ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

मिडिया सवलीकरणमा बुटवल उपमहानगरः नीति निर्माणदेखि सहकार्यसम्म

२१ जेष्ठ २०८२, बुधबार
२१ जेष्ठ २०८२, बुधबार

बुटवल, २१ जेठ ।

मुलुक संघीय संरचनामा गएसंगै अहिले तीन तहका सरकार संचालनमा रहेका छन् । जसले हिजोको केन्द्रिकृत राज्य सत्ताको शक्ति प्रदेश र स्थानीय सरकारको रुपमा स्थानीयकरण भएको छ । यस मध्ये स्थानीय सरकार जनताको घरदैलोको सरकार हो,जसले हरेक नागरिकको दुःख,सुख बुझेको छ र बुझ्नुपर्छ ।

स्थानीय सरकारको विभिन्न प्राथमिक दायित्वमध्ये एउटा प्रमुख दायित्व मिडिया प्रवद्र्धन र सवलीकरण पनि हो । स्थानीय नागरिकको सेवाका लागि स्थापित निकायलाई नागरिकप्रति उत्तरदायी र जवाफदेही बनाउन सकेमा लोकतन्त्र बलियो बन्दै जान्छ ।

स्थानीय सरकारका सूचना, सन्देश, विकास निर्माण र सेवा सुविधा सम्बन्धी जानकारीलाई सहजै जनता समक्ष पुर्याउने स्थानीय मिडिया नै हुन । नेपालको संविधान २०७२ को अनुसूची ५ मा संघ, प्रदेश र स्थानीय तहको अधिकार उल्लेख गरिएको छ ।

जसमध्ये स्थानीय तहको एकल अधिकार सूचिमा स्थानीय एफएम संचालन तथा स्थानीय मिडिया व्यवस्थापनको अधिकार स्थानीय सरकारलाई दिइएको छ । तर स्थानीय संचार व्यवस्थापन ऐन, कानुन भने अझै निर्माण गर्न स्थानीय पालिकाले नसकेको अवस्था छ ।

जनताको आवश्यकता, माग र समस्याबारे जानकारी लिन सेवा प्रदायी र राज्य बाट प्रात्त सेवा लिनका लागि सेवाग्राहीले आमसंचार माध्यम नै उपयोग गर्ने गरेको सर्वविदितै छ ।

सूचना, संचार र आधुनिक प्रविधिको युगमा स्थानीय सरकार बुटवल उपमहानगरपालिकाले स्थानीय संचार ऐन निर्माणमा केही ढिला भएपनि मिडिया क्षेत्रको सबलीकरणमा हातेमालो गरी एक असल अभ्यासको सुरुवात गरेको बताउँछन् बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे ।

बुटवल उपमहानगरपालिका दुईवटा विषयलाई मध्यनजर गरेर संचार क्षेत्रसंग जोडिएको उनको भनाई छ । “पहिलो विषय बुटवल संचार क्षेत्रको मोफसल एवं मिडिया हव भनेर चिनिएको छ, संचार गृहको संचालन र संचारकर्मीहरुको क्षमता विकास तथा दिगोपनाको बारेमा अहिले मिडिया क्षेत्रमा जुन समस्या देखिएको छ, यस्तो समस्यामा स्थानीय सरकार अलग बस्न मिल्दैन र सक्दैन पनि”–उनी भन्छन्–“त्यस कारणले संचारकर्मीहरुको चाहना अनुरुपको क्षमता विकास, संचारगृहको समस्याको पहिचान गर्दै पालिकाको क्षमता अनुसारको सहयोग गर्दै स्थानीय सरकारको दायित्व पुरा गर्ने कोशिस हामीले गरेका हौ ।”

दोस्रो विषय यो चालु आर्थिक वर्ष २०८१।०८२ मा स्थानीय संचारगृह र पत्रकार संम्वद्ध संस्था नेपाल पत्रकार महासंघ रुपन्देही लगायत अन्य सम्बन्धित संस्थाहरुसंग सूचना प्रवाह गर्ने कार्यक्रम तथा पत्रकारहरुको क्षमता विकासमा सहयोग पुग्ने गरी सहकार्यमा कार्यक्रम संचालन गरिहेको नगर प्रमुख पाण्डेको भनाई छ ।

उनी थप्छन्–“संचारकर्मी र संचारगृहलाई हामीले यत्तिकै रकम बाँडेका छैनौ । बुटवल उपमहानगरपालिकाले नीतिगत रुपमा केही कार्यक्रमहरु अगाडि सारेको छ । वार्षिक योजनामै मिडिया सुदृढीकरण शीर्षकमा स्पष्ट वजेट विनियोजन गरिएको छ । जस अन्तर्गत समानरुपमा विज्ञापन वितरण, सामग्री उत्पादन सहयोग, संचारकर्मीहरुको क्षमता र दक्षता अभिबृद्धिको तालिम पत्रकार सम्मान जस्ता कार्यक्रमहरुका लागि सहकार्य गरेका छौ ।”

कार्यक्रमका आधारमा जस्तो रेडियो र टेलिभिजनले कति वजेदेखि कति वजेसम्म कुन विषय प्रसारण गर्ने, पत्रिकाले सामग्री उत्पादन प्रकाशन गर्ने, अनलाइन मिडियाले पनि त्यही अनुसार कार्य गर्ने उनी बताउँछन् । अन्य पत्रकार सम्वद्ध संस्थाहरुले पनि सम्झौतामा उल्लेख भए अनुसार काम गर्ने गरी प्रस्ताव पेश गरिएको आधारमा मूल्याकंन गरेर सम्झौता गरी वजेट प्रदान गरिएको नगरप्रमुख पाण्डेको भनाई छ ।

ती कार्यक्रममा बुटवल उपमहानगरपालिकाले आगामी दिनमा गर्नु पर्ने दायरा, गरेका कामको प्रचारप्रसार, स्थानीय नागरिकले बुझ्ने गरी बुटवलले गरेको भौतिक तथा मानवीय विकासको सन्देश प्रवाह गर्नका लागि मिडियासंग सहकार्य गरेको उनी बताउँछन् ।

यो समय आगामी आर्थिक वर्ष २०८२।०८३ का लागि नीति, कार्यक्रम तथा वजेट बनाउने समय हो । साझेदरी रुपमा सन्देश प्रवाह गर्ने कार्यक्रम बाहेक साच्चै मिडिया व्यवस्थापनमा टेवा पुग्ने खालको मिडिया अनुदानका लागि बुटवलले नीति, कार्यक्रम र बजेटमा सम्बोधन गर्छ त भन्ने प्रश्नको जवाफमा नगर प्रमुख पाण्डे भन्छन्–“हामीले अनुदानलाई कम प्राथमिकता दिदै सन्देशमूलक कार्यक्रममा जोड दिएका छौ । त्यसकारणले मिडिया हाउस र मिडियाकर्मी साथीहरुलाई अनुदानको विषय भन्दा कार्यक्रमका विषयमा प्रस्ताव पेश गर्न अनुरोध गर्दछु । त्यो पनि बुटवलले गरेका काम र अव गर्नुपर्ने मार्गदर्शन झल्कने गरी खोजमूलक र सन्देशमुलक बन्न सकोस् । हामीले संचारसंग सहकार्य गर्ने भनेर जुन शीर्षक छुट्टाउछौ त्यही विषय केन्द्रित रहेर काम गर्ने संचारगृहसंग मात्र हामीले सम्झौता गरेर काम गर्नेछौ ।”आगामी आर्थिक वर्षमा पनि यो सहकार्यलाई निरन्तरता दिने नगर प्रमुख पाण्डेले प्रतिवद्धता व्यक्त गरे ।

प्रकाशन तथा प्रसारण संघ लुम्बिनी प्रदेशका अध्यक्ष नवराज कुँवरले बुटवलको मिडियामैत्री दृष्टिकोणले प्रदेशभरिका पालिका मध्ये एक नवीन अभ्यासको थालनी गरेको देखिने बताए । उपमहानगरपालिकाको विज्ञापन नीतिमा पारदर्शिता, संचार संस्थाहरुसंग नियमित संवाद र प्रेस स्वतन्त्रताको सम्मान जस्ता कार्यले स्थानीय सरकार र मिडियाबिचको सम्बन्ध सुदृढ भएको उनी बताउँछन् । मिडियालाई केवल खबरदारीको माध्यम मात्र नभई उपमहानगरपालिकाको नीति निर्माणमा पनि सहभागी गराउने परिपाटीले एकखालको सकारात्मक सन्देश ल्याएको उनको भनाई छ ।

यस किसिमको सहभागितामूलक सहकार्यले जनताको आवाज नीतिगत तहसम्म पुर्याउने काम गरेको छ । सूचनाको लोकतान्त्रीकरण मार्फत नागरिक सचेतना बढाउने र प्रशासनलाई उत्तरदायी बनाउने प्रक्रियामा यस्ता अभ्यासहरु महत्वपूर्ण रहेको भन्दै अध्यक्ष कुवँरले बुटवल उपमहानगरपालिकाकाले मिडियासंग गरेको सहकार्यको प्रशंसा गरे ।

“बुटवल उपमहानगरपालिकाको मिडियामैत्री व्यवाहर आजको सन्दर्भमा अत्यन्त सान्दर्भिक र अनुकरणीय देखिन्छ । तर यथार्थमा बुटवल उपमहानगरपालिकाले मिडियाको सबलिकरणका लागि दीर्घकालिन रुपमा प्रभावकारी बनाउने हो भने संचार नीति निर्माण, समयसापेक्ष पुनरावलोकन, डिजिटल माध्यमको समावेशीकरण र प्रदेश तथा संघीय सरकारसंगको सहकार्यलाई अझै पराकिलो बनाउदै लैजानु आवश्यक छ”–अध्यक्ष कुवँर भन्छन् ।

यदि यी सुझावहरुलाई पालिकाले ईमान्दारीपूर्वक निरन्तरता दिने हो भने संचार सशक्तिकरणका लागि बुटवल उपमहानगरका अभ्यासहरु स्थानीय तहको सिमा नाघेर सम्पूर्ण देशका लागि प्रेरणदायी मोडेल बन्न सक्ने पनि उनको भनाई छ ।

नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य रेखा भुसालका अनुसार संचार क्षेत्र प्रभावकारी हुनु भनेको स्थानीय सरकाको जवाफदेहीता बढ्नु रहेको बताउँछिन् । यस अर्थमा पनि मिडिया क्षेत्रको संरक्षण, विकास र सवलीकरणमा स्थानीय सरकार, मिडिया संचालक, पत्रकार र नागरिक सबैको ध्यान जानुपर्ने पत्रकार भुसालको तर्क छ । तर स्थानीय मिडियाको संरक्षण र प्रवद्र्धन गर्नुपर्ने दायित्व स्थानीय सरकार स्वयंको रहेको उनी बताउँछिन् ।

बुटवल उपमहानगरले मिडियाका सवालहरुलाई सम्बोधन गर्ने कामको थालनी गरेको भन्दै उनले गत आर्थिक वर्ष वा त्यो भन्दा अघिल्लो वर्ष पनि वजेटमा मिडियालाई प्राथमिकतामा राखेर धेरै राम्रा कामहरु गर्दै आएको बताउँछिन् । बुटवल उपमहानगरपालिकाले अगामी योजनामा स्थानीय मिडियाहरुको सवलीकरण, संरक्षण, विकास र नियमनका लागि आफ्नो अधिकारको क्षेत्र भित्र रहेका कामकारवाहीलाई मिडियामैत्री बनाएर अबलम्वन गदै अगाडि बढ्नुपर्ने भुसालको सुझाव छ ।

बुटवल उपमहानगरपालिकाले संचार माध्यमहरुको लागि जुन ढंगले काम गरिहेको छ रुपन्देहीका अन्य पालिकाहरुको तुलनामा राम्रो र प्रसंशनीय रहेको बताउँछन् नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे । सबै संचारमाध्यमलाई अझै थप व्यवस्थित गरेर अगाडि बढ्न सक्यो भने संचार माध्यमहरु बाँच्ने आधार तयार गर्ने र संरक्षण गर्ने काममा उपमहानगरपालिकाको भूमिका अझ महत्वपूर्ण देखिने उनको तर्क छ ।

“समानुपातिक वितरण अन्र्तगत रहेर सन्देशमुलक सूचना, कार्यक्रम र विज्ञापन पालिकाले दिने गरेको भनेर यस क्षेत्रका संचार गृहका प्रमुख एवं प्रतिनिधिले भन्ने गरेको सुनिन्छ । बुटवल उमहानगरपालिकाले नगरभित्रमात्रै संचालन भएकालाई मात्रै होईन रुपन्देही जिल्ला भित्र जुनसुकै पालिकामा संचालित संचारगृहको प्रवद्र्धन र संरक्षणमा चासोका साथ सहयोग गरेको देखिन्छ”–उनी भन्छन्–“यो संगै रहेर नेपाल पत्रकार महासंघ रुपन्देहीसंग पनि बुटवल उपमहानगरपालिकाले सहकार्य गरेर महासंघमा आवद्ध पत्रकारहरुको क्षमता विकास र उनीहरुको लेखनवृत्तिका लागि समेत सहयोग गरेको छ जुन कार्य रचनात्मक र प्रसंशनीय रहेको छ ।”

बुटवल उपमहानगरपालिकाले संचार सिटिको रुपमा संचार क्षेत्रको सवलीकरण गर्ने भनेर आफ्ना धारणा व्यक्त गरेको सुनिएको भन्दै उनले अव यसका बारे बुटवलमा संचालित सबै संचार गृहका प्रतिनिधिसंग छलफल, वहस र संवादमार्फत मिडिया सिटिको बारेमा स्पस्ट धारणा बुझाउन जरुरी रहेको बताउँछन् ।

पत्रकारहरुको क्षमता विकास तालिम केवल तालिमका लागि मात्रै नभएर उपलब्धिमूलक बनाउन आवश्यक रहेको उनको भनाई छ । “जसरी स्थानीय सरकारले योजना छनोट गर्दा उपमहानगरको भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने गरेको छ । त्यसैगरी संचार गृहको भौतिक संरचनालाई योजनामा समेट्न सके संचारगृह र पत्रकारहरुका लागि बुटवल उपमहानगरपालिका मिडिया सवलीकरणमा एक कोशेढुंगाको रुपमा स्थापित बन्न सक्छ”–अध्यक्ष पाण्डेको सुझाव छ ।

(संचारिका फिचर)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?