© २०२३
भैरहवा, १९ असार ।
रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा बिहीबार बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। सम्मरीमाई गाउँपालिकाको आयोजना, नेपाल रेडक्रस सोसाइटी सम्मरीमाई उपशाखाको समन्वय/सहकार्य तथा नेपाल रेडक्रस सोसाइटी रुपन्देहीको प्राविधिक सहयोगमा फरेनास्थित सम्मरीमाई गाउँ कार्यपालिकाको कार्यालय परिसरमा कार्यक्रम भएको हो। कार्यक्रममा ४३ यूनिट रगत संकलन भएको रेडक्रस रुपन्देही जिल्ला सदस्य तथा सम्मरीमाई उपशाखाका सभापति केशव कुमार उपाध्यायले जानकारी दिए ।
सम्मरीमाई गाउँपालिकाका अध्यक्ष विनोद कुमार श्रीवास्तवको अध्यक्षता, वडा नम्बर ४ का वडाअध्यक्ष दिवाकर दुवे, रेडक्रस जिल्ला सदस्य केशव कुमार उपाध्याय लगायतको आतिथ्यता तथा गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख मुन्सी प्रसाद माझीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । ‘रगत अभावमा कसैलाई ज्यान गुमाउन नदिने संकल्प गरौं’ भन्ने मूल नाराका साथ कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएका छन् ।