ट्रेंडिंग:

>> एमालेमा ७० वर्षे उमेर हद र २ कार्यकाल हटाउने प्रस्ताव पारित >> एक वर्षमा ट्राफिक उल्लंघनबाट १ करोड ४१ लाख राजस्व संकलन >> शितगंगाको डोहोटे क्षेत्रमा नेटवर्क समस्या, आपतकालीन सेवामा असर >> स्थानीय सरकारले फिर्ता पठाए एक अर्व >> तामनगरमा बन्ने भो ७ करोडको अन्तर्राष्ट्रिय ब्याडमिन्टन हल >> बुटवल टुडे मिडिया ग्रुपले बनायो वार्षिक कार्ययोजना >> रगत अभावको बेला संयुक्त रक्तदान, ४३ पिन्ट रगत संकलन >> राहदानी र नागरिकता लिनेको संख्या घट्यो, प्रतिलिपि लिने बढे >> बुटवल कोरा २०२५ सम्पन्न >> यस्तो छ ‘द एक्सपर्ट एज ग्लोबल एजुकेशन एक्स्पो’ को तयारी, बुटवलमा सरसफाई >> संचार उद्दमी हेमराज धितालका हत्यारालाई कारबाहीको माग गर्दै गृहमन्त्रीको ध्यानाकर्षण >> ट्रम्प भन्छन् : ‘मैले युद्ध रोकेको हुँ, पाँच जेट खसेका थिए’ >> कुलमान घिसिङ र ज्ञानेन्द्र शाहीलाई ‘ग्लोबल हिरो अवार्ड’ >> अब बेलायतमा १६ बर्षिया किशोर किशोरीले पनि मतदान गर्न पाउने >> सुठौलीमा उठ्यो लक्ष्य भन्दा बढी राजश्व  >> साउनमा ३० दिन रक्सी छाडनुहोस्, चमात्कार अनुभव गर्नुहोस् >> सडक निर्माण गति दैनिक २.५५ किलोमिटर, दाउन्ने बाहेक क्षेत्रको प्रगति राम्रो  >> एमाले पोलिटब्युरो बैठक दोस्रो दिन पनि जारी, विधान संशोधनको बहस तिव्र >> नागढुङ्गा–मुग्लिन सडकखण्डमा तीव्रगतिमा निर्माण र पहिरो रोकथामको काम चल्दै >> दूध र खसी बेचेको आम्दानी सात करोड >> रगतको अभाव बढ्दो  >> पर्या निबन्धको चर्चा >> दाङमा सवारी दुर्घटना हुँदा ४३ वर्षीय पुरुषको मृत्यु >> सामाजिक सञ्जाल टेलिग्राम एप सञ्चालनमा रोक >> एमाले पोलिटब्यूरो बैठक आज पनि: विधान मस्यौदामाथि छलफल हुने  >> २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपः आज नेपाल र भूटान भिड्दै >> किसानमा खुसी थप्दै प्रयोगशाला >> सौर्य एयरलाइन्सको जहाज दुर्घटना प्रतिवेदन: पाइलटको कमजोरीले दुर्घटना >> बन्दुक बिसाएर कोदालो क्रान्तिमा ‘विप्लव’ >> मनसुनी वायुको प्रभाव देशभर : यी प्रदेशमा वर्षाको सम्भावना >> कान्तिमा कक्षा ११ मा नवआगन्तुक विद्यार्थीहरुका लागि अभिमुखीकरण >> डिङ्गरनगर दूरगामी सहकारीः सञ्चालकहरुविरुद्ध पक्राउ पुर्जी >> प्रचण्डको चेतावनी: आवश्यक परे सडक संघर्षमा जान तयार >> राप्रपा उपाध्यक्ष मुकुन्दश्याम गिरी पदमुक्त >> २०४६ पछिका नेताको सम्पत्तिमा अनुसन्धान होस् : राप्रपाको माग >> एमाले पोलिटब्युरो बैठक सुरु >> आइतबारदेखि तीन दिनसम्म भारी वर्षाको सम्भावना >> इरानबाट ६ महिनामा १४ लाख अफगानी निकालिए >> मुलुकमा शान्ति सुरक्षाको अवस्था अहिले अनुकुल छ: गृहमन्त्री लेखक >> पर्यटन बोर्डले अन्तर्राष्ट्रिय प्रवर्द्धनमा बजेटको ७० प्रतिशत विनियोजन गर्ने >> रुकुम पश्चिममा जिप दुर्घटना, सात घाइते >> प्रधानमन्त्री ओली तुर्कमेनिस्तान जाने तयारीमा >> आलमलाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन >> नवलपरासीमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु >> दिल्लीका २० विद्यालयलाई बम विस्फोटको धम्की: प्रहरी र सुरक्षा टोली सक्रिय >> चैतसम्म ५० प्रतिशत खर्च नगरे सरकारी निकायको भुक्तानी अवरुद्ध हुने >> आज सुन र चाँदीको मूल्यमा नयाँ उचाइ, मूल्य वृद्धिमा निरन्तरता >> ग्रामीण विकास लघुवित्तको दशौं साधारण सभा सम्पन्न, मर्जर प्रक्रिया र मिडियामा आएका भ्रमप्रति संस्थाको खण्डन >> कमैया मुक्ति घोषणाको २५ वर्ष: पुनर्स्थापनाको काम अझै अधुरो >> त्रिकोणात्मक टी–२० शृङ्खला : जिम्बाब्वे र न्युजिल्यान्ड आज आमनेसामने

स्मृतिमा भूपी शेरचन

१३ पुष २०८१, शनिबार
१३ पुष २०८१, शनिबार

पुस १३ गते, बुधवार । समय मध्यान्ह । पारिलो घाम लागेको थियो । भूपी शेरचनको ८९ ओैं स्मृति दिवसको अवसरमा भूपी स्मृति प्रतिष्ठानले जिल्लास्तरीय कविता प्रतियोगिता आयोजना गरेको थियो । बुटवल आदर्शनगरस्थित थकाली सेवा समाजको आँगनमा । साथमै थियो भूपी स्मृति पुस्तकालय । कार्यक्रमको प्रमुख अतिथिका रूपमा आमन्त्रित थिएँ म– लुम्बिनी प्रदेश सरकार,मुख्यमन्त्रीको शिक्षा विज्ञको हैसियतमा । विशिष्ट अतिथिका रूपमा थिए– धवलागिरी साहित्य प्रतिष्ठान, बाग्लुङका अध्यक्ष काजी रोशन ।
१४ विद्यालयका २४ विद्यार्थीले प्रतियोगितामा भाग लिएका थिए । विशेषजङ्ग कार्की प्रथम भए । पवन अधिकारीले द्वितीय स्थान हासिल गरे । तृतीयदेखि सान्त्वना स्थानसम्म हासिल गर्ने छात्राहरू नै थिए । उनीहरूका कवितालाई निर्णय गर्ने साहित्यकारहरू ऋषिराम भुसाल र डा.शालिकराम पौड्याल थिए । प्रतियोगितामा विद्यार्थीले गद्य र पद्य कवितामार्फत भूपीलाई सम्झिएका थिए । उनका जीवनगाथा गाईएका थिए । भूपीलाई फेरि जन्मिन पनि अनुरोध गरिएका थिए । समानता चाहने कवि भूपीले व्यङ्ग्य कस्थे भनेर वर्णन समेत विद्यार्थीले आफ्ना कवितामा गरे । भूपीको स्मृति कविताले मनग्यै गरायो । आयोजक संस्था भूपी स्मृति प्रतिष्ठानले अक्षयकोष खडा गरेर आएको व्याजले प्रतियोगितामा विजयीहरूलाई पुरस्कार दिईने सुनाईरहँदा भूपीप्रतिको सम्मान थप चुलियो । प्रतिष्ठानलाई धन्यवाद दिन झन् मन जाग्यो । सुकर्मप्रति शुभकामना प्रकट गर्न मन लाग्यो । भूपीले परिवर्तन नाटक लेखे । सोहीमार्फत युवाहरूलाई देशमै रहन सन्देश दिए । नयाँ झ्याउँरे लेखे । क्रान्तिका गीत ओकले । समाजवाद हुँदै साम्यवादसम्म पुग्ने कल्पना गरे । हुकुमी शासनले जनता खुसी नहुने बताउँदै सर्वहारा उपनाम राखेर कवितामा क्रान्ति उराले । जनता नजागेसम्म देश समृद्ध नहुने सपना उने कवितामा । सामन्तीका विरुद्धमा कविताले जेहाद छेडे । निर्झर र घुम्ने मेचमाथि अन्धो मान्छे कविता संग्रह लेखेर साहित्य आकासलाई फराकिलो बनाएका थिए ।
उनै भूपीपछि नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा सदस्य भए । कम्युनिस्ट र कविताले आफू बिग्रिएको बताए । पछिल्लोसमय आफ्नो कविताले पञ्चायती व्यवस्था नै ढाल्ने बताएपनि उनको भविष्यवाणी १० महिनापछि अर्थात् २०४६ को चैत्रमा आएर पूरा भयो । थकाली समुदायका मित्रहरूको बाक्लो उपस्थिति भएपनि कविता प्रतियोगितामा वा कार्यक्रममा कविता सुनाउने एकजना पनि थकाली समुदायका कवि भेटिएनन् । करिव ११÷१२ हजार जनसंख्या रहेको थकाली समुदाय,उन्नत जातिभित्र पर्छ ।
भूपी स्मृति प्रतिष्ठानले आयोजना गरेको सो कार्यक्रममा सहभागीहरूले ध्यानपूर्वक कविता सुने । विजयीहरूलाई पुरस्कृत गरे । साहित्य, संगीत र खेलका माध्यमबाट भूपीलाई स्मरण गर्नुपर्नेमा जोड दिएँ । थकाली समुदाय होटल व्यवसाय, ढिकुरी व्यवस्थापन र जातीय उत्थानका क्षेत्रमा क्रियाशील रहेको बताएँ । खासमा थकालीहरू कहिल्यै नथाक्ने जाती हुन् । सोही कार्यक्रममा कवि भूपीसँग आफ्नो भेट,उनको साहित्यिक रचना सुन्ने अवसर मिलेको कुरा बताए काजी रोशनले । भूपीले कवितामा क्रान्ति नै ल्याएको सुनाए ।
क्या. शिवप्रसाद शेरचन लगायतले बढो मिहिनेत गरि प्रतिष्ठान सञ्चालन गरेको थाहा पाईयो । उनीहरूले अक्षयकोष खडा गरि प्रतिष्ठानलाई जोगाउन गरेको प्रयासलाई सलाम गर्न मन लाग्यो । भूपीले कविता, नाटक र गीतहरू लेखे । सो बारेमा नयाँ पुस्तासँग विमर्श आवश्यक रहेको बताएँ । भूपीलाई नयाँ पुस्तासँग परिचित गराउनु पर्ने कुरा उठाएँ पनि । कार्यक्रम समापन हुँदा साँझको पाँच बज्यो । प्रतिष्ठानले सबैलाई सम्मान प्रकट ग¥यो । हार्दिकतापूर्वक विदाई ग¥यो । हामी सबै खुसीले धन्यवाद दिँदै बिदा भयौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?