© 2026
बुटवल, २३ साउन ।
‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले ल्याएको आकर्षक फाइदाहरू सहितको सर्वश्रेष्ठ बण्डल सहज बचत खाता योजना अन्तर्गत घातक रोग बीमा वापत विवेक कुमार यादवकोे परिवारलाई रु. १० लाख उपलब्ध गराएको छ ।
सिद्धार्थनगर नगरपालिका–२ मेउडिया, रुपन्देही, घर भई ड्राईभर टोल शाखा कार्यालयमा सर्वश्रेष्ठ बण्डल सहज बचत खाता खोल्नु भएका यादवकोे खातामा उपलब्ध घातक रोग बीमा वापतको रकम निजको श्रीमती सरोज यादव र निजको बुवा राज कुमार अहिरलाई संयुक्त रुपमा यस बैंकका लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश प्रमुख तिलक सुन्दर कार्कीले रु. १० लाखको चेक हस्तान्तरण गरे । यादवको नाममा खोलिएको सर्वश्रेष्ठ बण्डल सहज बचत खातामा उपलब्ध उक्त लाभ आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सहकार्यमा प्रदान गरिएको हो ।
सैनामैना–१ का राजु थापाको परिवारलाई पनि रु. १० लाख हस्तान्तरण

एनआईसी एशिया बैंकले ल्याएको आकर्षक फाइदाहरूसहितको सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत दुर्घटनामा परी ज्यान गुमाएका राजु थापाकोे परिवारलाई पनि दुर्घटना बीमा वापतको रकम रु. १० लाख उपलब्ध गराएको छ ।
रुपन्देही जिल्ला सैनामैना नगरपालिका, वडा नम्बर १ ब्रमाडाडा, घर भई तामनगर शाखा कार्यालयमा सर्वश्रेष्ठ बण्डल सहज बचत खाता खोलेका मृतक थापाको खातामा उपलब्ध दुर्घटना बीमावापतको रकम निजको श्रीमती डिला ढेंगा मगरलाई बैंकका लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश प्रमुख तिलक सुन्दर कार्कीले रु. १० लाखको चेक हस्तान्तरण गरे । मृतक थापाको नाममा खोलिएको सर्वश्रेष्ठ बण्डल सहज बचत खातामा उपलब्ध उक्त लाभ आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सहकार्यमा प्रदान गरिएको हो ।
देवदह–११ का कृष्णबहादुर चौधरीको परिवारलाई पनि १० लाख हस्तान्तरण

एनआईसी एशिया बैंकले ल्याएको सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत दुर्घटनामा परी ज्यान गुमाएका कृष्ण बहादुर चौधरीकोे परिवारलाई पनि दुर्घटना बीमा वापतको रकम रु. १० लाख उपलब्ध गराइएको छ ।
रुपन्देही जिल्ला देवदह नगरपालिका, वडा नम्बर ११ शंकरपुर, घर भई शंकरपुर शाखा कार्यालयमा सर्वश्रेष्ठ बचत खाता खोलेका मृतक चौधरीको खातामा उपलब्ध दुर्घटना बीमावापतको रकम निजको छोरा शिव शम्भु चौधरीलाई यस बैंकका लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश प्रमुख तिलक सुन्दर कार्कीले रु. १० लाखको चेक हस्तान्तरण गरे । मृतक चौधरीको नाममा खोलिएको सर्वश्रेष्ठ बचत खातामा उपलब्ध उक्त लाभ आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सहकार्यमा प्रदान गरिएको हो ।