ट्रेंडिंग:

>> गगन थापासँग सम्झाैता गर्न देउवापक्षीय नेताहरू लचक, विद्राेह नगर्ने र नयाँ पार्टी नखोल्ने पूर्णबहादुरको घोषणा >> यस्तो छ ६३ दलका ३ हजार २१३ जनाको समानुपातिक बन्दसूची (सूचीसहित) >> बुटवलमा ईरिक्सा थपसम्बन्धी निर्णयको विरोधमा आन्दोलन गर्ने >> यी हुन् एमालेले टिकट दिएका रुपन्देहीका उम्मेदवारहरु >> जनकपुरबाट भ्रमणमा आएको बस धरानमा दुर्घटना हुँदा ५ जनाको मृत्यु >> एमालेले सच्यायो निर्णय: विष्णु पौडेल रुपन्देहीबाटै चुनाब लड्ने >> पामिर एकेडेमीमा खेल महोत्सव सुरु >> एनसेलको सहयोगमा ‘क्रिएटर्‌स मेला’ तीन सहरमा आयोजना हुँदै >> उच्च अदालतले फेरि भन्यो– एन्फाको निर्वाचन प्रक्रिया तत्काल रोक्नू >> कांग्रेस विवाद सर्वोच्च अदालतमा >> भोलिदेखि निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको निर्णय >> बालेन शाहले गरे रास्वपा वरिष्ठ नेताको पदभार ग्रहण >> मैले होइन, बर्दियाले मलाई छोड्यो: पूर्व सांसद गौतम >> काठमाडौँका मेयर बालेन शाहले दिए पदबाट राजीनामा >> प्रधानमन्त्रीले मन्त्री र निर्वाचन आयोग पदाधिकारीसँग छलफल गर्ने >> स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. काफ्लेले दिए राजीनामा >> नेकपा छाडेर पूर्वमन्त्री रामेश्वर राय जसपा प्रवेश >> साफ पुरुष फुटसल: नेपाल र भारतबिच ३–३ गोलको बराबरी >> के मोबाइल, कम्प्युटर र टिभीको बढी प्रयोगले बालबालिकामा कम्मर दुख्ने समस्या बढ्छ ? >> निर्वाचन कार्यतालिका रोक्न माग गर्दै देउवा समूह आयोगमा >> बालेन शाहको राजीनामा किन भयो होल्ड ? >> कतारमा अमर र प्रीतिको धमाकेदार प्रस्तुतिसँगै भव्य रूपमा मनाइयो “माघ्या सकराटी” (फोटो फिचर)  >> सुनको भाउ सामान्य बढ्यो, चाँदी घट्यो >> रुपन्देही २ बाट नेकपाको उम्मेदवार विश्वदीप >> विष्णु पौडेललाई खुला पत्र: विरासतको सुरक्षा कि अवसरवादीको घेराबन्दी ? >> निर्वाचनमा मतदाताको दायित्व >> जोखिमबाट बच्न पूर्व तयारीमा ढिलाइ  >> डरभित्र सङ्घर्ष गर्दै कालीमाटी >> सांस्कृतिक घर र पोखरीले स्थानीय आत्मनिर्भर >> हिंसा र डकैतीको जालो तोड्दै प्रहरी >> यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित) >> रुपन्देहीमा एमालेबाट वासुदेव घिमिरे र खिमलाल भट्टराईले पाए टिकट, अरु टुंगो लाग्न बाँकी >> यी हुन् एमालेका लुम्बिनी प्रदेशमा निर्वाचन लड्ने उम्मेदवारहरु (सूचीसहित) >> एमाले उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट उमेदवार बन्ने >> कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको निर्णय: निष्क्रिय रहेका र छाडेकालाई पुन: पार्टीमा जोडिन आह्वान >> माघी पर्व एवं माघे सकरातीको ऐतिहासिक महत्व र नेपाली समाजको भविष्य >> गगनको पक्षमा खुल्न थाले देउवा पक्षका नेता, कँडेलले भने-पार्टीलाई एकढिक्का बनाएर अघि बढौं >> कांग्रेसको आधिकारिकताका लागि सर्वोच्च अदालत जाने देउवा समूहको निर्णय >> एमाले केन्द्रीय निर्वाचन कमिटि सदस्य खुमाकान्तले छाडे पार्टी >> कांग्रेसका पूर्व सांसद कनोडिया एमाले प्रवेश >> आगामी आर्थिक वर्षको बजेट निर्माण सुरुः स्रोत अनुमान समितिले थाल्यो काम >> उम्मेदवारी दर्ता देखि मतगणनासम्मको काम मुख्य निर्वाचन अधिकृतको कार्यालयले गर्ने >>  रामपुर, भुजात–गुरुङ गाउँको अपार माया बोकेर फर्किदा…… >> नलेखिएको एउटा बुद्धकालीन क्रान्तिको कथा >> छोराको सम्झनामा बनेको उद्यम >> २ प्रदेशका हिमाली क्षेत्रमा आज हल्का वर्षा र हिमपात, तराईमा हुस्सु >> गगनको घोषणाः कांग्रेसमा कुनै गुट छैन, गुटगत भागबण्डा हुनेछैन, एकताबद्ध बनाएर अघि बढौं >> यी तीन आधार टेकेर गगन पक्षलाई दियो निर्वाचन आयोगले आधिकारिकता >> राजनीतिक र कानुनी दुवै लडाइँ लड्छौं: देउवा पक्ष >> टुंगियो कांग्रेस आधिकारिकता विवाद, गगन थापा पक्षलाई आयोगको मान्यता

जब एक बालकले आमाको प्रेमीको बन्दुकबाट आमालाइ नै  गोली हाने

२८ मंसिर २०८१, शुक्रबार
२८ मंसिर २०८१, शुक्रबार

न्युयोर्क :  अमेरिकाको क्यालिफोर्नियामा एक २ वर्षीय बालकले आफ्नी आमालाई गोली हानेका छन् ।

जसका कारण महिलाको घटनास्थलमै मृत्यु भएको थियो । आमाको प्रेमीको पेस्तोलबाट बालकले गोली हानेको जनाइएकाे छ । खेल्दै गर्दा बच्चाले आमाको अपार्टमेन्टमा राखेको पेस्तोल फेला पारेका थिए  । जबकी ती युवतीले आफ्नो प्रेमीको लोडेड पेस्तोल ओछ्यानमा राखेकी थिइन् ।

प्रहरीका अनुसार घटना लापरवाहीको हो । यो रोक्न सकिन्थ्यो। घटना उत्तरी क्यालिफोर्नियाको एउटा सेक्टरको हो।

ती महिलाको पहिचान २२ वर्षीया जेसिन्या मीनाको रूपमा पहिचान भएको छ । बच्चाले अनजानमा ट्रिगर तान्यो र चलायाे । तत्काल अामाकाे मृत्यु भयाे ।

प्रहरीले महिलाका प्रेमी १८ वर्षीय एन्ड्रु सान्चेजलाई पक्राउ गरेको छ । यो जोडी विगत केही दिनदेखि एउटै अपार्टमेन्टमा बस्दै आएको बताइएको छ । फ्रेस्नो प्रहरी विभागका अनुसार दुबै गत हप्ता बेड रेस्टमा थिए। त्यही क्रममा बालकले पेस्तोल समात्यो । बच्चाले गोली चलाउँदा महिलाको माथिल्लो भागमा लागेको थियो । जसपछि उनको घटनास्थलमै मृत्यु भएको थियो ।

मीनाको ८ महिनाकी छोरी पनि छिन् । प्रहरीका अनुसार सान्चेजलाई पक्राउ गरिएको छ । उनको नाइन एमएमको हतियार पनि प्रहरीले बरामद गरेको छ । पेस्तोल माथि राखेको भए बच्चाको हातमा हुने थिएन ।

प्रहरीले सान्चेजसँग सोधपुछ गरिरहेको छ । उनलाई हाल फ्रेस्नो काउन्टी जेलमा राखिएको छ । प्रहरीका अनुसार हाल यस घटनामा कुनै पनि साक्षी आउन सकेको छैन । गोली लागेपछि मिनालाई फ्रेस्नोको सामुदायिक क्षेत्रीय चिकित्सा केन्द्रमा ल्याइएको थियो, जहाँ उनलाई मृत घोषित गरिएको थियो।

लेफ्टिनेन्ट पॉल सर्भान्टेसका अनुसार घटना बाहिर आएपछि प्रहरी छक्क परेको छ । कोही यति लापरवाह कसरी हुन सक्छ ? प्रहरीले सान्चेजको अपराध इतिहासको अनुसन्धान गरेको छ। उनीविरुद्ध यसअघि कुनै मुद्दा दर्ता भएको छैन । मीनाकी जेठी बहिनी जेसिका रोड्रिग्वेजले प्रहरीलाई बताइन् कि मीनाले बारम्बार सान्चेजलाई बन्दुक लिन भनेकी थिइन् । तर उनी लापरवाह थिए। जसका कारण उनकी बहिनी आज यो संसारमा छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?