ट्रेंडिंग:

>> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप

प्रधानमन्त्री ओलीमाथि चौतर्फी प्रहार

४ माघ २०८१, शुक्रबार
४ माघ २०८१, शुक्रबार

एमालेबाट एसमाजवादी पार्टीतिर लागेका एकजना नेताजीले केही समय पहिलेको कुनै टेलिभिजनको कार्यक्रममा ओली वामपन्थ छोडेर रामपन्थतिर लागेको आरोप लगाएका थिए । उनले ओलीमाथि लगाएका आरोपका शब्दहरूमा धेरै गुह्य कुरा लुकेको देखिन्छ । वाममार्ग छोडेर राममार्ग भन्नुको अर्थ आखिर वाममार्गमा लागेकाहरूका लागि राममार्ग त उल्टो पो रहेछ त । हाम्रा यहाँका धर्म, संस्कार, संस्कृति त उनीहरूलाई बाधक पो रहेछन् त । नेपालमा परापूर्व कालदेखि चलिआएको वैदिक धर्मका विरुद्ध जसरी माओवादीले द्वन्द्वकालमा उत्पात मच्चाउँदा अहिले सशस्त्र युद्ध गरिएका स्थानहरूमा चर्च र इसाइ धर्म मान्ने भनिएकाहरूको संख्या व्यापक छ । त्यस्तै द्वन्द्वकालका नायक भनिएका नेताहरूले हाम्रो धर्म, संस्कार, संस्कृति विरुद्ध बोलिरहेका कुराले पनि हाम्रा धर्म, संस्कार, संस्कृतिविरुद्ध काम गर्नकै लागि उनीहरूको मतैक्य भएको थियो । ओलीले माडीमा राममन्दिरको स्थापना के का लागि गरेका थिए भन्ने विषय त गर्भमै होला । तर पनि भारतमा राममन्दिर बन्दै गर्दा त्यसका विरुद्ध त्यहाँको कांग्रेस आदि विपक्षी पार्टीहरूले गरेको विरोध जस्तै ओलीले पनि यहाँ देखाएका हुन् भन्ने अनुमान पनि धेरैको रहेको छ । त्यसखालको विरोध अरू तरिकाले पनि गर्न सकिन्थ्यो तर एउटा कम्युनिष्ट स्कूलिङ्मा हुर्किएको मानिसले कसैलाई चिढ्याउन या देखाउन जे भएपनि रामका कुरा गर्नु, प्रशंसनीय विषय नै थियो । तर यस कामले ओली बा न त वाममार्गी कै प्रिय हुन सके न त राममार्गीकै । दुबैको खेदाइमा ओली भइरहे ।
२०७६ सालतिरको एउटा कुनै कार्यक्रममा ख्रिष्टियन संघका एकजना अगुवाले ओली भनेको क्रिश्चियनको सबैभन्दा शत्रुका रूपमा चिनाइएको चर्चको कुनै कार्यक्रमलाई सम्बोधन गरिरहेको भिडियोले चर्चा पाएको थियो । ती ओली खेदाई गरिरहेका इसाइ अगुवाका अनुसार ओलीलाई लगाइएको आक्षेपको प्रमुख कारण ओलीले उनीहरूको २०६४ सालदेखि दिइएको क्रिसमसको राष्ट्रिय विदालाई काटे भन्ने थियो । यहाँ हामीले पनि बुझ्न पर्ने विषय भनेको के छ भने उनले २०७४ को फाल्गुनमा आफु प्रधानमन्त्री भएपछि अर्को वर्षदेखि क्रिश्चियनहरूको पर्व क्रिसमसमा दिँदै आएको राष्ट्रिय विदालाई क्रिश्चियनहरूले मात्र पाउने भनेर निर्णय गरेका थिए । तर पछि शेरबहादुर देउवाको सत्तारोहणपछि यो विदालाई पुनः निरन्तररूपमा दिँइदै आइएको छ । त्यसैले यहाँ पनि हामीले के बुझ्न पर्यो भने हामी आफुलाई एकदम आस्तिक भनेर गर्व गरिरहनेहरू साथै क्रिश्चियन भनिनेहरू दुबैबाट ओली खेदाई भइरहेकै देखिएको छ । त्यस्तै नेपालमा होलीवाइन काण्ड भनेर धेरैले सम्झने गरेका छन् । यस होली वाइन काण्डले गर्दा हिन्दु धर्मावलम्बीहरूले त ओली खेदाई गरे गरे क्रिश्चियनहरूले पनि होली वाइनवाला भनेका नक्कली क्रिश्चियन हुन्, त्यसैले उनीहरूलाई देशले माया गर्न हुन्न भनेर गाली गरे नै । यहाँ पनि ओलीखेदाइ भयो नै ।
आङकाजी शेर्पाले कुनै कार्यक्रममा दलित जनजाति विरोधी नेताका रूपमा ओलीलाई चित्रण गर्दै माओवादी अध्यक्ष प्रचण्ड उनका लागि ठूलो नेता भएको चित्रण गरेका थिए । पूर्वमा कोशी प्रदेशको नाम खारेज गर्नका लागि ओली सबैभन्दा ठूलो बाधक भएको भनी चित्रण गरेका थिए । यस विषयमा कोशीको नाम परिवर्तन गरेर विभिन्न जातजातिका नामबाट प्रदेशको नामकरण हुनुपर्दछ भन्नेहरूले त ओलीखेदाई गरिरहे नै तर अचम्म चाहिँ के भयो भने कोशी प्रदेश भनी संसदमा भोट दिएकाहरू पनि पछि फेरि ओली खेदाइमैँ लागिरहे । त्यस्तै मधेशमा भइरहेको कुनै एक कार्यक्रममा ओलीलाई मधेशविरोधीका रूपमा चित्रण गरिकन भाषणवाजी गरिरहिएको थियो । स्वायत्त बनाउन नदिएका रूपमा उनलाई मधेसीहरूको ठूलो शत्रुका रूपमा चित्रण गरिएको थियो । त्यसैले उनले गरेको कामका लागि उनका विरोधीहरूले त ओलीखेदाई गरे नै तर मधेशलाई विभाजित रूपमा भन्दा पनि नेपालकै अभिन्न अङ्गका रूपमा मान्न चाहने रैथाने मधेसीहरूले पनि सपोर्ट चाहिँ गर्न सकेनन् ।
त्यस्तै ओलीखेदाई पशुपतिको जलहरिका विषयमा पनि भयो । विरोधीहरूले उनलाई भ्रष्टाचार गर्नका लागि नै ओलीले त्यहाँ सुनको जलहरी राख्न लगाएका थिए भन्ने आरोप लगाए । भित्रभित्रै यस विषयलाई उचालेर आफ्नो अभीष्ट पुरा गर्ने लक्ष्य भएकाहरूका कुरामा हँ मा हँ मिलाउने चित्र विचित्रहरूकै भेलै आयो । भगवान् पशुपतिनाथ सबैका साझा हुन् भन्ने कुरा धेरै भीमकाजीहरूले बिर्सिए । अनि धार्मिक अभियन्ताका रूपमा आफुलाई चिनाउनेहरूले पनि उनको खेदाई गरे । अतः यसबाट के बुझियो भने पशुपतिमा जलहरि राखिएकामा विरोध गर्ने नव इसाइहरू त थिए थिए तर अचम्मलाग्दो विषय चाहिँ के थियो भने आफुलाई हिन्दु राष्ट्रका अभियन्ता भन्नेहरूबाट पनि ओलीलाई यो विषयमा राम्रैसँग खेदाई गरिएको थियो । अर्थात् त्यतिखेर पनि उनी हिन्दु भनिएकाहरू एवम् हिन्दुविरोधी दुबैबाट खेदाइमा परेका थिए ।
पछिल्लो समय नेपालमा संविधान सभाको निर्वाचन भएपछि ओलीको नेतृत्वमा सरकारको गठन भएको थियो । पछि गठबन्धनमा कुरा नमिलेपछि उनको पार्टी फुटेर अल्पमतमा पर्दा समेत प्रधानमन्त्रीबाट राजिनामा नदिँदा अदालतले उनलाई हट्नुपर्ने निर्णय सुनाएको थियो । यसै सिलसिलामा पहिले संविधान नमान्ने भनेर आफूलाई चिनाएकाहरू नै उनलाई संविधान खायो भन्दै हिँड्ने भएका थिए । यस प्रसङ्गमा ओलीखेदाई गर्ने संविधान समर्थक एवम् संविधान विरोधी दुवै देखिएका थिए । त्यतिमा मात्र सिमित भएन । भरखर एमालेबाट कार्यवाही गरिएका भीमबाले पनि ओलीखेदाई कति गरे भन्ने कुरा त हामीहरूले सुन्यौँ नै । वर्तमानमा ओली खेदाई गर्ने स्वतन्त्र पार्टी अग्रपङ्क्तिमैँ देखिएको छ । रवि लामिछानेको विषयलाई लिएर उनीहरू उनीप्रति आक्रामक नै छन् । पार्टीहरूका कामबाट निरासामा रहेका जनतालाई स्वतन्त्र पार्टीले केही गर्ला भन्ने आशा थियो । तर उही पुराना पार्टीहरूको शैलीमा गरिएका आन्दोलनबाट जनताको आशा मर्न थालेको छ । त्यस्तै राप्रपा लगायतका पार्टीहरू पनि ओलीखेदाईमैँ देखिन्छन् । १८ महिनाको सुखसयलबाट भरखर सत्ताच्युत भएको माओवादीको कुरा त झनै गर्नै परेन । उनीहरूको छटपटीले ओलीखेदाईको बृहद् रूप धारण गरिरहेको छ । विदेश स्वदेश जताततै नै ओली उनीहरूको खेदाईमैँ छन् । अर्थात् यहाँ पनि के देखियो भने हिन्दु देश बनाउने अभियानको पार्टीदेखि हिन्दुलाई विदेशतिर पठाएर यहाँ अर्को देशका शरणार्थीहरू भर्ने योजनाको पार्टी पनि ओली खेदाईमैँ लागेको अवस्था रहेको छ । अन्त्यमा यसरी गरिएको ओली खेदाईबाट देश बन्ने हो कि अथवा गोली खेदाईबाट देश बन्ने हो या अरू कुनै खेदाइका शुत्रले देश बन्ने हो, त्यसको विचार खेदाइ विशेषज्ञहरूले नै गरून् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?