ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो

सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य

१० मंसिर २०८१, सोमबार
१० मंसिर २०८१, सोमबार

कायदालाई अर्को शब्दमा काईदा पनि भन्ने गरिन्छ । काईदा र कायदाको वास्तविक अर्थ भनेको काम गर्ने तौर तरिका वा काम गर्ने रीति भन्ने बुझिन्छ । त्यसो त काइदा भनेको एक प्रकारको नियम पनि हो । कहिले कुनै वस्तुको प्रशंसा गर्नुपरेमा काइदाको रहेछ पनि भनिन्छ । कहिले असल कामको वारेमा भन्नु परेमा पनि काइदाको काम रहेछ आदि भनिन्छ । यो एक प्रकारको अभिव्यक्ति भित्र पर्दछ । बोलेर गर्नु वा काम गरेर देखाउनु उस्तै कुरा हो । कामको वा वस्तुको प्रशंसा पनि यो शब्दले बुझाउने भएकाले दुबै अर्थमा लिंदा राम्रै मानिन्छ । काम वा वस्तु फरक भए पनि रीति भित्र पर्दछन् । आजभोली एउटा चलन चल्तीमा आएको छ– त्यो हो चारैतिरबाट सरकारको आलोचना गर्ने काइदा । बाढी आयो सरकारलाई गाली, सुख्खा खडेरी भयो सरकारलाई गाली, पहिरो गयो वा असिना परेमा पनि सरकारलाई गाली । सरकारलाई गाली गर्ने यस्ता तमाम उदाहरणहरू हुन सक्छन् र छन पनि । यतिवेला पञ्चायतीकालको शासनको याद आईरहेको छ । आजभोली सरकार कहाँ छ ? भन्नेहरू र सरकारले यो गरेन र त्यो गरेन भन्नेहरूका अग्रजहरू सायद कतिपय व्यक्तिहरू त्यतिवेला सत्ता सञ्चालनमा थिए होलान् । सरकार कसरी चलेको छ ? र, सत्ता कसरी चल्छ ? सायद बाहिर बस्नेहरूले आज जसरी बोल्ने गर्छन त्यतिवेला बोल्न पाईदैनथ्यो । २०४६ साल चैत्र भन्दा पछि जन्मिएकाहरूले पञ्च्यती कालको वारेमा जान्न मात्र नभएर सुन्न पनि चाहेनन् । किनकी बहुदलीय व्यवस्था आएपछि यसैमा रुमल्लिन ठिक्क भएको छ । कहिले प्रतिगमन त कहिले टनकपुर कहिले जनआन्दोलन भाग दुई यस्तै यस्तैमा एकातर्फ दिनहरू विते भने अर्कोतर्फ सरकारको नजिक हुनेहरूले पाएको रसको चर्चा पनि कतै चले होलान ।

बहुदलीय व्यवस्था आए यताका दिनहरू भन्दा लोकतन्त्र आएपछिका दिनहरूमा नेपाली नागरिकहरूले हरस्थान र काममा सरकारलाई बढ्ता खोज्ने र कतिपयले सरकारको आलोचनामा समय खर्चिने प्रवृति बढेर आएको छ । तत्कालको कुरा गर्ने हो भने त न्यायपालिका भनेको के हो ? कार्यपालिका के हो ? र व्यवस्थापिका भनेको के हो भन्ने कुरा नै भुलेर सबै कुरा सरकार हो भन्ने जस्तै गरेर सरकार माथि लान्छना लगाउने बानीको विकास भएको पाइन्छ । यी तिन तहले गर्नेकाम फरक छ । एउटाले नीति बनाउँछ अर्कोले कार्यान्वयन गर्छ र अर्कोले नीति पालना भए नभएको हेर्ने सुन्ने र नीति पालना नभएको भए पालना गर्न लगाउने र अटेरगरेमा वा नियम विपरित गरेको भए कारवाहीको समय तथा सजाय तोक्ने काम गर्दछ । तर, यो कुरा कानुन बनाउनेहरूले नै नबुझेको महसुस हनु लागेको छ । यस प्रसंगमा उउटा उदाहरण– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी अभियोगमा सम्मानित अदालतले पक्राउ गर्न भनेको हो । यो हजारमा हजार गुणा नै सत्य हो । तर अदालतले गरेको आदेशलाई बंग्याएर किन सरकार र सरकारका साझेदारी दल अनि त्यसको नेतृत्व गर्ने प्रधानमन्त्री के पी.ओली माथि लान्छना लगाइन्छ ? अदालतलाई आदेश दिने अधिकार केपी ओलीलाई भएको भए उनले विगतमा संसंद विघटन गरेको समयमा उनका विरुद्धमा फैसला हुने थियो ? उनीसंग अदालत प्रभावमा पार्न सक्ने क्षमता वा अधिकार भएको भए संसद विघटनको पक्षमा फैसला आउने थियो । कुनैपनि मुलुकको प्रधानमन्त्रीको आदेशमा कुनैपनि अदालत चल्दैनन् भन्ने सत्यलाई किन बुझेरपनि बुझ पचाएको होला ? राष्ट्रिय स्वतन्त्र पार्टीका अधिकांश साँसदहरू सरकारको विरुद्धमा नारा लगाउन मुलुकको विभिन्न भागबाट पोखरा पुगेको अवस्था हो । यसलाई सजिलो काइदाका रूपमा लिने होला कि नीति बुझ्न ढिला भएको भन्ने होला ? जवकी आफै कानुन बनाउने तहमा पुगेका व्यक्तिहरू हुल बाँधेर एउटा व्यक्तिको समर्थकको नाममा सरकारको र अदालत दुबैको अपहेलना गरिरहेका छन् । यो आश्चर्यको विषय अवश्य हो । सम्मानित अदालतमा पुगेपछि अदालतले प्रमाणको आधारमा दण्ड वा छुटकारा दिने निश्चय छ । अभियोग लाग्दैमा कोही पनि दोषि हुन्छ भन्ने होइन । प्रमाणले भोली रविलाई सजाय गर्नु हुँदैन भन्यो भने उनले मुक्ति पाउनेछन् भने ठगीको प्रमाण फेला परेमा उनलाई अदालतले सजाय तोक्न सक्ने छ । यसका लागि कोही पनि कसैका विरुद्धमा नारावाजी गर्न जरुरी छैन । हाम्रो मुलुकमा एउटा यस्तो चलन बढेको छ– त्यो भनेको जसका विरुद्धमा पनि विना आधार बोल्ने । यो प्रवृति केही व्यक्तिहरूमा पहिलेदेखि थियो भने अहिले यो झन बढेर गएको छ । यस्तै प्रवृति बढदै जाने हो भने सही सत्य भन्ने शब्द नै लोप भएर जाने छ । कतिपय मानिसहरू आफै कुरा उवाजेर उफ्रने गर्छन भने कतिपय मानिसहरू अरूले भनेको सुन्दासाथ त्यसको सही के हो र झुठ के हो भनेर थाहा पाउनुको साटो कौवाले कान लगेको भन्दासाथ कौवाका पछाडि लाग्ने बानीको विकास भएर गएको छ । यसबाट सत्य कहिले पत्ता लाग्ने हो ? जे कुरा सुनिन्छ त्यसको वारेमा एकपटक विश्लेषण गर्न जरुरी हुन्छ । विना विश्लेषण बोल्नु भनेको कौवाले कान लग्यो भनेर कौवाको पछाडि दौडनु जस्तै हो ।

आजभोली हाम्रो मुलुकमा अडकलको भरमा लान्छना लगाउनेको संख्या बढ्दो छ । यस्तै संख्या बढदै गयो भने भोली सत्य कुरा जान्न खोज्नेको संख्या कति होला ? घटनाको सही विश्लेषण नगरी बोल्ने गर्दा आफ्नो विश्वास समेत गुम्न सक्छ भन्ने पनि थाहा पाउनु पर्दछ । एउटा कुरामा मात्र मानिस चुक्न पुग्यो भने भोलीको लागि धेरै कुरामा विश्वास चुँडिदै जान्छ । सुन्नेले यसले त यस्तै विना सुझका कुरा गर्छ भन्न लाग्छन् । यसबाट बच्नका लागि पनि घटना सुन्दासाथ दौड लगाउनुको साटो सत्य तथ्य बुझ्न लाग्ने गर्नुपर्दछ । आजभोली सामाजिक सञ्जाल प्रयोग गर्नेहरू मध्ये कतिले यस्तै हावाको भरमा टिप्पणी गरेको देख्न पाइन्छ यो पनि त्यही कान छाम्न छोडेर कौवाको पछाडि दौडिएको जस्तै हो ।

आजोभोली विभिन्न दल तिनका नेता कार्यकर्ताहरूले गर्ने गरेको टिप्पणी पनि यही कोटी भित्र परेको पाइन्छ । आफ्नो नेताले जे भन्यो त्यसको सत्य तथ्य पत्ता लगाउन वा बुझ्न नलागेर त्यसैका पछाडि हुँईयाँ लगाएको सुनिन्छ । कहिलेकाँही हाम्रो गाउँको एक छेउँमा एउटा स्याल हुँइया ग¥यो भने तत्कालै सारा स्यालहरू यस्तै हुँईया गर्दै गरेको आवाज निकै टाढासम्म सुन्न पाइन्छ । एउटा स्याल किन हुँईया गरे होला त्यसका पछाडि धेरै स्याल हुँईया गर्नुका पछाडि के रहस्य हुन सक्छ । त्यसभित्र रहस्य केही होइन त्यो भनेको स्यालको प्रवृति हो । हामी पनि कतिपय अवस्थामा त्यस्तै स्याल हुँइयामा लाग्ने गर्दछौं ।

वास्तवमा यो काइदा वा यो नीति सही होइन भनेर र यसले तत्कालिन र दीर्घकालिन फाइदा कतैपनि केही हुँदैन । खाली आफनो स्वाभाव विगार्ने मात्र हो । यस्तै विना तुकका पछाडि लाग्ने वानी पनि एक प्रकारको दुव्र्यसन जस्तै हो । जसरी लागू पदार्थलाई दुव्र्यसन भन्ने गरिन्छ र लागू पदार्थले क्षणिक आनन्द दिने मात्र हो । भविष्यमा शरीर कमजोर बनाउँदै लैजान्छ त्यस्तै हो शब्दको दुव्र्यसन पनि । यसलाई कसैले सजिलो काइदाका रूपमा प्रयोग गरेका छन् तर यसले हरेकलाई नोक्सान गर्ने छ भन्ने बुझ्न पर्दछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?