ट्रेंडिंग:

>> एमालेमा ७० वर्षे उमेर हद र २ कार्यकाल हटाउने प्रस्ताव पारित >> एक वर्षमा ट्राफिक उल्लंघनबाट १ करोड ४१ लाख राजस्व संकलन >> शितगंगाको डोहोटे क्षेत्रमा नेटवर्क समस्या, आपतकालीन सेवामा असर >> स्थानीय सरकारले फिर्ता पठाए एक अर्व >> तामनगरमा बन्ने भो ७ करोडको अन्तर्राष्ट्रिय ब्याडमिन्टन हल >> बुटवल टुडे मिडिया ग्रुपले बनायो वार्षिक कार्ययोजना >> रगत अभावको बेला संयुक्त रक्तदान, ४३ पिन्ट रगत संकलन >> राहदानी र नागरिकता लिनेको संख्या घट्यो, प्रतिलिपि लिने बढे >> बुटवल कोरा २०२५ सम्पन्न >> यस्तो छ ‘द एक्सपर्ट एज ग्लोबल एजुकेशन एक्स्पो’ को तयारी, बुटवलमा सरसफाई >> संचार उद्दमी हेमराज धितालका हत्यारालाई कारबाहीको माग गर्दै गृहमन्त्रीको ध्यानाकर्षण >> ट्रम्प भन्छन् : ‘मैले युद्ध रोकेको हुँ, पाँच जेट खसेका थिए’ >> कुलमान घिसिङ र ज्ञानेन्द्र शाहीलाई ‘ग्लोबल हिरो अवार्ड’ >> अब बेलायतमा १६ बर्षिया किशोर किशोरीले पनि मतदान गर्न पाउने >> सुठौलीमा उठ्यो लक्ष्य भन्दा बढी राजश्व  >> साउनमा ३० दिन रक्सी छाडनुहोस्, चमात्कार अनुभव गर्नुहोस् >> सडक निर्माण गति दैनिक २.५५ किलोमिटर, दाउन्ने बाहेक क्षेत्रको प्रगति राम्रो  >> एमाले पोलिटब्युरो बैठक दोस्रो दिन पनि जारी, विधान संशोधनको बहस तिव्र >> नागढुङ्गा–मुग्लिन सडकखण्डमा तीव्रगतिमा निर्माण र पहिरो रोकथामको काम चल्दै >> दूध र खसी बेचेको आम्दानी सात करोड >> रगतको अभाव बढ्दो  >> पर्या निबन्धको चर्चा >> दाङमा सवारी दुर्घटना हुँदा ४३ वर्षीय पुरुषको मृत्यु >> सामाजिक सञ्जाल टेलिग्राम एप सञ्चालनमा रोक >> एमाले पोलिटब्यूरो बैठक आज पनि: विधान मस्यौदामाथि छलफल हुने  >> २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपः आज नेपाल र भूटान भिड्दै >> किसानमा खुसी थप्दै प्रयोगशाला >> सौर्य एयरलाइन्सको जहाज दुर्घटना प्रतिवेदन: पाइलटको कमजोरीले दुर्घटना >> बन्दुक बिसाएर कोदालो क्रान्तिमा ‘विप्लव’ >> मनसुनी वायुको प्रभाव देशभर : यी प्रदेशमा वर्षाको सम्भावना >> कान्तिमा कक्षा ११ मा नवआगन्तुक विद्यार्थीहरुका लागि अभिमुखीकरण >> डिङ्गरनगर दूरगामी सहकारीः सञ्चालकहरुविरुद्ध पक्राउ पुर्जी >> प्रचण्डको चेतावनी: आवश्यक परे सडक संघर्षमा जान तयार >> राप्रपा उपाध्यक्ष मुकुन्दश्याम गिरी पदमुक्त >> २०४६ पछिका नेताको सम्पत्तिमा अनुसन्धान होस् : राप्रपाको माग >> एमाले पोलिटब्युरो बैठक सुरु >> आइतबारदेखि तीन दिनसम्म भारी वर्षाको सम्भावना >> इरानबाट ६ महिनामा १४ लाख अफगानी निकालिए >> मुलुकमा शान्ति सुरक्षाको अवस्था अहिले अनुकुल छ: गृहमन्त्री लेखक >> पर्यटन बोर्डले अन्तर्राष्ट्रिय प्रवर्द्धनमा बजेटको ७० प्रतिशत विनियोजन गर्ने >> रुकुम पश्चिममा जिप दुर्घटना, सात घाइते >> प्रधानमन्त्री ओली तुर्कमेनिस्तान जाने तयारीमा >> आलमलाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन >> नवलपरासीमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु >> दिल्लीका २० विद्यालयलाई बम विस्फोटको धम्की: प्रहरी र सुरक्षा टोली सक्रिय >> चैतसम्म ५० प्रतिशत खर्च नगरे सरकारी निकायको भुक्तानी अवरुद्ध हुने >> आज सुन र चाँदीको मूल्यमा नयाँ उचाइ, मूल्य वृद्धिमा निरन्तरता >> ग्रामीण विकास लघुवित्तको दशौं साधारण सभा सम्पन्न, मर्जर प्रक्रिया र मिडियामा आएका भ्रमप्रति संस्थाको खण्डन >> कमैया मुक्ति घोषणाको २५ वर्ष: पुनर्स्थापनाको काम अझै अधुरो >> त्रिकोणात्मक टी–२० शृङ्खला : जिम्बाब्वे र न्युजिल्यान्ड आज आमनेसामने

पुष्पाः २ का अभिनेता अल्लु अर्जुन १४ दिन न्यायिक हिरासतमा बस्ने

२८ मंसिर २०८१, शुक्रबार
२८ मंसिर २०८१, शुक्रबार

हैदाराबाद, २८ मंसिर । 

पुष्पा २ का अभिनेता अल्लु अर्जुनलाई १४ दिनको लागि न्यायिक हिरासतमा पठाइएको छ ।

हैदरावादको नामपल्ली अदालतले उनलाई न्यायिक हिरासतमा पठाएको छ।

साउथका सुपरस्टार अल्लु अर्जुनलाई हैदरावाद प्रहरीले शुक्रबार उनको घरबाट पक्राउ परेका थिए ।

हैदरावादमा हालै भएको भागदौडको सम्बन्धमा यो गिरफ्तारी भएको हो । डिसेम्बर ४ मा हैदरावादमा पुष्पा २ को स्क्रिनिङका क्रममा भागदौडमा एक महिलाको मृत्यु भएको थियो ।  जबकि उनका छोरा घाइते भएका छन् ।

अल्लु अर्जुनलाई पक्राउ गरे पछि प्रहरीले उनलाई हैदराबादको चिक्कडपल्ली प्रहरी चौकीमा लगेको थियो । यस विषयमा अभिनेतासँग यहाँ सोधपुछ गरिएकाे थियाे ।

प्रहरीले अल्लु अर्जुनलाई मेडिकल चेकअपका लागि गान्धी अस्पताल लगेको थियो, यहाँ सुरक्षा ब्यवस्था कडा गरिएको थियाे ।  धेरैले अल्लु अर्जुनले पक्राउ गर्ने तरिकामा आपत्ति जनाएका छन् । प्रहरीले बिहानको खाजा समेत खान नदिएको र बेडरुमबाटै सिधै पक्राउ गरेको उनले बताए । उनलाई लुगा फेर्न पनि मौका दिइएको छैन ।

यही बेला अल्लु अर्जुनको फिल्म ‘पुष्पा–२’ ले यतिबेला हलचल मच्चाइ रहेको छ । पुष्पा–२ साउथका साथै हिन्दी क्षेत्रमा पनि निकै रुचाइएको छ । तर अल्लु अर्जुनका लागि यो फिल्म समस्या बनेको छ ।
खासमा फिल्मको स्क्रिनिङ ४ डिसेम्बरमा हैदराबादमा भएको थियो, हैदरावादको सन्ध्या थिएटर नजिकै यो कार्यक्रमका क्रममा भागदौड मच्चिएको थियो । यसमा रेवती नामकी महिलाको मृत्यु भएको थियो । जबकि उनका छोरा घाइते भएका छन् ।

यो दुर्घटनापछि अल्लु अर्जुनले सोसल मिडिया प्लेटफर्म एक्समा भिडियो पोस्ट गर्दै माफी मागेका थिए र महिलाको परिवारलाई २५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा पनि गरेका थिए ।

तर, महिलाका परिवारले उजुरी दिएपछि प्रहरीले डिसेम्बर ५ मा  अल्लु अर्जुन र उनको सुरक्षा टोलीसहित थिएटर व्यवस्थापनविरुद्ध मुद्दा दर्ता गरेको थियो । यो मुद्दा भारतीय न्यायिक संहिताको धारा १०५ र ११८ (१) अन्तर्गत दर्ता गरिएको थियो। यसपछि प्रहरीले थिएटरका सञ्चालक र उनका इन्चार्जलाई पनि पक्राउ गरेको छ ।

भारतीय न्यायिक संहिताको धारा १०५ अनुसार दोषी पाइने व्यक्तिलाई न्यूनतम ५ वर्षदेखि आजीवन कारावाससम्मको सजाय हुने व्यवस्था छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?