ट्रेंडिंग:

>> गगन थापासँग सम्झाैता गर्न देउवापक्षीय नेताहरू लचक, विद्राेह नगर्ने र नयाँ पार्टी नखोल्ने पूर्णबहादुरको घोषणा >> यस्तो छ ६३ दलका ३ हजार २१३ जनाको समानुपातिक बन्दसूची (सूचीसहित) >> बुटवलमा ईरिक्सा थपसम्बन्धी निर्णयको विरोधमा आन्दोलन गर्ने >> यी हुन् एमालेले टिकट दिएका रुपन्देहीका उम्मेदवारहरु >> जनकपुरबाट भ्रमणमा आएको बस धरानमा दुर्घटना हुँदा ५ जनाको मृत्यु >> एमालेले सच्यायो निर्णय: विष्णु पौडेल रुपन्देहीबाटै चुनाब लड्ने >> पामिर एकेडेमीमा खेल महोत्सव सुरु >> एनसेलको सहयोगमा ‘क्रिएटर्‌स मेला’ तीन सहरमा आयोजना हुँदै >> उच्च अदालतले फेरि भन्यो– एन्फाको निर्वाचन प्रक्रिया तत्काल रोक्नू >> कांग्रेस विवाद सर्वोच्च अदालतमा >> भोलिदेखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको निर्णय >> बालेन शाहले गरे रास्वपा वरिष्ठ नेताको पदभार ग्रहण >> मैले होइन, बर्दियाले मलाई छोड्यो: पूर्व सांसद गौतम >> काठमाडौँका मेयर बालेन शाहले दिए पदबाट राजीनामा >> प्रधानमन्त्रीले मन्त्री र निर्वाचन आयोग पदाधिकारीसँग छलफल गर्ने >> स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. काफ्लेले दिए राजीनामा >> नेकपा छाडेर पूर्वमन्त्री रामेश्वर राय जसपा प्रवेश >> साफ पुरुष फुटसल: नेपाल र भारतबिच ३–३ गोलको बराबरी >> के मोबाइल, कम्प्युटर र टिभीको बढी प्रयोगले बालबालिकामा कम्मर दुख्ने समस्या बढ्छ ? >> निर्वाचन कार्यतालिका रोक्न माग गर्दै देउवा समूह आयोगमा >> बालेन शाहको राजीनामा किन भयो होल्ड ? >> कतारमा अमर र प्रीतिको धमाकेदार प्रस्तुतिसँगै भव्य रूपमा मनाइयो “माघ्या सकराटी” (फोटो फिचर)  >> सुनको भाउ सामान्य बढ्यो, चाँदी घट्यो >> रुपन्देही २ बाट नेकपाको उम्मेदवार विश्वदीप >> विष्णु पौडेललाई खुला पत्र: विरासतको सुरक्षा कि अवसरवादीको घेराबन्दी ? >> निर्वाचनमा मतदाताको दायित्व >> जोखिमबाट बच्न पूर्व तयारीमा ढिलाइ  >> डरभित्र सङ्घर्ष गर्दै कालीमाटी >> सांस्कृतिक घर र पोखरीले स्थानीय आत्मनिर्भर >> हिंसा र डकैतीको जालो तोड्दै प्रहरी >> यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित) >> रुपन्देहीमा एमालेबाट वासुदेव घिमिरे र खिमलाल भट्टराईले पाए टिकट, अरु टुंगो लाग्न बाँकी >> यी हुन् एमालेका लुम्बिनी प्रदेशमा निर्वाचन लड्ने उम्मेदवारहरु (सूचीसहित) >> एमाले उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट उमेदवार बन्ने >> कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको निर्णय: निष्क्रिय रहेका र छाडेकालाई पुन: पार्टीमा जोडिन आह्वान >> माघी पर्व एवं माघे सकरातीको ऐतिहासिक महत्व र नेपाली समाजको भविष्य >> गगनको पक्षमा खुल्न थाले देउवा पक्षका नेता, कँडेलले भने-पार्टीलाई एकढिक्का बनाएर अघि बढौं >> कांग्रेसको आधिकारिकताका लागि सर्वोच्च अदालत जाने देउवा समूहको निर्णय >> एमाले केन्द्रीय निर्वाचन कमिटि सदस्य खुमाकान्तले छाडे पार्टी >> कांग्रेसका पूर्व सांसद कनोडिया एमाले प्रवेश >> आगामी आर्थिक वर्षको बजेट निर्माण सुरुः स्रोत अनुमान समितिले थाल्यो काम >> उम्मेदवारी दर्ता देखि मतगणनासम्मको काम मुख्य निर्वाचन अधिकृतको कार्यालयले गर्ने >>  रामपुर, भुजात–गुरुङ गाउँको अपार माया बोकेर फर्किदा…… >> नलेखिएको एउटा बुद्धकालीन क्रान्तिको कथा >> छोराको सम्झनामा बनेको उद्यम >> २ प्रदेशका हिमाली क्षेत्रमा आज हल्का वर्षा र हिमपात, तराईमा हुस्सु >> गगनको घोषणाः कांग्रेसमा कुनै गुट छैन, गुटगत भागबण्डा हुनेछैन, एकताबद्ध बनाएर अघि बढौं >> यी तीन आधार टेकेर गगन पक्षलाई दियो निर्वाचन आयोगले आधिकारिकता >> राजनीतिक र कानुनी दुवै लडाइँ लड्छौं: देउवा पक्ष >> टुंगियो कांग्रेस आधिकारिकता विवाद, गगन थापा पक्षलाई आयोगको मान्यता

  घमण्डको अति दम्भले हुन्छ विनास      

११ माघ २०८१, शुक्रबार
११ माघ २०८१, शुक्रबार

महाभारतको कथामा नाताका सम्वन्धमा एउटा रोचक कथा छ । कथासार यस प्रकार छ । कुन्तीले आफू माइतमा रहँदा दुर्वासा ऋषिको सेवा गर्ने गर्थिन । ऋषि उनीबाट प्रसन्न भएर एउटा मन्त्र दिए जुन मन्त्र जप गरेर जसको सम्झना ग¥यो उही प्रकट हुने र उसैबाट सन्तान उत्पन्न हुने । यसैक्रममा उनी नदीमा नुहाउन गएकी थिइन । त्यही समयमा ऋषिले दिएको मन्त्र याद आयो अनि एकपटक परीक्षण गर्न मन लाग्यो । उनी नुहाइ सकेर मन्त्र जप गरिन अनि सूर्यको आराधना गरिन । सूर्य उनको सामुमा प्रकट भए अनि उनले सूर्यसंग क्षमा माग्दा पनि आराधना गरे पछि खाली नफर्कने भनेर सूर्यले वचन दिए । कुन्तीले जप गरेर आराधना गरेको मन्त्र सार्थक भयो । सूर्यको माध्यमबाट कुन्तीको कोखमा कर्णको जन्म भयो । कुन्तीले आफू कुमारी रहेकाले पुत्रलाभको इन्कार गरिन तर आह्वान गरिसके पछि वचन पूरा हुने शर्त थियो त्यही भयो । सूर्यले तिम्रो कौमार्य यसरी सुरक्षित हुन्छ भनेर सिकाए । कर्णको जन्म हुँदा साथ कुन्तीले त्यो बालकलाई विशेष सजावट सहित नदीमा बगाइन । उक्त बच्चा बग्दै जाँदा एकजना सारथीले फेला पारे उनीहरूका सन्तान थिएनन् । उनले त्यो बच्चालाई लगेर स्याहार गरे । जसलाई महाभारतमा दानवीर कर्णका नामले चिनिन्छ । कर्ण एक कुशल योद्धाको रूपमा पनि परिचित पात्र हुन् ।

जब महाभारतको युद्ध हुने भयो । कौरव तर्फको पहिलो सेनापति भिष्म पितामहलाई बनाइयो । युद्धकाक्रममा भिष्म शरशैयामा पुगेपछि दोस्रो सेनापति गुरु द्रोणाचार्यलाई बनाइयो । द्रोणाचार्यको पनि बध भयो अनि सेनापति बन्ने पालो आयो कर्णको । कर्ण सेनापति हुँदासम्म आफ्नै माता कुन हुन् भन्नेसम्म थाहा थिएन । पाँच भाई पाण्डवहरू कर्णका भाईहरू थिए । उनीहरूसंग युद्ध गर्नका लागि कर्णलाई सेनापति बनाइयो । कस्तो विडम्वना आफू कौरवको सेनापति बन्दासम्म म भाइहरूसंग युद्ध गर्दैछु भन्ने समेत कर्णलाई ज्ञान थिएन । अन्तमा माता कुन्तीले आफ्नै भाइहरूसंग युद्ध नगर्नका निम्ति कर्णलाई आफै भेटेर भनिन तर कर्णले आफू दुर्योधनको नुनको सोझो गर्ने वचन दिएकाले पाण्डवको पक्षमा लाग्न नसक्ने कुरा गरे ।

नाताको कुरा गर्दा भिष्म पितामह पाण्डवका बाजे थिए । उनी कौरव र पाण्डवका बाजे थिए तर उनको मित्रता कौरवसंग थियो । त्यसैले उनी पाण्डवको विपक्षमा रहेर युद्ध गर्नका लागि सेनापति बन्न तयार भए । यस्तै गुरु द्रोर्णाचार्यले अर्जुनलाई आफ्नो प्रिय चेलाको रूपमा लिने गर्दथे । तर, अन्तमा युद्धमा होमिने निश्चय गरे । उनी प्रिय चेलो मार्नका निम्ति तयार भए । किनकी उनले आफ्नो मित्रता कौरव पक्षसंग भएको कुरा गरे । उनको नाता दुबै

पक्षसंग बरावरको थियो तर मित्रताले उनी कौरवको निकट हुन पुगे । किनकी उनले कौरव र पाण्डव दुबैलाई धनुर्विद्या सिकाएका थिए । तर नुनको सोझोको निम्ति उनको मित्रता दुर्योधन अर्थात कौरवसंग हुन गयो । कर्णलाई आफ्नै माता कुन्तीले कर्णको जन्मको वारेमा सबै कुरा सुनाउँदा पनि उसले मित्रताको पक्षमा लाग्ने जवाफ दिएको कुरा महाभारतमा वर्णन गरिएको छ ।

नाता भन्दा मित्रतालाई नजिक ठान्नुको परिणामको कुरा छोडौं । मित्रताको लगानी नाता भन्दा कैयौं गुना बलियो हुने कुरा यस कथाले बताएको छ । यो महाभारतकालको कुरा हो तर यसलाई वर्तमानमा हेर्नुभयो भने वर्तमानसंग पनि पूरापूर मेला खान्छ । कतिपय दाजुभाईका बीचमा यति वेमेल पाइन्छ उनीहरूले एकले अर्काको छायाँसम्म पनि देख्न चाहँदैनन् । अन्य भेटघाट सम्पर्कका कुरा परैछन् । छायाँसम्म पनि देख्न नचाहने भने पछि त्यो भन्दा ठूलो दुश्मनी अरू के हुन्छ ? नातालाई प्राथमिकता नदिनुको परिणाम पनि घातक हुन्छ भन्ने कुरा यहाँ उल्लेख गरेको कथाबाट थाहा हुन्छ । पहिलो पात्र भिष्मलाई हेरौं । भिष्म इच्छामरण भएका पात्र हुन् । उनले आफूले आफ्नो काल निम्त्याउन सक्ने भनेर उल्लेख गरिएको छ ।

कौरवहरूलाई अधर्मी भनिन्छ । भिष्म पितामह अधर्मीको पक्षमा लागेर युद्ध गरेकाले उनको कमजोरी पत्ता लगाएर सिखण्डीलाई ढाल बनाएर अर्जुनले युद्ध गरे । भिष्मले सिखण्डीलाई महिला ठान्ने गर्दथे । त्यसैले उनले हतियार उठाएनन । त्यही मौका छोपेर अर्जुनले भिष्मलाई सरशैयामा पु¥याए । केही दिनको प्रतीक्षा पछि भिष्मको देहावसान भयो । यस्तै गुरु द्रोणाचार्यमा पुत्र शोक परेर मात्र मर्ने बरदान रहेछ । उनको वध गर्नका लागि अस्वस्थामा नाम गरेको हात्तीलाई भिमले मारेर अस्वस्थामाको वध भयो भनेर हल्ला गरियो । त्यो सुनेर द्रोर्णाचार्य अचेत अवस्थामा पुगे । त्यही मौका छोपेर धृष्टद्युम्नले तरवारले उनको गर्धन छप्काए । यसरी उनको निधन हुन पुगेको रोचक कथा महाभारतमा पाइन्छ । यो पनि अधर्मीको पक्षमा लागेको कारणले उनले ज्यान गुमाउनु परेको थियो । नाता तोडनु र अधर्मको मार्ग अपनाउनु दुबै एकै कुरा रहेछ । कर्णको वध पनि यो भन्दा फरक हुन सकेन । कर्ण दानवीर थिए भनिन्छ । दानवीर हुँदाहुँदै उनले आफैलाई खतरा हुने कुरापनि विचार नगरी जन्मसिद्ध कवच र कुण्डल इन्द्रलाई दान दिए । एकातर्फ अधर्मीको साथमा लाग्नु अर्कोतर्फ आफ्नै भाइहरूलाई साथ नदिनु । झन अर्कोतर्फ आफ्नै सुरक्षाको लागि जन्मसिद्ध कवच र कुण्डल समेत दान दिनुले उनको मृत्यृलाई निम्त्यायो । कर्ण पाँच पाण्डवहरूमा ज्येष्ठ भ्राता थिए । कर्णलाई यो नाता प्रष्टरूपमा थाहा थियो तर कर्णको मित्रता दुर्योधनसंग गाढा भएकाले आफ्नै भाइसंग युद्ध गर्न तयार भएर अन्तमा एकै माताको गर्भबाट जन्मिएका भाई अर्जुनको हातबाट उनको अवसान हुन पुग्यो । कर्णले अर्जुनको अति द्रोह गर्दथे । कुन्तीले कर्णलाई अधर्मको पक्षमा नलाग्न आग्रह गर्दा कर्णले अर्जुनलाई मैले जसरी पनि मार्नुपर्छ भनेर जिद्दी गरेको कथा पाइन्छ ।

सहोदर भाई भनेर जान्दाजान्दै पनि किन कर्ण पाण्डवहरूसंग युद्ध गर्न उद्यत रहे ? पाण्डवहरू सत्य र धर्मको पक्षमा छन् भन्ने कुरा भिष्मलाई पनि ज्ञान थियो तर उनले त्यो धर्मको पक्षमा र दुबै नातिहरू बरावर हुन भन्ने कुरा प्रकट गर्न सकेनन् । युद्धकै क्रममा भिष्मले युद्धको अवधिमा दुर्योधन समक्ष निश्पाण्डव गर्ने कवुल गरेका थिए तर उनलाई त्यो अवसर जुरेन । सिखण्डी ढाल बनेर उभिएपछि अर्जुनले पनि नाता विर्सिए । कर्णमा आफ्ना गुरुबाट प्राप्त गरेका हतियारको ठूलो घमण्ड थियो । यही घमण्डले गर्दा कर्ण आफ्नै भाइहरूसंग युद्ध गर्न तयार भएको पाइन्छ । गुरु द्रोर्णाचार्यमा आफ्नो छोरो अजेय छ भन्ने घमण्ड थियो । पुत्र शोकबाट मात्र आफ्नो मरण हुने उनले ठानेका थिए । यही घमण्डले गर्दा दुबै योद्धाले ज्यान गुमाएका थिए । महाभारत कालमामात्र होइन यसरी घमण्डको दम्भ भएका आजको समाजमा पनि प्रशस्त पाइन्छन् । घमण्डको परिणाम के हुन्छ भन्ने दीर्घकालको सोंच हुँदै नभएका आफन्तजनबाट धोका पाउने सम्भावना रहन्छ । यो त अहिलेपनि उत्तिकै सत्य छ । नातासंगै मित्रता पनि राम्रो कुरा हो तर नातामा ताला झुण्ड्याएर मित्रताको पक्षमा लाग्दा जसरी महाभारतका कथाका पात्रहरूले जुन दुर्दशा भोगे आजका दम्भीहरूले पनि भोली त्यही दुर्दशा भोग्नुपर्ने निश्चित छ । यसकारण नातावाद होइन नाताको मर्यादा राख्ने कुरा भने अति सत्य हो । चेतना भया ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?