© २०२३
बुटवल, २ असार ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकाले बेरुजु रकम उल्लेखनीय रुपमा सुधार गर्न सफल भएको छ । विगतका बर्षहरुमा महालेखा परीक्षकले धेरै बेरुजु औल्याउने गरेको र प्रदेशमै धेरै बेरुजु आउने पालिकामा पर्ने गरेकोमा पछिल्ला २÷३ आ.ब.मा बेरुजु रकम सुधार गार्दै आ.ब. २०८०÷८१ को बेरुजु २ करोड १५ लाख औल्याएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाले जानकारी दिए । जसमा पनि नियमित गर्नुपर्ने प्राकृतिको बढी रहेको उनले बताए । पालिकाका लेखा अधिकृत मनिष पाण्डेका अनुसार बिगत आ.ब. २०७४÷७५ मा १२ करोड ३३ लाख त्यस्तै आ.ब.०७६÷७७ मा २० करोड ३३ लाख बेरुजु औल्याएको र बिगत २ बर्ष भन्दा अघिका बर्षहरुमा हरेक बर्ष ५ करोड माथी नै बेरुजु आउने गरेकोमा आ.ब. ७९÷८० र ८०÷ ८१ मा क्रमिक रुपमा कम गर्न सफल भएको र सबै जनप्रतिनिधि, कर्मचारी, नागरिक समुदायको सकारात्मक प्रयासबाट बेरुजु लगायत सबै क्षेत्रमा सुधारका काम गर्न सफल भएको उनले बताए ।
पालिकाले स्थानीय तह संस्थागत क्षमता स्व. मुल्यांकन(लिजा)मा समेत व्यापक रुपमा सुधार गरेको छ । आर्थिक बर्ष ०७६÷७७ मा २५.६७ प्रतिशत मात्रै अंक प्राप्त गरेको पालिकाले आर्थिक बर्ष २०८०÷०८१ मा ८५ प्रतिशत उपलब्धी हासिल गर्न सफल भएको हो । यस्तै स्थानीय तह वित्तीय जोखिम मुल्यांयानमा समेत पालिका अहिले सुधार गरेको छ ।
आर्थिक बर्ष ७८÷७९ मा ५७ प्रतिशत रहेको पालिकाको स्थानीय त ह वित्तीय शुसासन जेखिम मुल्यांकन(आईआरएम) आर्थिक बर्ष २०८०÷०८१ म ७६.५ प्रतिशत उपलब्धी हासिल गर्न सफल भएको हो । पालिकाले विद्युतीय भुक्तानी प्रणाली बाट छिटो छरितो भुक्तानी, अनलाईन जिन्सी ब्यबस्थापन, अनलाईन राजस्व प्रणालीको पुर्ण प्रयोग, अनलाईन योजना प्रणालीको प्रयोग, अनलाइन घटनादर्ता प्रणाली, बिधुतिय बोलपत्र प्रणालीको प्रयोग, सामाजिक सुरक्षा भत्ता बिधुतिय भुक्तानी प्रणाली मार्फत लाभग्राहिको बैंक खातामा जाने ब्यबस्था लगायतका अनलाइन प्रणालीको प्रयोगले आर्थिक तथा प्रशासनिक सुशासनका कायम भएको छ ।
यातायात पुर्बाधर, सार्बजनिक भबन, विध्यालय भबन, स्वास्थ चौकी, अस्पताल, खानेपानी, सिचाँई संरचना लगायत भौतिक पुर्वाधार निर्माण, साथै शिक्षा, स्वास्थ, कृषि, पशु, जनशक्ति बिकास र जनचेतना अभिवृद्धिका कार्य समेत व्यापक रुपमा अगाडी बढाएको हो ।