ट्रेंडिंग:

>> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की

एकपछि अर्को वडा बालविवाह मुक्त घोषणा

२८ बैशाख २०८२, आइतबार
२८ बैशाख २०८२, आइतबार

बर्दिया, २८ बैशाख ।

बर्दियाको मधुवन नगरपालिकालाई बालविवाहमुक्त पालिका घोषणा गर्ने अभियान अन्तर्गत सो पालिकाका वडाहरुलाई एकपछि अर्को गरि बालविवाहमुक्त वडा घोषणा गर्ने कार्यलाई तीव्र पारिएको छ । सो क्रममा पछिल्लो पटक मधुवनको वडा नं. ६ लाई एक भव्य कार्यक्रमकाबिच मधुवन नगरपालिकाका मेयर तेजबहादुर भाटले बालविवाहमुक्त वडा घोषणा गरेका छन् ।

सो अवसरमा बोल्दै मेयर भाटले तीन वर्षभित्र मधुवनमा बालविवाह दर शून्यमा झार्ने र वि.सं. २०८५ सालभित्र सम्पूर्ण वडालाई बालविवाहमुक्त घोषणा गर्ने गरि पालिकाका काम भइरहेको बताए ।

उनले सोही अवसरमा हस्ताक्षर अभियानको उदघाटन गर्दै उपस्थित सरोकारवालाहरूबाट १० बुँदे प्रतिबद्धतापत्रमा हस्ताक्षर समेत गराए । वडा नं. ६ का वडा अध्यक्ष चन्द्रसिंह गुरुङको अध्यक्षतामा सम्पन्न भएको बालविवाहमुक्त घोषणा कार्यक्रममा जनप्रतिनिधि, नागरिक समाज, अभिभावक, राजनीतिक दल, विद्यार्थी, प्रहरी लगायतका सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रम प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब र बि.ग्रुपको साझेदारी, प्राविधिक सहयोग र समन्वयमा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै बाँके युनेस्को क्लबका उपनिर्देशक गोविन्द प्रसाद लामिछानेले बालबिवाहमुक्त घोषणा मात्रै नभई यसको प्रभावकारी कार्यान्वयन र फ्लोअप कार्यक्रम सञ्चालनमा जोड दिँदै बाँकी वडाहरूमा पनि सचेतनामूलक कार्यक्रम निरन्तर सञ्चालन गरी बालविवाहमुक्त वडा घोषणालाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

सो घोषणा कार्यक्रममा बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक ईश्वर बिक, बि.ग्रुपका कार्यकारी निर्देशक डम्मर बिक, कार्यक्रम प्रबन्धक भानु लिम्बु, शिक्षा प्राविधिक संयोजक लक्ष्मीप्रसाद शर्मा, प्लान इन्टरनेशनल नेपाल बर्दिया जिल्ला कार्यक्रम अधिकृत सुश्मा घर्ती मगर र वडा अध्यक्षका प्रतिनिधि दिलिप गुरुङ लगायतले मन्तव्य व्यक्त गर्दै कार्यान्वयन पक्षलाई सशक्त बनाउँदै अन्य वडालाई पनि घोषणा गर्दै जानुपर्नेमा जोड दिएका थिए ।

मधुवन नगरपालिका बालविवाह न्यूनीकरण कार्यविधि २०७७ अनुसार १५ प्रतिशत भन्दा कम बालविवाह दर भएका वडालाई बालविवाहमुक्त वडा घोषणा गर्न सकिने प्रावधानअनुसार, हाल वडा नं. ६ को बालविवाह दर १३ प्रतिशत रहेको हुँदा यसलाई बालविवाहमुक्त वडा घोषणा गरिएको वडा कार्यालयले जनाएको छ ।

मधुवन नगरपालिकामा बालविवाह न्यूनीकरणमा महत्वपूर्ण योगदान पु¥याउने बाँके युनेस्को क्लब, बि.ग्रुप, प्लान इन्टरनेशनल नेपाल, महिला स्वयंसेविका, किशोरी क्लब, अगुवा बडाघर, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा, दलित महिला संघ लगायत विभिन्न सांस्कृतिक समूहहरूलाई कार्यक्रममा सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?