Butwal Today

दक्षिण कोरियाली राष्ट्रपति माथी दोस्रो पटक महाअभियोग प्रस्ताव दर्ता

२७ मंसिर २०८१, बिहीबार
अ+
अ-

सियोल ।

दक्षिण कोरियाका विपक्षी दलहरूले मार्शल ललाई लिएर राष्ट्रपति युनलाई महाभियोग लगाउन नयाँ प्रस्ताव पेस गरेका छन् ।

दक्षिण कोरियाको संसदका ६ विपक्षी दलले राष्ट्रपति युन सुक येओललाई मार्शल लको घोषणा गरेकोमा महाभियोग लगाउन फेरी नयाँ संयुक्त प्रस्ताव पेश गरेका हुन् ।

कोरियाको संसदमा बिहीबार दिउँसो प्रमुख प्रतिपक्षी दल डेमोक्रेटिक पार्टी र ५  साना विपक्षी दलले संयुक्त रूपमा महाभियोग प्रस्ताव पेस गरेका हुन् । बिपक्षी दलले सम्भवतः शनिबार नै महाअभियोग प्रस्तावलाई मतदानमा लैजाने जनाएका छन् ।

युनको डिसेम्बर ३ मा लगाएको ‘मार्शल ल घोषणा’ले त्यहाँको राजनीतिमा अराजकता र ठूला विरोध प्रदर्शन भइरहेका छन् ।

गत साता पनि उनी माथी महाअभियोग प्रस्ताव दर्ता भएको थियो । तर, बिपक्षीलाइ आवाश्यक पर्ने ८ मत अपुग भए पछि सो महाअभियोग संसदवाट पारित हुन सकेको थिएन ।

यो पटक महाअभियोगमा सत्तारूढ दलका सांसदले पनि मतदान गर्ने बिपक्षीहरूले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?