© 2026
काठमाण्डौ ।
नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई एक सय ४० रनको लक्ष्य दिएको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको विराटनगरले २० ओभरमा सात विकेट गुमाएर १ सय ३९ रन बनायो ।
विराटनगरका स्कट एडवार्डस्ले सर्वाधिक ४५ रन बनाए भने पोखराका सागर ढकाल र रेमन रेइफरले समान दुई विकेट लिए । केहीबेरमा पोखराले जवाफी ब्याटिङ गर्दैछ । समान चार खेल खेलेका पोखरा र विराटनगर एउटा खेलमा जीत र तीन वटामा हार बेहोरेर तालिकाको पुछारमा छन् ।
एनपिएलको दोस्रो खेलमा आज दिउँसो बजे जनकपुर बोल्ट्स र काठमाण्डौ गुर्खाज खेल्दैछन् ।