ट्रेंडिंग:

>> गगन थापासँग सम्झाैता गर्न देउवापक्षीय नेताहरू लचक, विद्राेह नगर्ने र नयाँ पार्टी नखोल्ने पूर्णबहादुरको घोषणा >> यस्तो छ ६३ दलका ३ हजार २१३ जनाको समानुपातिक बन्दसूची (सूचीसहित) >> बुटवलमा ईरिक्सा थपसम्बन्धी निर्णयको विरोधमा आन्दोलन गर्ने >> यी हुन् एमालेले टिकट दिएका रुपन्देहीका उम्मेदवारहरु >> जनकपुरबाट भ्रमणमा आएको बस धरानमा दुर्घटना हुँदा ५ जनाको मृत्यु >> एमालेले सच्यायो निर्णय: विष्णु पौडेल रुपन्देहीबाटै चुनाब लड्ने >> पामिर एकेडेमीमा खेल महोत्सव सुरु >> एनसेलको सहयोगमा ‘क्रिएटर्‌स मेला’ तीन सहरमा आयोजना हुँदै >> उच्च अदालतले फेरि भन्यो– एन्फाको निर्वाचन प्रक्रिया तत्काल रोक्नू >> कांग्रेस विवाद सर्वोच्च अदालतमा >> भोलिदेखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको निर्णय >> बालेन शाहले गरे रास्वपा वरिष्ठ नेताको पदभार ग्रहण >> मैले होइन, बर्दियाले मलाई छोड्यो: पूर्व सांसद गौतम >> काठमाडौँका मेयर बालेन शाहले दिए पदबाट राजीनामा >> प्रधानमन्त्रीले मन्त्री र निर्वाचन आयोग पदाधिकारीसँग छलफल गर्ने >> स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. काफ्लेले दिए राजीनामा >> नेकपा छाडेर पूर्वमन्त्री रामेश्वर राय जसपा प्रवेश >> साफ पुरुष फुटसल: नेपाल र भारतबिच ३–३ गोलको बराबरी >> के मोबाइल, कम्प्युटर र टिभीको बढी प्रयोगले बालबालिकामा कम्मर दुख्ने समस्या बढ्छ ? >> निर्वाचन कार्यतालिका रोक्न माग गर्दै देउवा समूह आयोगमा >> बालेन शाहको राजीनामा किन भयो होल्ड ? >> कतारमा अमर र प्रीतिको धमाकेदार प्रस्तुतिसँगै भव्य रूपमा मनाइयो “माघ्या सकराटी” (फोटो फिचर)  >> सुनको भाउ सामान्य बढ्यो, चाँदी घट्यो >> रुपन्देही २ बाट नेकपाको उम्मेदवार विश्वदीप >> विष्णु पौडेललाई खुला पत्र: विरासतको सुरक्षा कि अवसरवादीको घेराबन्दी ? >> निर्वाचनमा मतदाताको दायित्व >> जोखिमबाट बच्न पूर्व तयारीमा ढिलाइ  >> डरभित्र सङ्घर्ष गर्दै कालीमाटी >> सांस्कृतिक घर र पोखरीले स्थानीय आत्मनिर्भर >> हिंसा र डकैतीको जालो तोड्दै प्रहरी >> यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित) >> रुपन्देहीमा एमालेबाट वासुदेव घिमिरे र खिमलाल भट्टराईले पाए टिकट, अरु टुंगो लाग्न बाँकी >> यी हुन् एमालेका लुम्बिनी प्रदेशमा निर्वाचन लड्ने उम्मेदवारहरु (सूचीसहित) >> एमाले उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट उमेदवार बन्ने >> कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको निर्णय: निष्क्रिय रहेका र छाडेकालाई पुन: पार्टीमा जोडिन आह्वान >> माघी पर्व एवं माघे सकरातीको ऐतिहासिक महत्व र नेपाली समाजको भविष्य >> गगनको पक्षमा खुल्न थाले देउवा पक्षका नेता, कँडेलले भने-पार्टीलाई एकढिक्का बनाएर अघि बढौं >> कांग्रेसको आधिकारिकताका लागि सर्वोच्च अदालत जाने देउवा समूहको निर्णय >> एमाले केन्द्रीय निर्वाचन कमिटि सदस्य खुमाकान्तले छाडे पार्टी >> कांग्रेसका पूर्व सांसद कनोडिया एमाले प्रवेश >> आगामी आर्थिक वर्षको बजेट निर्माण सुरुः स्रोत अनुमान समितिले थाल्यो काम >> उम्मेदवारी दर्ता देखि मतगणनासम्मको काम मुख्य निर्वाचन अधिकृतको कार्यालयले गर्ने >>  रामपुर, भुजात–गुरुङ गाउँको अपार माया बोकेर फर्किदा…… >> नलेखिएको एउटा बुद्धकालीन क्रान्तिको कथा >> छोराको सम्झनामा बनेको उद्यम >> २ प्रदेशका हिमाली क्षेत्रमा आज हल्का वर्षा र हिमपात, तराईमा हुस्सु >> गगनको घोषणाः कांग्रेसमा कुनै गुट छैन, गुटगत भागबण्डा हुनेछैन, एकताबद्ध बनाएर अघि बढौं >> यी तीन आधार टेकेर गगन पक्षलाई दियो निर्वाचन आयोगले आधिकारिकता >> राजनीतिक र कानुनी दुवै लडाइँ लड्छौं: देउवा पक्ष >> टुंगियो कांग्रेस आधिकारिकता विवाद, गगन थापा पक्षलाई आयोगको मान्यता

गहुँको उत्पादनमा वृद्धि

२६ बैशाख २०८२, शुक्रबार
२६ बैशाख २०८२, शुक्रबार

पाल्पा, २६ वैशाख ।

विगत केही वर्षका तुलनामा यस वर्ष गहुँको उत्पादनमा वृद्धि भएको छ ।

सिंचाइको असुविधा हुने क्रम बढेसँगै चैतमा धान लगाउने जमिनमा समेत गहुँको खेती मात्र होइन आवासको लागि घरै निर्माण भएका छन् । पहिलेको तुलनामा पछिल्ला वर्षहरुमा गहुँ खेतीको उत्पादनसंगै क्षेत्रफल पनि बढ्दै गएको छ ।

अन्य खेतीको तुलनामा गहुँको खेती सजिलो, भित्र्याउने बेलामा यान्त्रिकरणको प्रयोग बढ्न लागेपछि कृषकले हिउँदे धानको विकल्पमा गहुँ खेती गर्न थालेका छन् ।

जिल्लाको तेस्रो बालीका रुपमा स्थापित गहुँको लागि धानको तुलनामा कम सिंचाईले खेतीगर्न सकिने भएका कारण माडी फाँट अर्गली, रामपुर, पुर्वखोला, सर्देवा जस्ता फाँटको विकल्पमा गहुँको खेती गरेका छन् ।

उत्पादन र उत्पादकत्व शक्ति वृद्धिका लागि स्थानीय सरकारले समेत उन्नत जातको बिउ अनुदानमा वितरण गर्न लागेपछि कृषकहरुमा थप आकर्षण बढेको छ ।

कृषि ज्ञान केन्द्रका प्रमुख अरवृन्द त्रिपाठी भन्छन्–“सबै कृषकबिच उन्नत जातको बिउ पुग्न सकेको छैन । त्यसैले स्थानीय जातको बिउ पनि प्रयोग गरेका छन् ।”

विशेष गरी यहाँका फाँटमा उन्नत जातको बिउ र बारीमा स्थानीय जातको बिउ लगाउने प्रचलन कायमै छ । फाँटहरुमा वाणगंगा, खुमलशक्ति, भेरीगंगा, भृकुटी जस्ता उन्नत जातको बिउको प्रयोग बढेको छ ।

बारीमा गहुँ लगाउने प्रचलन पुरानो हो । खेतमा लगाउन लागेको धेरै समय भएको छैन । पछिल्लो समयमा गाउँमा मानव बस्ती पातलिंदै जाँदा बारीमा गहुँ लगाउँदा बँदेल, बाँदर, दुम्सीबाट जोगाउनै कठिन भएकाले बारीमा गहँ उत्पादन घट्दो र खेतमा बढ्दो भएको कृषकहरु बताउँछन् ।

कृषि ज्ञान केन्द्रको अनुसार गतवर्षका तुलनामा यस वर्ष ५० हेक्टर क्षेत्रफलमा खेती बढेको छ र यस वर्ष ५ हजार ७ सय ६५ हेक्टर क्षेत्रफलमा खेती भएको र उत्पादन १६ हजार ५ सय ४० मेट्रिक टन उत्पादन भयो ।

गहुँको उत्पादकत्व क्षमता प्रति हेक्टर २. ८५ मेट्रिक टन भएको प्रमुख त्रिपाठीले बताए ।

प्रविधि भित्रिनु अगाडि खेती भरीमा दुखको खेती भन्ने प्रचलन थियो । प्रविधि तथा यान्त्रिकरणको विकास भएपछि सहज भएको पुर्वखोलाकी कृषक कल्पना खनाल बताउँछिन् ।

लगाउन पनि सजिलो दैनिक पानी लगाउन नपर्ने, बिउ छरेपछि भित्र्याउँदा सम्म एक दुई पटक पानी लगाए पुग्ने, काट्न र चुट्नको लागि घर घर मेसिन छन् ।

यो खेतीबाट कहिल्यै पनि नोक्सान बेहोर्न नपर्ने भएकाले यसपटक आफूले ८ रोपनी क्षेत्रफलबाट राम्रो आम्दानी लिन सफल भएको उनी बताउँछिन् ।

सामान्य रुपमा मल, सिचाई कम र गोडमेल गर्न पनि नपर्ने भएका कारण यस खेतीको विस्तार हुने क्रम बढेको कृषकहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?