ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष

१ बैशाख २०८२, सोमबार
१ बैशाख २०८२, सोमबार

नयाँ वर्षको आगमनसँगै हाम्रो जीवनमा एक नयाँ अध्याय खुल्छ । प्रत्येक वर्षको सुरुवातसँगै मानिसको मनमा नयाँ उमंग, नवीन आशा र उज्यालो भविष्यको कल्पना जन्मिन्छ । यो केवल पात्रोको परिवर्तन होइन, यो त सोच, दृष्टिकोण र जीवनशैलीमा रूपान्तरण ल्याउने दुर्लभ अवसर हो। हामी भन्छौं—नववर्षले सबैमा नयाँपन ल्याओस्, किनकि नयाँपनले नै जीवनलाई सार्थक बनाउँछ । नयाँ वर्षका बिहानहरू केवल सूर्यको उदय मात्र होइनन्, ती त आत्मा र सोचमा उज्यालो ल्याउने प्रेरणाका किरण हुन् । हरेक मानिसले नयाँ वर्षसँगै आफूभित्र केही परिवर्तन ल्याउने संकल्प गर्छ । कसैले स्वास्थ्यमा ध्यान दिने प्रण गर्छ, कसैले अध्ययनमा गहिरिएर लाग्ने सोच बनाउँछ, त कसैले आफ्ना कमजोरीहरू सुधार्ने अठोट लिन्छ । यिनै साना प्रणहरू नै ठूलो परिवर्तनका ढोका हुन् । हामीले बुझ्नुपर्छ—नयाँपन बाहिरी चमकधमकमा मात्र सिमित हुँदैन। नयाँ लुगा, नयाँ सामान, वा नयाँ घरले हाम्रो जीवनको सार बदल्न सक्दैन, जबसम्म हाम्रो सोच र दृष्टिकोण उही पुरानै रहन्छ। परिवर्तनको मूल स्रोत हो—हाम्रो चेतना । त्यसैले, साँचो नयाँपन भन्नाले आत्मा, विचार र आचरणको शुद्धिकरण बुझिन्छ ।

हामीले विगत वर्षलाई एक शिक्षाको रूपमा लिनुपर्छ । त्यसमा भएका सफलताहरूलाई आत्मबल बनाउँदै, असफलताबाट पाठ सिक्दै अघि बढ्नुपर्छ। विगतका गल्तीहरूलाई आत्ममूल्यांकनको सामग्री बनाउँदै, नयाँ वर्षमा आत्मपरिष्कारको बाटो रोज्नु नै साँचो परिवर्तन हो । समाजमा व्याप्त विकृति, भ्रष्टाचार, असहिष्णुता र नैतिक पतनको युगमा हामीले नवीन सोच र विवेकपूर्ण दृष्टिकोण अँगाल्न जरुरी छ । नववर्षले हामी सबैमा इमानदारी, सहिष्णुता, करुणा र परोपकारको भावना जागृत गराओस्। जब व्यक्तिको सोच परिवर्तन हुन्छ, तब परिवार रूपान्तरण हुन्छ; परिवारबाट समाज, र समाजबाट राष्ट्र । यही हो—सकारात्मक श्रृंखलाको शक्ति । विद्यार्थीहरूमा नववर्षले ज्ञानप्रतिको उत्सुकता र सिर्जनशीलताको विकास गराओस्। उनीहरूले पढाइलाई केवल अंक प्राप्तिको साधन नभइ जीवन सुधारको माध्यम ठानून्। शिक्षकहरूमा नयाँ ऊर्जा जागोस्, जसले शिक्षणलाई केवल पाठ्यपुस्तकसम्म सीमित नराखी, व्यवहारिक जीवनसँग जोड्न सकोस् । अभिभावकहरूले सन्तानप्रति माया, मार्गदर्शन र समझदारीको गहिरो सम्बन्ध बनाउन् ।
युवाहरूमा उद्यमशीलता, नवप्रवर्तन र साहसको भावना पलाओस्। बेरोजगारीले होस या अवसरको अभावले—युवाले कहिल्यै हार नमानी आफ्नै श्रम र प्रतिभाबाट नयाँ बाटो बनाउनु पर्छ । प्रविधिको सहायताले सिर्जनशील कामहरू मार्फत समाजलाई योगदान दिन सकिन्छ। यही हो नववर्षको सन्देश—‘खोज नयाँ, सोच नयाँ, दृष्टिकोण नयाँ ।’ परिवारभित्र पनि नयाँपन जरुरी छ। आजको द्रुत गतिमा बाँचिरहेको समाजमा भावनात्मक दूरी बढ्दै गएको छ। नववर्षले घरघरमा आत्मीयता, समझदारी र स्नेह बढाओस्। वृद्ध बुबाआमा, खेल्ने उमेरका बालबालिका, र संघर्षरत युवाहरू सबैबीच सुमधुर सम्बन्ध स्थापनाको यो उपयुक्त समय हो। परिवार नै समाजको पहिलो पाठशाला हो। जब परिवार सशक्त हुन्छ, तब राष्ट्र बलियो हुन्छ ।

हामीले नववर्षमा आफ्नो संस्कार र सांस्कृतिक मूल्यहरूको जगेर्ना गर्नुपर्ने हुन्छ। आधुनिकतासँगै मौलिकता नबिर्सौं। हाम्रो भाषा, पोशाक, परम्परा र चालचलन हाम्रो पहिचान हुन् । नववर्षमा आधुनिक सोचसँगै परम्पराको सम्मान पनि उत्तिकै महत्त्वपूर्ण छ । परम्परागत जरा नभई आधुनिकताको शाखा धेरै समय उभिन सक्दैन । प्रकृतिप्रतिको प्रेम पनि नववर्षको संकल्प बन्नुपर्छ । वायुप्रदूषण, प्लास्टिकको प्रयोग, वन विनाश जस्ता समस्याले पृथ्वीको अस्तित्व नै संकटमा पारेको छ। यसवर्ष हामीले वातावरणमैत्री बानीहरू अँगालौँ। झोला साथमा राखौँ, रूख लगाऔँ, पानी बचाऔँ। पृथ्वीलाई बचाउनु भनेको भविष्यलाई सुरक्षित गर्नु हो । मनोभावनामा पनि नवीनता ल्याउनु आवश्यक छ । रिस, इष्र्या, घृणा, वैमनस्यता—यी सबैलाई बिसाएर, क्षमा, प्रेम र मित्रताको भावनालाई अँगालौँ। जब हामी अरूलाई माफ गर्न सिक्छौं, तब आफैं हलुका र शान्त हुन्छौं। यही हो साँचो आत्मपरिवर्तन । नववर्षलाई केवल भोजभतेर र मनोरञ्जनमा सीमित नराखौँ। यो समय हो—आत्ममूल्यांकन, आत्मपरिष्कार र आत्मविकासको। हामी सबैले आत्मसाक्षात्कार गर्न जरुरी छ—म के हुँ ? के बन्न चाहन्छु ? कसरी समाजका लागि उपयोगी बन्न सक्छु ? अन्ततः नववर्षको सन्देश यो हो—‘जीवनलाई उत्सव बनाऔँ, सोचलाई सकारात्मक बनाऔँ र समाजलाई उज्यालो दिशातर्फ डोर्याऔँ ।’ गरौँ यही गहिरो कामना— ‘नववर्षले सबैमा नयाँपन ल्याओस’ । हाम्रो जीवनमा आशा, विश्वास, स्वास्थ्य, सद्भाव र समृद्धिको उज्यालो फैलियोस् । हामी सबै साँचो अर्थमा नयाँ बनौँ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?