Butwal Today

अनुमति बिना ‘कन्फरेन्स’ गर्न लागेको भन्दै भारतीय संस्थालाई कारबाही गर्न शिक्षा मन्त्रालयको पत्राचार

१९ फाल्गुन २०८१, सोमबार
अ+
अ-

काठमाडौँ ।

भारतीय संस्था ‘द नलेज नेटवर्क’ ले काठमाडौंमा बिना अनुमति ‘कन्फरेन्स’ गर्न लागेको भन्दै शिक्षा मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ।

भारतस्थित ‘द नलेज नेटवर्क’ नामक संस्थाले आज काठमाडौंको होटल मेरियटमा आयोजना गर्न लागेको ‘१५औं इन्टिट्युट एण्ड कन्सल्टेन्स कन्फरेन्स’लाई रोक्न र कारबाही गर्न मन्त्रालयले अनुरोध गरेको हो।

मन्त्रालयको पत्र अनुसार, ‘द नलेज नेटवर्क’ ले शैक्षिक परामर्श सेवा र भाषा शिक्षण सम्बन्धी निर्देशिका २०७३ बमोजिम अनुमति नलिएको कारण, भारतका शिक्षण संस्थामा विद्यार्थी पठाउन गरिने परामर्श कार्यलाई रोक्न आग्रह गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?