ट्रेंडिंग:

>> अद्यावधिकका लागि कुलमानको ‘उज्यालो नेपाल पार्टी’ आयोगमा, रिमा विश्वकर्मा पनि केन्द्रीय सदस्य >> न्यू होराइजनद्वारा लुम्बिनी प्रदेशस्तरीय हाजिरीजवाफ प्रतियोगिता कात्तिक २८ देखि सुरु हुने >> महाधिवेशन विवादले पार्टी विभाजनसम्मको अवस्था ल्याउनसक्छः शेखर कोइराला >> लिङ्देन र थापाबिच पार्टी एकता वार्ता >> सेयर बजार ३ दिनको ओरालोपछि सम्हालियो, ४ कम्पनीको मूल्य १० प्रतिशतले उकालो >> मधेशमा मन्त्री बनेकी बिच्छालाई राप्रपाले माग्यो २४ घण्टे स्पष्टीकरण >> सिमा नाकाबाट २१८ बोरा भारतीय युरिया मल बरामद >> मधेश प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले लिए शपथ >> प्रधानमन्त्री कार्कीले सोधिन्: त्रिविको अतिक्रमित जग्गा फिर्ता प्रक्रिया कहाँ पुगेको छ ? >> मन्त्रिपरिषद् बैठकका १७ निर्णय सार्वजनिक (पूर्ण सूचीसहित) >> घिसिङ, श्रेष्ठ र गुरुङको छलफल : दल दर्ताका लागि आयोग जाने तयारी >> सेवा प्रभावकारी बनाउनुपर्ने केन्द्रमा कर्मचारी र कार्यालय अभाव >> उच्चस्तरीय आर्थिक सुधार आयोगको प्रतिवेदन कार्यान्वयन हुँदैछ : अर्थमन्त्री >> स्थानीय तहका १२ प्रमुख प्रशासकीय अधिकृत सरुवा >> सुनको मूल्य एकैदिनमा ४ हजार ९ सयले उकालो >> मधेश सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दर्ता, बुधबार सुनुवाइ >> स्वर्गीय बच्छु राईको परिवारलाई एनसीसी कतारद्वारा आर्थिक सहयोग हस्तान्तरण >> भारतबाट ल्याएको अवैध चिनी बरामद  >> ब्रिनोजबाट ७ हजार बढीले लिए कान उपचारको सेवा >> बर्दिबासमा शपथ गराउन मैले नै दबाब दिएको हुँ : मुख्यमन्त्री यादव >> मधेस प्रदेशमा सरकार गठनविरुद्ध ७ दलका सांसदहरूको धर्ना >> मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त >> निर्वाचन नै निकासको मार्ग हुनसक्छ  >> ‘हायातपछि बुटवलमा रात्रिकालीन बजार’  >> बुद्धभूमिको बृजा तालमा स्टिमरको आकर्षण >> पृथ्वीचन्द्र अस्पतालमा करोड बढीको अनियमितता ! >> बुटवल कृषि उपजको लफडा लम्बिदैः वर्ष दिनदेखि प्रहरीको पहरामा बोलपत्र >> दिल्लीमा शक्तिशाली विस्फोट : मृतकको संख्या ९ पुग्यो, २४ जना घाइते >> एनपीएलका उद्घाटन र फाइनलसहित अधिकांश खेल फ्लडलाइटमा हुने >> नदी घाटहरूमा अवैध उत्खनन नियन्त्रण गर्न प्रहरीको नियमित गस्ती र निगरानी >> एनसेलका ११ भाग्यशाली ग्राहकलाई ११ जीबी डेटा निःशुल्क >> नेपाल प्रहरीको आईजीपीमा दानबहादुर कार्की नियुक्त >> फेसबुकमा त एमाले रित्तै भइसक्यो, घरघरका युवाको साथ छ : ओली >> कतारको सडकमै स्याङ्जाका गुरुङको दुखद निधन >> एनपीएल सिजन–२ मा एनसेलको निरन्तर सहकार्य : ‘युनाइटेड बाइ क्रिकेट, कनेक्टेड बाइ एनसेल’ >> सिटिजन्स बैंक र एकता बुक्सबीच विशेष छुटको समझदारी >> जन्मदिनमा केक होइन, शैक्षिक सामग्री बाँडिन् बालगायिका एक्टिमा >> रामकुमारी र किसानसहितका नेताहरू एमालेमा फर्किए >> बुद्ध एयरका मालिकसहितको नयाँ दलले पायो निर्वाचन आयोगबाट प्रमाणपत्र >> सोमबार सेयर बजारमा गिरावट, कारोबार रकम ४ अर्ब ५१ करोडमा सीमित >> बुधबार भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै >> टमाटरमा भविष्य खोज्दै किसान >> सामाजिक हितमा रोटरी ‘प्लेटफर्म ’ >> सुत्केरी महिलाको मृत्युपछि भरतपुर अस्पताल तनावग्रस्त >> कपिलवस्तुमा बेपत्ता २ वर्षीया बालिका मृत फेला >> पथलैया–निजगढ सडकमा जंगली हात्तीको आक्रमण, ट्रक चालकको मृत्यु >> निर्माण व्यवसायीलाई भुक्तानीको चिन्ता >> कुलमान घिसिङको पार्टीको नाम ‘उज्यालो नेपाल’ हुने सहमति, चुनाव चिन्ह बिजुलीको चिम >> मुख्यमन्त्री नियुक्ति विवादले उग्र रूप लिँदा कर्मचारीमाथि कुटपिट >> रास्वपाले समानुपातिक उम्मेदवारको लागि आवेदन शुल्क ५० हजार तोक्यो

एनसेल फाउन्डेसनः समाजको माझ सधैं सँगै

११ माघ २०८१, शुक्रबार
११ माघ २०८१, शुक्रबार

आधुनिक युगमा, व्यवसायहरूले दिगो भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्छन् । एनसेलका लागि व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) र दिगोपन केवल कानूनी बाध्यता मात्र होइन, यसको पहिचानको अभिन्न हिस्सा हो । नेपालको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा एनसेलले विगत दुई दशकदेखि दूरसञ्चार सेवा प्रदान गर्दै आएको छ, जसले १ करोड ४० लाख भन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ । सामान्य मोबाइल सेवादेखि आधुनिक फोरजी प्रविधिसम्म सेवा विस्तार गर्दै, एनसेलले नेपालको भण्डै ९५ प्रतिशत जनसंख्यामा आफ्नो भरपर्दो सेवा पु¥याएको छ ।
सन् २००५ मा एनसेलले तत्कालिन मेरो मोबाइल ब्रान्डको नाममा नेपाली बजार सेवा दिन थाल्दा मोबाइल सेवा विलासी सुबिधा मानिन्थ्यो । तर एनसेलले यसलाई सबैका लागि पहुँच योग्य र किफायती बनाउँदै दूरसञ्चार क्षेत्रमा क्रान्ति ल्यायो । यसले ग्राहक सेवा स्तरलाई विश्वस्तरीय बनाउनुका साथै करिब २५,००० नेपालीहरूलाई रोजगारी सिर्जना गरी मुलुकको आर्थिक तथा सामाजिक विकासमा योगदान पु¥याएको छ ।

हरेक वर्ष, एनसेलले नेपालका ठूला करदातामध्ये एक भएर सरकारलाई कर तथा विविध शुल्कहरू तिर्दै आएको छ । हालसम्म, एनसेलले कर तथा शुल्कमार्फत ३२० अर्ब रूपैयाँभन्दा बढी सरकारलाई तिरिसकेको छ, जसले नेपालका ठूला करदाताको आफ्नो भूमिका झल्काउँछ । आजको दिनमा, उच्च गतिको ब्रोडब्यान्डसहितका मोबाइल सेवाहरू आवश्यकताका रूपमा रूपान्तरण भइसकेका छन्, जसले आम मानिसदेखि व्यवसायहरू र समुदायहरूलाई सशक्त बनाउँदै आएको छ ।

सामाजिक उत्तरदायित्व र दिगोपनको प्रतिबद्धता
एनसेलको सामाजिक उत्तरदायित्व केवल कानुनको पालनामा मात्र सिमित छैन । यो समुदायलाई सशक्त बनाउन, नवीनता प्रवद्र्धन गर्न र सामाजिक आवश्यकताहरू पूरा गर्ने प्रतिबद्धताको अभिव्यक्ति हो । स्थापना कालदेखि हालसम्म एनसेलले विभिन्न सामाजिक परियोजनाहरूमा २ अर्ब रूपैयाँभन्दा बढी योगदान गरिसकेको छ, जसले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा १ करोड ३० लाख भन्दाबढि नेपालीहरूलाई फाइदा पु¥याएको छ ।

सन् २०२० मा लागू भएको औद्योगिक व्यावसाय ऐन र सन् २०२२ मा लागू भएको औद्योगिक व्यावसाय नियमावलीभन्दा धेरै अगाडि देखि नै एनसेलले सामाजिक पहललाई आफ्नो प्राथमिकता बनाई काम गर्दै आएको छ । सीएसआर कानुनी रूपमा बाध्यात्मक हुनु भन्दा पहिला नै ‘एडप्ट ए स्कूल’, ‘एनसेल छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कार’ र ‘एनसेल एप क्याम्प’ गरिएका थिए । त्यसैगरी ‘वी केयर’ पहलअन्तर्गत त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरलाई प्रदान गरिएको सहयोगजस्ता स्वास्थ्यसम्बन्धी परियोजनाहरूले गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच सुधार गर्न योगदान गरेको छ ।

एनसेलले वातावरणय संरक्षणप्रति बलियो प्रतिबद्धता पनि देखाएको छ । धनुषाधाम, जनकपुरमा गरिएको वृक्षरोपणजस्ता पहलहरूले पारिस्थितिक सन्तुलन सुधार गर्न कम्पनीले गरेको प्रयासलाई झल्काउँछ । त्यसैगरी, काठमाडौं रिङ रोडको हरियाली परियोजनाले कोटेश्वर–कलङ्की सडक खण्डको १०.२ किलोमिटरलाई हरियाली बनाएको छ जसले शहरी सौन्दर्यीकरण र वातावरणीय दिगोपनमा योगदान पु¥याएको छ ।

एनसेल फाउन्डेसनः प्रभावकारी सामाजिक पहलमार्फत सामुदायलाई जोड्दै
एनसेलको १९औं वार्षिकोत्सवको अवसरमा एनसेल फाउन्डेसनको स्थापना गरिएको हो, जसले समावेशी, सशक्त र दिगो नेपाल निर्माणमा योगदान गर्ने लक्ष्य राखेको छ । फाउन्डेसनले कम्पनीका सबै सामाजिक पहलहरूलाई एउटै छातामुनि समेट्दै समन्वय गरि प्रभावकारी परिणाम र सरोकारवालासँग बलियो साझेदारी गर्न सक्षम बनाउँछ । यसले स्वास्थ्य, शिक्षा, वातावरण, विपद् व्यवस्थापन तथा प्रतिकार्य, जीविकोपार्जन सहयोगका क्षेत्रमा काम गर्दै आएको छ । यसै वर्षबाट ‘नाइन्टिन फर नाइन्टिन’ अभियान अन्तर्गत ७ वटै प्रदेशमा १९ परियोजना कार्यान्वयन गर्दै, एनसेलले अबको पाँच वर्षमा २० करोड रूपैयाँ सामाजिक क्षेत्रमा खर्च गर्ने प्रतिबद्धता जनाएको छ ।

स्वास्थ्य क्षेत्रमा एनसेलले धुलिखेल अस्पतालसँगको सहकार्यमा टेलिमेडिसिन एन्ड हेल्थ इनफरमेटिक्स् प्रोजेक्ट सञ्चालन गर्दै विकट भेगका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । सिन्धुपाल्चोक, सोलुखुम्बु, नुवाकोट, र काभ्रेमा स्थापित अस्पतालका चार स्वास्थ्य केन्द्रहरूले १ लाखभन्दा बढी स्थानीयहरूलाई फाइदा पुर्याएको छ ।२०७२ सालको भूकम्पपश्चात्, एनसेलले १० करोड रूपैयाँ प्रधानमन्त्री राहत कोषमा योगदान गर्नुका साथै १.६ अर्ब रूपैयाँको दूरसञ्चार सेवा निःशुल्क प्रदान ग¥यो । यस्तै, गत वर्षको कर्णाली प्रदेशको भूकम्पमा प्रभावित जिल्लाका ग्राहकहलाई ४० लाखको सेवाहरू निःशुल्क प्रदान गर्नुका साथै पीडितहरूको उद्धार, उपचार र राहतका लागि सहयोग स्वरूप कर्णाली प्रदेश सरकारलाई ५० लाख रूपैयाँ सहयोग प्रदान गरेको थियो ।त्यसैगरी कोभिड–१९ महामारीको बेलामा, एनसेलले नेपाल सरकारलाई पीपीई र पीसीआर किट खरिद गर्न १० करोड रूपैयाँ सहयोग प्रदान गरेको थियो । साथै, प्रभावित समुदायहरूलाई आवश्यक स्वास्थ्य सामग्री तथा जनचेतना अभिवृद्धिमा योगदान पु¥यायो ।

यसपालीको वर्ष र बाढीको विनाशमा पनि एनसेल फाउन्डेसन विपद् व्यवस्थापन तथा प्रतिकार्यका कामहरूमा सक्रिय रूपमा संलग्न भयो । बाढी र पहिरोपछिको समयमा फाउन्डेसनले १,००० भन्दा बढी प्रभावित परिवारहरूलाई राहत सामग्री वितरण गर्यो । यी प्रयासहरूले आपतकालीन अवस्थाहरूमा समुदायहरूलाई सहयोग गरेर एनसेलले तत्परता र भरपर्दो कर्पोरेट नागरिकको रूपमा आफ्नो भूमिकालाई अझ सुदृढ बनाएको छ ।

विभिन्न सामाजिक परियोजनामार्फत देश र समुदायप्रति गरेको योगदानको सम्मान स्वरूप, एनसेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतिष्ठित सम्मान तथा पुरस्कारहरू पनि प्राप्त गरेको छ । यसमा डीआरआरएम एन्ड बीसीएम अवार्ड, ग्लोबल मोबाइल अवार्ड, वल्र्ड कम्युनिकेशन अवार्ड, एसोसीओ अवार्ड, र विस्टा ग्लोबल आईसीटी एक्सिलेन्स अवार्डजस्ता सम्मानहरू समावेश छन् । यी सम्मानहरूले समुदायसम्म पुगेर सकारात्मक सामाजिक प्रभाव सिर्जना गर्न एनसेलले लगभग दुई दशकदेखि देखाएको प्रतिबद्धतालाई प्रतिबिम्वित गर्दछ । एनसेलको ध्यान आम नेपालीलाई केवल दूरसञ्चार सेवामार्फत मात्र नभई अर्थपूर्ण र प्रभावकारी सामाजिक पहलहरूमार्फत पनि जोड्नमा केन्द्रित रहेको छ ।

अबको बाटो

आफ्ना सामाजिक पहलहरूलाई निरन्तरता दिँदै, एनसेल आफ्ना सीएसआर परियोजनाहरू विस्तार गर्न र ठोस नतिजा प्रदान गर्न प्रतिबद्ध छ । एनसेल फाउन्डेसनमार्फत, कम्पनीले महत्वपूर्ण सामाजिक मुद्दाहरू समाधान गर्न, साझेदारीहरू मजबुत बनाउन र नेपालको प्रगतिको लागि योगदान गर्ने लक्ष्य राखेको छ ।उदाहरणका लागि, मोडर्न डिजिटल ल्याब परियोजनाबाट ३०,००० भन्दा बढी विद्यार्थीहरू प्रत्यक्ष लाभान्वित भएका छन्, जसले धेरै विद्यार्थीहरूलाई पहिलो पटक कम्प्युटर प्रयोग गर्ने अवसर प्रदान गरेको छ । त्यसैगरी, जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा एनसेलले एसएमएसमार्फत समयमै बाढीको जोखिमको सूचना प्रदान गरी जनधन बचाउन सहयोग पु¥याएको छ । एनसेलको ‘आज भोलि सधैंसँगै’ भन्ने नाराले वर्तमान र भविष्यका लागि समाजमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्यलाई प्रष्टाउँछ । एनसेलले व्यवसायिक सफलता मात्र नभई सामाजिक उत्तरदायित्वलाई पनि उत्तिकै महत्व दिदै आएको छ । व्यवसायिक तथा सामाजिक साझेदारीद्वारा नेपाललाई समृद्ध बनाउन एनसेल फाउन्डेसनले भविष्यमा पनि निरन्तर योगदान पु¥याउन प्रतिबद्ध रहेको छ ।

हाल संचालनमा रहेको ‘नाइन्टिन फर नाइन्टिन’ पहलमार्फत १९ सामाजिक परियोजनाहरू कार्यन्वयन गरिने छन् । छानिने प्रत्येक परियोजनालाई १० लाख रूपैयाँ आर्थिक सहयोग प्रदान गरेर सामुदाय स्तरमा अर्थपूर्ण परिवर्तन ल्याउने काम गर्ने योजना रहेको छ ।बहुवर्षीय परिवर्तनकारी परियोजनादेखि साना साना पहलहरूसम्म, एनसेलले नेपालमा सीएसआरका लागि नयाँ मापदण्ड स्थापित गरेको छ । समुदायस्तरका चुनौतीहरूको समाधान गर्दै र नवप्रवर्तनलाई प्रोत्साहन गर्दै, एनसेल आशा र प्रगतिको प्रतीक बन्ने लक्ष्य सहित अघि बढिरहेको छ । अझ सशक्त, समावेशी, र दिगो समाज निर्माणका लागि हामी सबै एकताबद्ध भएर अगाडि बढ्नु आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?