ट्रेंडिंग:

>> प्रेस चौतारी केपी ओली सर्वसम्मत एमाले अध्यक्ष हुनुपर्ने पक्षमा छ : गणेश पाण्डे >> कांग्रेस संस्थापन पक्षीय २५ केन्द्रीय सदस्यहरूले ६ बुँदे माग राख्दै बुझाए ज्ञापनपत्र >> लुम्बिनी प्रादेशिक अस्पताल : सेवा विस्तार र प्रविधिक सुधारमा उल्लेखनीय फड्को >> राधाकृष्ण युवा क्लबद्वारा बिरामीलाई खाद्यान्न तथा नगद सहयोग >> अविश्वासको प्रस्ताव दर्ता गर्न गएका सांसदमाथि मधेसका सभामुखले गरे हातपात >> कजारिया टायल्सको ‘लक्की ड्र’ विजेता घोषणा >> विश्व मधुमेह दिवस: मधुमेह बारे जानौँ  >> आज विश्व मधुमेह दिवस मनाइँदै >> फोहर मैला व्यवस्थापनमा स्थानीय सरकार >> सांस्कृतिक सम्पत्तिको संरक्षणमा चासो  >> गुल्मीमा कहिलेसम्म रहला जहाज उडान ? >> शिविरले फर्कायो ज्योति  >> एनपीएल हेर्न साधारणतर्फ ५ सयदेखि २ हजार र सबै खेल हेर्न १५ हजार रुपैयाँमा पास पाइने >> ४ वर्षदेखि नेपाल–भारत बैठक नहुँदा: नहर मर्मत भएन, पीडितले ३ करोड पाएनन् >> मधेशका ५ सांसदलाई सभामुखले गरे पदमुक्त >> मधेस प्रदेश सभामा सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता >> रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश >> महालेखाको प्रतिवेदनले खोलेको रहस्य : बढैयातालमा लेखापालकै खेलमा करोडौँ बेरुजु >> दश बाम घटक एकता : केन्द्रमा उत्साह, प्रदेशमा अन्योल >> दाङमा जेनजी आन्दोलनमा तोडफोड र आगजनी गर्ने १० जना पक्राउ  >> जनप्रदर्शनका लागि एमाले रुपन्देहीको तयारी तीव्र,जेनजी युवाहरु ठूलो संख्यामा उपस्थित हुने >> विदेशमा बस्नुहुन्छ र राष्ट्रिय परिचयपत्र छ ? अनलाइनबाटै मतदाता दर्ता सम्भव >> कोशीका पूर्वमन्त्री आङ्बोको गाडीले ठक्कर दिँदा एकको मृत्यु >> कांग्रेस बैठकमा विवाद: मन्सुरलाई दोहोर्याएर बोल्न अनुमति दिएपछि होहल्ला >> सेयर बजारमा ६ कम्पनीको मूल्य १० प्रतिशतले वृद्धि >> राष्ट्रिय परिचयपत्र भएका नागरिकले मतदाता नामावलीका लागि अनलाइनबाटै आवेदन दिन सक्ने >> मधेस प्रदेशका २ सांसदमाथि पार्टी कारबाही सुरु >> मतदाता सहभागिता सुनिश्चित गर्न दर्ता अवधि थप्नुपर्छ : प्रदीप पौडेल >> कर्णाली प्रदेशसभा पुनर्निर्माण गरिँदै >> राजनीतिक अस्थिरताले नेपालमा आर्थिक वृद्धिदर २.१ प्रतिशतमा झर्ने अनुमान : विश्व बैंक >> आईजीपी कार्कीले उठाए सुरक्षा सुधार र राशन वृद्धिका विषय >> गृहमन्त्री अर्यालको स्पष्टोक्ति : दल खोल्दिनँ, चुनाव पनि लड्दिनँ >> चुनावअघि महाधिवेशन गर्नुपर्ने भए विशेष अधिवेशनमा जाऔँ – सहमहामन्त्री राठौर >> पोखरा–मुग्लिन सडकको पश्चिम खण्डमा १८ किलोमिटर कालोपत्रे सम्पन्न >> जेनजी आन्दोलनमा क्षतिग्रस्त ४६५ मध्ये ४४८ प्रहरी बिट पुनः सञ्चालनमा >> नियुक्त भए पनि मधेसका मन्त्री ‘अलपत्र’ ! >> अवकाशलगत्तै कुवेर खापुङमाथि विदेश भ्रमण र उपत्यका छाड्न रोक >> निर्वाचन आयोगले आचारसंहिताबारे दलहरुसँग छलफल गर्दै >> सातौं लुम्बिनीको महोत्सव–२०८२ को तयारी तीव्र >> दूरसञ्चार कम्पनीका १८ जना विरुद्धको मुद्दा सुनुवाइका लागि तोकियो पेसी >> रवि र छविको मुद्दा न्यायाधीश आचार्य र अर्यालको संयुक्त इजलासमा >> सिमामा तस्करले आक्रमण गरेपछि सशस्त्र प्रहरीद्वारा हवाई फायर  >> जेनजीका माग पूरा नभए निर्वाचन हुँदैन : सुदन गुरुङ >> ५ महिनामै बागमती प्रदेशका प्रमुख सचिव भूपाल बरालको सरुवा >> नवनियुक्त आईजीपी दानबहादुर कार्कीलाई दर्ज्यानी चिह्न प्रदान >> कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आज महिला भेला गर्दै, शुक्रबार युवा भेला >> सुनको भाउले नाघ्यो साढे २ लाख, कतिमा हुँदै छ कारोबार ? >> कांग्रेस नेता खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरले चलायो डोजर >> यथास्थितिमा हुने चुनाव शाही कालमा भएको स्थानीय सरकार जस्तै हो : ज्ञवाली >> एकै दिन थपिए ३० हजार बढी नयाँ मतदाता

रानीमहलमा लुम्बिनी र गण्डकीको समन्वयात्मक बैंठक

३० माघ २०८१, बुधबार
३० माघ २०८१, बुधबार

पाल्पा, ३० माघ

लुम्बिनी र गण्डकी प्रदेशका मुख्यमन्त्रीसहित विशिष्ट व्यक्तित्वहरुको जमघट बधबार पाल्पाको ऐतिहासिक धार्मिक तथा पर्यटकीयस्थल रानीमहलमा भएको छ । अन्तरप्रदेश समन्वय बैठकका लागि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेय लगायत प्रदेशका मन्त्री, मुख्य सचिव, सचिवहरुको सहभागीता रहेको थियो हो ।

बैंठकमा दुुई प्रदेशका मुख्यमन्त्रीेबीच २१ बुँदे साझा प्रतिबद्धतामा सहमति भएको छ । लुम्बिनी प्रदेश सरकारको आयोजनामा भएको बैंठकमा दुुई प्रदेशका मुुुख्यमन्त्रीले साझा प्रतिवद्धतामा हस्ताक्षर गर्दै कार्यान्वयन गर्ने बताएका छन् । सहमतिपछि साझा गरिएका कुराहरूमा एकसाथ अघि बढ्ने गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले बताए । उनले प्रदेशका आफ्ना र साझा दुवै कुरा भएकाले साझा सवाललाई मिलेर र आफ्नो प्रदेशका विषयवस्तुलाई आफ्नो तरिकाले अघि बढाउने बताए । साझा सवाललाई दुवै सरकारले बजेटमा समेटेर काम गर्ने योजना रहेको लुम्बिनीका मुख्यमन्त्री आचार्यले सुनाए । उनले साझा गरिएका बुँदा कार्यान्वयन गर्नकै लागि भएका बताए ।

सहमतिमा नेपालगञ्ज–जोमसोम र भैरहवा जोमसोम हवाई सेवा विस्तार गर्न पहल गर्ने, लुम्बिनी लोमान्थाङ (लुम्बिनी–मुक्तिनाथ) सिल्क सडक, लुम्बिनी–त्रिवेणी– दुम्कीबास सडक, गैडाकोट–कालिगण्डकी कोरिडोर, दुम्किवास (नवलपुर) ज्यामिरे (निस्दी गाउँपालिका, पाल्पा) कालिगण्डकी कोरिडोर र भिमगिठे–बुर्तिवाङ–गौमुखी–झिमुक सडक स्तरोन्नती तथा विस्तार गर्न प्राथमिकताका साथ कार्यान्वयन प्रक्रिया अगाडि बढाउने, सिद्धार्थ राजमार्गको पोखरा–बुटवल सडक खण्डलाई डेडिकेटेड दुई लेनमा विस्तार गर्न संघीय सरकारलाई संयुक्त रुपमा अनुरोध गर्ने कुरा समेटिएको छ । यस्तै दुवै प्रदेश जोड्ने रामपुर–चापाकोट एकीकृत शहरी विकास आयोजना कार्यान्वयनका लागि संघीय सरकारलाई सिफारिस गर्ने, पाल्पाको रानीमहलको प्रवद्र्धन र संरक्षण तथा रानीमहल क्षेत्रमा जलाशय सहितको पर्यटकीय पूर्वाधार विकास गर्न संयुक्त कार्य गर्ने, कालीगण्डकी जलविद्युत आयोजनाको बाँध क्षेत्रदेखि रानीमहल हुँदै बग्ने तल्लो तटीय क्षेत्रमा पानीको बहाव एवं परिमाणलाई बढाउन सम्बन्धित आयोजनामार्फत संघीय सरकारको सम्वद्ध मन्त्रालयमा सिफारिस गर्ने बताइएको छ ।

यस्तै आर्थिक वृद्धिका सम्भावनाका क्षेत्र भरतपुर–बुटवल–पोखरालाई समेटी संघीय सरकारबाट प्रस्तावित गण्डकी आर्थिक विभुज परियोजना कार्यान्वयनका लागि संघीय सरकारलाई अनुरोध गर्ने साथै प्रादेशिक औद्योगिक क्षेत्र स्थापना गर्ने र स्थानीय उत्पादन तथा रोजगारी सिर्जना हुने गरी आगामी आर्थिक वर्षमा बजेट तथा कार्यक्रम प्रस्ताव गर्ने, कृषि पकेट क्षेत्रमा उत्पादित कृषि तथा पशुपन्छीजन्य उत्पादनको बजारीकरण, गुणस्तर सुनिश्चितता एवम् वितरण प्रणालीलाई व्यवस्थित गर्न लुम्बिनी प्रदेशमा उत्पादित वस्तुको लागि पोखरामा र गण्डकी प्रदेशमा उत्पादित बस्तुको लागि लुम्बिनीको उपयुक्त स्थानमा चिस्यान केन्द्र सहितको विक्री कक्ष र खाद्य तथा गुणस्तर परीक्षण प्रयोगशालाको स्थापना गर्ने सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?