टिकदेखि सडेगलेका सिनो समेत मिसाइएपछि वातावरण प्रदूषित भएको छ । कुकुरले फोहोर छ्यापछ्याप गर्दा झन् अवस्था बिग्रिन्छ । स्थानीयहरू हैजा, झाडापखाला जस्ता महामारी फैलिने डरमा छन् ।

नगरपालिकाले दिनमा तीन पटक फिनायल छर्किने, फोहोरलाई माटो र गिट्टीले छोप्ने जस्ता काम गर्ने दाबी गरे पनि स्थानीयले त्यो व्यवहारमा कहिल्यै नगरेको आरोप लगाएका छन् ।

फोहोर व्यवस्थापनको समस्यामा तत्काल चासो नदिइ, जनप्रतिनिधिहरू चाडपर्वमा मात्र सक्रिय भएको भन्दै स्थानीय आक्रोशित छन् । “तिज कार्यक्रममा अतिथि बन्न समय छ, तर फोहोरले सताउँदा कानमा तेल हालेर बस्छन्,” उनीहरूको आरोप छ ।

नगर प्रमुख फणीन्द्र प्रसाद शर्माले पिपलडाँडाको तत्कालीन व्यवस्थापन उपभोक्ता समूहमार्फत गरिएको तर दीर्घकालीन समाधानका लागि सैनामैना–१० एकलापहाडमा फोहोर व्यवस्थापन केन्द्र बनाउन लागिएको बताए । तर त्यो केवल सैनामैनाको मात्रै नभई कञ्चन, गैडहवा लगायतका स्थानको पनि साझा फोहोर व्यवस्थापन स्थल भएकाले निर्माणमा ढिलाइ भएको उनको भनाइ छ ।

नगर उप–प्रमुख बिना रानाले भने फोहोर बोक्ने गाडी फिर्ता गरिएको जानकारी नभएको स्वीकार गर्दै, “दीर्घकालीन फोहोर व्यवस्थापन छिटै थाल्छौं, स्थानीयलाई कुनै मर्का नपर्ने व्यवस्था मिलाइन्छ,” आश्वासन दिइन् ।

तर स्थानीयको माग भने स्पष्ट छ – “हाम्रो बस्तीभित्र, राजमार्ग छेउमा, वातावरण र स्वास्थ्यमा प्रतिकूल असर पार्ने गरी अब कुनै हालतमा फोहोर फाल्न दिइने छैन ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?