ट्रेंडिंग:

>> गगन थापासँग सम्झाैता गर्न देउवापक्षीय नेताहरू लचक, विद्राेह नगर्ने र नयाँ पार्टी नखोल्ने पूर्णबहादुरको घोषणा >> यस्तो छ ६३ दलका ३ हजार २१३ जनाको समानुपातिक बन्दसूची (सूचीसहित) >> बुटवलमा ईरिक्सा थपसम्बन्धी निर्णयको विरोधमा आन्दोलन गर्ने >> यी हुन् एमालेले टिकट दिएका रुपन्देहीका उम्मेदवारहरु >> जनकपुरबाट भ्रमणमा आएको बस धरानमा दुर्घटना हुँदा ५ जनाको मृत्यु >> एमालेले सच्यायो निर्णय: विष्णु पौडेल रुपन्देहीबाटै चुनाब लड्ने >> पामिर एकेडेमीमा खेल महोत्सव सुरु >> एनसेलको सहयोगमा ‘क्रिएटर्‌स मेला’ तीन सहरमा आयोजना हुँदै >> उच्च अदालतले फेरि भन्यो– एन्फाको निर्वाचन प्रक्रिया तत्काल रोक्नू >> कांग्रेस विवाद सर्वोच्च अदालतमा >> भोलिदेखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको निर्णय >> बालेन शाहले गरे रास्वपा वरिष्ठ नेताको पदभार ग्रहण >> मैले होइन, बर्दियाले मलाई छोड्यो: पूर्व सांसद गौतम >> काठमाडौँका मेयर बालेन शाहले दिए पदबाट राजीनामा >> प्रधानमन्त्रीले मन्त्री र निर्वाचन आयोग पदाधिकारीसँग छलफल गर्ने >> स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. काफ्लेले दिए राजीनामा >> नेकपा छाडेर पूर्वमन्त्री रामेश्वर राय जसपा प्रवेश >> साफ पुरुष फुटसल: नेपाल र भारतबिच ३–३ गोलको बराबरी >> के मोबाइल, कम्प्युटर र टिभीको बढी प्रयोगले बालबालिकामा कम्मर दुख्ने समस्या बढ्छ ? >> निर्वाचन कार्यतालिका रोक्न माग गर्दै देउवा समूह आयोगमा >> बालेन शाहको राजीनामा किन भयो होल्ड ? >> कतारमा अमर र प्रीतिको धमाकेदार प्रस्तुतिसँगै भव्य रूपमा मनाइयो “माघ्या सकराटी” (फोटो फिचर)  >> सुनको भाउ सामान्य बढ्यो, चाँदी घट्यो >> रुपन्देही २ बाट नेकपाको उम्मेदवार विश्वदीप >> विष्णु पौडेललाई खुला पत्र: विरासतको सुरक्षा कि अवसरवादीको घेराबन्दी ? >> निर्वाचनमा मतदाताको दायित्व >> जोखिमबाट बच्न पूर्व तयारीमा ढिलाइ  >> डरभित्र सङ्घर्ष गर्दै कालीमाटी >> सांस्कृतिक घर र पोखरीले स्थानीय आत्मनिर्भर >> हिंसा र डकैतीको जालो तोड्दै प्रहरी >> यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित) >> रुपन्देहीमा एमालेबाट वासुदेव घिमिरे र खिमलाल भट्टराईले पाए टिकट, अरु टुंगो लाग्न बाँकी >> यी हुन् एमालेका लुम्बिनी प्रदेशमा निर्वाचन लड्ने उम्मेदवारहरु (सूचीसहित) >> एमाले उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट उमेदवार बन्ने >> कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको निर्णय: निष्क्रिय रहेका र छाडेकालाई पुन: पार्टीमा जोडिन आह्वान >> माघी पर्व एवं माघे सकरातीको ऐतिहासिक महत्व र नेपाली समाजको भविष्य >> गगनको पक्षमा खुल्न थाले देउवा पक्षका नेता, कँडेलले भने-पार्टीलाई एकढिक्का बनाएर अघि बढौं >> कांग्रेसको आधिकारिकताका लागि सर्वोच्च अदालत जाने देउवा समूहको निर्णय >> एमाले केन्द्रीय निर्वाचन कमिटि सदस्य खुमाकान्तले छाडे पार्टी >> कांग्रेसका पूर्व सांसद कनोडिया एमाले प्रवेश >> आगामी आर्थिक वर्षको बजेट निर्माण सुरुः स्रोत अनुमान समितिले थाल्यो काम >> उम्मेदवारी दर्ता देखि मतगणनासम्मको काम मुख्य निर्वाचन अधिकृतको कार्यालयले गर्ने >>  रामपुर, भुजात–गुरुङ गाउँको अपार माया बोकेर फर्किदा…… >> नलेखिएको एउटा बुद्धकालीन क्रान्तिको कथा >> छोराको सम्झनामा बनेको उद्यम >> २ प्रदेशका हिमाली क्षेत्रमा आज हल्का वर्षा र हिमपात, तराईमा हुस्सु >> गगनको घोषणाः कांग्रेसमा कुनै गुट छैन, गुटगत भागबण्डा हुनेछैन, एकताबद्ध बनाएर अघि बढौं >> यी तीन आधार टेकेर गगन पक्षलाई दियो निर्वाचन आयोगले आधिकारिकता >> राजनीतिक र कानुनी दुवै लडाइँ लड्छौं: देउवा पक्ष >> टुंगियो कांग्रेस आधिकारिकता विवाद, गगन थापा पक्षलाई आयोगको मान्यता
ज्येष्ठ नागरिक मिलन केन्द्रको अत्याधुनिक भवन शिलान्यास

सामाजिक सुरक्षा भत्ता वृद्धिको जस केपी ओलीलाई जान्छः अर्थमन्त्री पौडेल

२१ माघ २०८१, सोमबार
२१ माघ २०८१, सोमबार

बुटवल, २१ माघ ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिकप्रति सरकार सचेत र संवेदनशील रहेको बताएका छन् । ज्येष्ठ नागरिकहरुको सम्मान, उहाँहरुको सुरक्षा र चाहनाप्रति राज्य विमुख हुन हुन नमिल्ने भन्दै उनले वर्तमान सरकार यी तीनैवटा कुराका निम्ति सचेत र संवेदनशील रहेको बताए ।

रुपन्देहीको तिलोत्तमामा बन्न लागेको ज्येष्ठ नागरिक मिलन केन्द्र दिवा सेवाको अत्याधुनिक भवनको शिलान्यास गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । २०५२ सालमै तत्कालीन मनमोहन अधिकारी नेतृत्वको सरकारले ज्येष्ठ नागकिहरुको सम्मानस्वरुप सामाजिक सुरक्षा भत्ताको सुरुवात गरेको स्मरण गरे ।

तत्कालीन अवस्थामा एक सय रुपियाँबाट सुरु भएको सामाजिक सुरक्षा भत्ता आफू अर्थमन्त्री हुँदा चारहजार रुपियाँ पु¥याउने अवसर पाएको भन्दै उनले यसको श्रेय भने प्रधानमन्त्री केपी शर्मा ओलीलाई जाने बताए ।

“बजेट निर्माणका बेलामा प्रधानमन्त्री ओलीले मलाई बढाएर ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता बढाउनु भनेर निर्देशन दिनुभयो, त्यसैले उनको निर्देशन बमोजिम नै सामाजिक सुरक्षा भत्ता वृद्धि भएको हो”–अर्थमन्त्री पौडेलले भने, “यसका लागि पनि ज्येष्ठ नागरिकले प्रधानमन्त्री ओलीलाई सम्झिनु पर्छ ।”

ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ता प्रदान गर्नुको ठूलो अर्थ र महत्व रहेको भन्दै उहाँले यसले राज्य ज्येष्ठ नागरिकप्रति जिम्मेवार बन्नुपर्छ भन्ने कुरालाई आत्मसात गरेको पनि बताउनुभयो ।
“सरकारले ज्येष्ठ नागरिकप्रति गरेको काम प्रयाप्त छैन, अझै धेरै गर्नुपर्नेछ, यसका लागि सरकार जिम्मेवारीका साथ अगाडि बढेको छ”–पौडेलले भने ।

रुपन्देहीमा ज्येष्ठ नागरिक मिलन केन्द्रले ज्येष्ठ नागरिकहरुका इच्छा र आकांक्षालाई पूरा गर्दै अघि बढिरहेको भन्दै उहाँले अव बन्न लागेको अत्याधुनिक भवनका लागि सरकारको तर्फबाट यथोचित संबोधन हुने पनि आश्वासन दिलाउनु भयो । “हामी राजनीति र समाजसेवामा लागेकाहरुका निम्ति यो महत्वपूर्ण शिक्षा हो, ज्येष्ठ नागरिक मिलन केन्द्र नमूना बनोस्”–अर्थमन्त्री पौडेलले बताए ।

कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरेले राज्यले गर्नुपर्ने काम समुदायस्तरबाट भएको भन्दै प्रशंसा व्यक्त गरे । तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले ज्येष्ठ नागरिक मिलन केन्द्रका लागि नगरपालिकाले पनि सहयोग र सहकार्य गर्ने बताए ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ४ मा रहेको ज्येष्ठ नागरिक मिलन केन्द्रमा दिवा सेवा प्रदान गर्ने गरी पाँचयस जना ज्येष्ठ नागरिकलाई सेवा दिने लक्ष्यसहित अत्याधुनिक भवन बन्न लागेको हो । यो भवन पाँच तलाको हुने केन्द्रका अध्यक्ष क्रृषि भण्डारीले जानकारी दिए ।

कार्यक्रममा केन्द्रका उपाध्यक्ष यदुनाथ पाण्डे, सचिव दया भण्डारी लगायतले ज्येष्ठ नागरिक मिलन केन्द्रले गरिरहेको सेवाका सम्बन्धमा प्रकाश पारेका थिए । त्यस अवसरमा ज्येष्ठ नागरिकद्वय रोमनाथ कंडेल र नर्मदा अर्यालले यहाँको वातावरणमा आफूहरु रागमुक्त भएको र खुसीसाथ जीवन बिताउन पाएको अनुभव सुनाएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?