ट्रेंडिंग:

>> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु >> सशस्त्र प्रहरीमा ६ डीआईजी सरुवा >> साफ महिला फुटसल च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग ३–० ले पराजित >> नेकपाले घोषणा गर्यो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित) >> यस्तो छ रुपन्देहीमा मनोनयनको तालिका, कुन दलको उम्मेदवारी दर्ता कति बजे ? >> हिमाली जिल्लामा कांग्रेसले उम्मेदवार टुङ्ग्यायो >> उपमेयर राई राजीनामा दिने तयारीमा, बाँके क्षेत्र नं. २ बाट चुनाव लड्ने >> बालेनले सम्बोधन गर्ने ‘परिवर्तन उद्घोष सभा’ जनकपुरधाममा सुरु >> पूर्णबहादुर खड्का प्रतिनिधिसभा चुनाव नलड्ने >> रास्वपाबाट धादिङ–१ मा आशिका तामाङ उम्मेदवार >> स्पेनमा रेल दुर्घटना : मृत्यु हुनेको संख्या ३९ पुग्यो >> सुनचाँदीको भाउमा फेरि कीर्तिमान, सुन तोलाको २ लाख ८२ हजार >> प्रचण्डका पूर्व स्वकीयले पाए टिकट, ज्वाला र बस्नेत बाहिरिए >> कपिलवस्तु सामुदायिक अस्पतालका नवनिर्वाचित पदाधिकारीद्वारा शपथ ग्रहण >> कांग्रेसले आज उम्मेदवारको टुंगो लगाउने >> युवा तथा खेलकुदमन्त्री गुप्ताले दिए राजीनामा >> लुम्बिनीमा पर्यटक सूचना केन्द्र >> देशले काँध खोजिरह्यो, युवा बाटो खोजिरहे ! >> नेपालमा जैविक खेतीको सम्भावना र चुनौती >> निर्वाचन आचारसंहिता कार्यान्वयन: सरकारी नियुक्ति, सरुवा र बढुवा आजदेखि बन्द >> ग्याँस सिलिन्डर दुर्घटना र सावधानी  >> अलपत्र सडक योजनामा १८ करोड बजेट सुनिश्चित >> गगन थापासँग सम्झाैता गर्न देउवापक्षीय नेताहरू लचक, विद्राेह नगर्ने र नयाँ पार्टी नखोल्ने पूर्णबहादुरको घोषणा >> यस्तो छ ६३ दलका ३ हजार २१३ जनाको समानुपातिक बन्दसूची (सूचीसहित) >> बुटवलमा ईरिक्सा थपसम्बन्धी निर्णयको विरोधमा आन्दोलन गर्ने >> यी हुन् एमालेले टिकट दिएका रुपन्देहीका उम्मेदवारहरु >> जनकपुरबाट भ्रमणमा आएको बस धरानमा दुर्घटना हुँदा ५ जनाको मृत्यु >> एमालेले सच्यायो निर्णय: विष्णु पौडेल रुपन्देहीबाटै चुनाब लड्ने >> पामिर एकेडेमीमा खेल महोत्सव सुरु >> एनसेलको सहयोगमा ‘क्रिएटर्‌स मेला’ तीन सहरमा आयोजना हुँदै >> उच्च अदालतले फेरि भन्यो– एन्फाको निर्वाचन प्रक्रिया तत्काल रोक्नू >> कांग्रेस विवाद सर्वोच्च अदालतमा >> भोलिदेखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको निर्णय >> बालेन शाहले गरे रास्वपा वरिष्ठ नेताको पदभार ग्रहण >> मैले होइन, बर्दियाले मलाई छोड्यो: पूर्व सांसद गौतम >> काठमाडौँका मेयर बालेन शाहले दिए पदबाट राजीनामा >> प्रधानमन्त्रीले मन्त्री र निर्वाचन आयोग पदाधिकारीसँग छलफल गर्ने >> स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. काफ्लेले दिए राजीनामा >> नेकपा छाडेर पूर्वमन्त्री रामेश्वर राय जसपा प्रवेश >> साफ पुरुष फुटसल: नेपाल र भारतबिच ३–३ गोलको बराबरी >> के मोबाइल, कम्प्युटर र टिभीको बढी प्रयोगले बालबालिकामा कम्मर दुख्ने समस्या बढ्छ ? >> निर्वाचन कार्यतालिका रोक्न माग गर्दै देउवा समूह आयोगमा

एपस्टेनको फाइल बिबाद पछि ट्रम्प गए मामाघर, तर भाञ्जाको भयो त्यही बिरोध

१२ श्रावण २०८२, सोमबार
१२ श्रावण २०८२, सोमबार

काठमाडौं, १२ साउन ।  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पाँच दिने भ्रमणका लागि स्कटल्याण्डमा छन् ।

वाशिंगटनमा विवादको तापक्रम बढ्दै गएको छ, त्यसैले डोनाल्ड ट्रम्प आफ्नी आमाको देश अर्थात मामाघरमा केही दिन बिताउन आएका छन्।

उनको पाँचदिने भ्रमणलाई कार्यगत भ्रमण भनिए पनि अधिकांश ट्रम्पको समय गल्फ कोर्समा खर्च हुनेछ । एपस्टेनको फाइल रिलिज भएको विवाद पछि ट्रम्पको भ्रमण निकै चर्चामा आएको थियो ।

यस भ्रमणका क्रममा ट्रम्पले युरोपेली संघका अध्यक्ष उर्सुला भोन डर लेयनसँग व्यापार वार्ता गर्नेछन् र सोमबार बेलायती प्रधानमन्त्री केयर स्टाररसँग भेट्ने कार्यक्रम रहेको छ।

यद्यपि, उनले आफ्नो अधिकांश समय आफ्ना दुई निजी गल्फ रिसोर्टहरू– ट्रम्प टर्न बेरी र ट्रम्प इन्टरनेशनल गल्फ लिंक्स, एबरडीन शायर नजिकै बिताउने छन्, जहाँ उनकी आमाको जन्म भएको थियो। डोनाल्ड ट्रम्पकी आमा मेरी एनी म्याक्लियोड, स्कटल्याण्डको आइल अफ लुइसमा जन्मिएकी थिइन् र सन् १९३० मा अमेरिका आएकी थिइन्। ट्रम्पले आफ्नी आमाको सम्मानमा एबर्डिनशायरमा नयाँ १८ होल गल्फ कोर्स बनाएका छन्, जसको उनले यस भ्रमणका क्रममा उद्घाटन गर्नेछन्।

अमेरिकी राष्ट्रपतिको यो भ्रमणको समयलाई लिएर प्रश्न उठिरहेको छ किनभने जेफ्री एपस्टेनसँग सम्बन्धित मामिलामा ट्रम्पको सरकार अहिले निकै आलोचनाको सामना गरिरहेको छ । एपस्टेनको नाम सेक्स स्क्यान्डलमा आएको थियो र उनी यसमा दोषी देखिएका थिए। रोचक कुरा के छ भने उनलाई ट्रम्पको पुरानो साथी मानिन्छ। मिडिया र आम जनताले यस विषयमा ट्रम्पलाई लगातार प्रश्न गरिरहेका छन्।

यसैबीचमा ट्रम्प स्कटल्याण्ड प्रस्थान गरेका हुन् । यो भ्रमणलाई उनले औपचारिक भ्रमण बनाए पनि अधिकांश समय एकान्तमा बिताउने भएकाले उनी विवादबाट टाढिने अनुमान गरिएको छ । ट्रम्पले स्कटल्याण्डलाई आफ्नो मातृभूमि भन्दै आफ्नो माया व्यक्त गरे पनि स्थानीय जनताको प्रतिक्रिया त्यति उत्साहजनक देखिएन ।

ट्रम्पका विगतका आयोजनालाई लिएर स्थानीय जनतामा असन्तुष्टि छ । यो कुरालाई लिएर जनताहरु उनीप्रति आक्रोशित छन् । शनिबार एबरडीन र एडिनबर्गमा धेरै प्रदर्शनकारीहरूले विरोध प्रदर्शन गरेका थिए । मानिसहरूले रंगीन पोस्टर र नारा लगाएर विरोध प्रदर्शन गरेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?