© २०२३
लुम्बिनी, २ असार ।
रुपन्देही लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ५ को नयाँ कार्यालयको उद्घघाटन भएको छ ।
सुविधा सम्पन्न भवनको एक कार्यक्रमका बिच मेयर सजरुद्दीन मुसलमानले उद्घाटन गरेका हुन् । भवनको उद्घाटन गर्दै उनले सेवा प्रवाहमा भवन निर्माणले महत्वपूर्ण टेवा पुग्ने बताए । उनले प्रत्येक वडामा आफ्नै कार्यालय भवन निर्माण गरी सेवा दिने योजना अनुरूप कार्यालय भवन निर्माण गरिएको बताए ।
सुविधा सम्पन्न भवन नहुँदा सेवाप्रवाहमा समस्या भएको मेयर मुसलमानले बताए । अब भवन निर्माणसँगै सेवा प्रवाह पनि सहज हुनेमा उनले विश्वास व्यक्त गरे । पालिकामा भौतिक पूर्वधार निर्माणसँगै शिक्षा, स्वास्थ्य, कृषि जस्ता क्षेत्रमा पनि प्राथमिकताका साथ काम गरेको मेयर मुसलमानले बताए ।
प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीले जनताहरुको काम समयमै पुरा गर्न र गुणस्तरीय सेवा दिएर जनतालाई सहज बनाउने योजना अनुरुप वडा कार्यालयको आफ्नै भवन निर्माण गरिएको बताए । उनले कर्मचारीहरुलाई सुविधा सम्पन्न भवनको पूर्ण रुपमा प्रयोग गरी आमनागरिकलाई छिटो भन्दा छिटो सेवा दिन आग्रह गरिन् ।
वडा नम्बर ५ को कार्यालय लुम्बिनी साँस्कृतिक नगरपालिकाको बजेटबाट ६६ लाख रुपैयाको लागतमा बनेको वंडाध्यक्ष खुर्सेद आलम मुसलमानले जानकारी दिए । एउटै कार्यालयमा दुई वडाका काम गर्दा व्यवस्थित नभएकोले आफ्नै वडा कार्यालय बनेपछि अब सेवाग्राहीले सहज रुपमा सेवा प्राप्त गर्ने र यस अघि साँघुरो भवनबाट सेवा प्रवाह गरिरहनु परेकोले सेवाप्रवाह समेत चुस्त हुन नसकेको अवस्थामा भवन निर्माण भएसँगै कर्मचारी र सेवाग्राहीलाई सहज हुने खुर्सेद आलमले विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रममा नगर उपप्रमुख कल्पना हरिज, वडा नं. १ देखि १३ वडाध्यक्षहरु, राजनैतिक दल, वडा कर्मचारी, जन प्रतिनिधि, समाजसेबी, बुद्धजीवी लगायत स्थानीय बासीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।