ट्रेंडिंग:

>> एमालेमा ७० वर्षे उमेर हद र २ कार्यकाल हटाउने प्रस्ताव पारित >> एक वर्षमा ट्राफिक उल्लंघनबाट १ करोड ४१ लाख राजस्व संकलन >> शितगंगाको डोहोटे क्षेत्रमा नेटवर्क समस्या, आपतकालीन सेवामा असर >> स्थानीय सरकारले फिर्ता पठाए एक अर्व >> तामनगरमा बन्ने भो ७ करोडको अन्तर्राष्ट्रिय ब्याडमिन्टन हल >> बुटवल टुडे मिडिया ग्रुपले बनायो वार्षिक कार्ययोजना >> रगत अभावको बेला संयुक्त रक्तदान, ४३ पिन्ट रगत संकलन >> राहदानी र नागरिकता लिनेको संख्या घट्यो, प्रतिलिपि लिने बढे >> बुटवल कोरा २०२५ सम्पन्न >> यस्तो छ ‘द एक्सपर्ट एज ग्लोबल एजुकेशन एक्स्पो’ को तयारी, बुटवलमा सरसफाई >> संचार उद्दमी हेमराज धितालका हत्यारालाई कारबाहीको माग गर्दै गृहमन्त्रीको ध्यानाकर्षण >> ट्रम्प भन्छन् : ‘मैले युद्ध रोकेको हुँ, पाँच जेट खसेका थिए’ >> कुलमान घिसिङ र ज्ञानेन्द्र शाहीलाई ‘ग्लोबल हिरो अवार्ड’ >> अब बेलायतमा १६ बर्षिया किशोर किशोरीले पनि मतदान गर्न पाउने >> सुठौलीमा उठ्यो लक्ष्य भन्दा बढी राजश्व  >> साउनमा ३० दिन रक्सी छाडनुहोस्, चमात्कार अनुभव गर्नुहोस् >> सडक निर्माण गति दैनिक २.५५ किलोमिटर, दाउन्ने बाहेक क्षेत्रको प्रगति राम्रो  >> एमाले पोलिटब्युरो बैठक दोस्रो दिन पनि जारी, विधान संशोधनको बहस तिव्र >> नागढुङ्गा–मुग्लिन सडकखण्डमा तीव्रगतिमा निर्माण र पहिरो रोकथामको काम चल्दै >> दूध र खसी बेचेको आम्दानी सात करोड >> रगतको अभाव बढ्दो  >> पर्या निबन्धको चर्चा >> दाङमा सवारी दुर्घटना हुँदा ४३ वर्षीय पुरुषको मृत्यु >> सामाजिक सञ्जाल टेलिग्राम एप सञ्चालनमा रोक >> एमाले पोलिटब्यूरो बैठक आज पनि: विधान मस्यौदामाथि छलफल हुने  >> २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपः आज नेपाल र भूटान भिड्दै >> किसानमा खुसी थप्दै प्रयोगशाला >> सौर्य एयरलाइन्सको जहाज दुर्घटना प्रतिवेदन: पाइलटको कमजोरीले दुर्घटना >> बन्दुक बिसाएर कोदालो क्रान्तिमा ‘विप्लव’ >> मनसुनी वायुको प्रभाव देशभर : यी प्रदेशमा वर्षाको सम्भावना >> कान्तिमा कक्षा ११ मा नवआगन्तुक विद्यार्थीहरुका लागि अभिमुखीकरण >> डिङ्गरनगर दूरगामी सहकारीः सञ्चालकहरुविरुद्ध पक्राउ पुर्जी >> प्रचण्डको चेतावनी: आवश्यक परे सडक संघर्षमा जान तयार >> राप्रपा उपाध्यक्ष मुकुन्दश्याम गिरी पदमुक्त >> २०४६ पछिका नेताको सम्पत्तिमा अनुसन्धान होस् : राप्रपाको माग >> एमाले पोलिटब्युरो बैठक सुरु >> आइतबारदेखि तीन दिनसम्म भारी वर्षाको सम्भावना >> इरानबाट ६ महिनामा १४ लाख अफगानी निकालिए >> मुलुकमा शान्ति सुरक्षाको अवस्था अहिले अनुकुल छ: गृहमन्त्री लेखक >> पर्यटन बोर्डले अन्तर्राष्ट्रिय प्रवर्द्धनमा बजेटको ७० प्रतिशत विनियोजन गर्ने >> रुकुम पश्चिममा जिप दुर्घटना, सात घाइते >> प्रधानमन्त्री ओली तुर्कमेनिस्तान जाने तयारीमा >> आलमलाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन >> नवलपरासीमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु >> दिल्लीका २० विद्यालयलाई बम विस्फोटको धम्की: प्रहरी र सुरक्षा टोली सक्रिय >> चैतसम्म ५० प्रतिशत खर्च नगरे सरकारी निकायको भुक्तानी अवरुद्ध हुने >> आज सुन र चाँदीको मूल्यमा नयाँ उचाइ, मूल्य वृद्धिमा निरन्तरता >> ग्रामीण विकास लघुवित्तको दशौं साधारण सभा सम्पन्न, मर्जर प्रक्रिया र मिडियामा आएका भ्रमप्रति संस्थाको खण्डन >> कमैया मुक्ति घोषणाको २५ वर्ष: पुनर्स्थापनाको काम अझै अधुरो >> त्रिकोणात्मक टी–२० शृङ्खला : जिम्बाब्वे र न्युजिल्यान्ड आज आमनेसामने

पार्टी नयाँ, प्रवृत्ति र पात्र पुरानै !

१३ कार्तिक २०८१, मंगलवार
१३ कार्तिक २०८१, मंगलवार

देश नयाँदिशामा परिवर्तित भई यहाँ हाम्रो माटो सुहाउँदो विकासको बाढी बग्नेछ र नेपाली जनताका अमनचयनका दिन आउनेछन् भन्दै आशा गरिरहेका जनतामा अब झनै निराशापन आउन थालेको देखिएको छ । २००७ सालदेखिको जनताको निरन्तर यो कुराईलाई सामान्य मान्नु कदापि हुँदैन । निरङ्कुश भनिएको राणातन्त्रको अन्त्यपछि पनि नेपाली जनताले जानेर हो वा नजानेर हो विभिन्न विषयमा आन्दोलन गर्न परिरहेको छ । यी आन्दोलनपछिको परिवर्तनले जनतामा कुनै किसिमले पनि खुसी ल्याउन सकेको अवस्था नै छैन । अहिले यसो त्यतिखेरको अवस्थाको विश्लेषण गर्दा जनतालाई बिहान बेलुका के खाने भन्ने समस्या थियो । तर उनीहरू प्रजातन्त्र कि प्रजातन्त्र भनेर लडेका थिए । प्रजातन्त्र ल्याईसकेपछि त के के न होला भनेका उनीहरूले त झनै शासकवर्ग सत्ताका लागि जसो पनि गरेको अवस्था देख्नुपर्यो । राजाहरू त विकासका बाधक हुन्छन् । यिनीहरूले त जनतालाई शोषण गरेर ऐस आराममात्र गर्दछन् भन्ने भाष्यद्वारा सबै जनतालाई एकजुट बनाएर राखेको राजतन्त्रलाई देशबाट फाल्न पहिलेदेखि नै थालिएको थियो । तर राजा महेन्द्रजस्तो सुझबुझपूर्ण र विकासप्रेमी राजाका कारणले राजतन्त्रको आयु मोटामोटी ४० वर्ष लम्बियो । अभिभावकीय राजतन्त्रकालको निर्दलीय प्रजातन्त्रले पनि नभएर पुनः २०४६ सालमा आन्दोलन चर्कियो । सिधा–सज्जन राजा वीरेन्द्रले बहुदलीय प्रजातान्त्रिक व्यवस्थाका लागि ढोका खोलिदिए । विश्वकै उत्कृष्ट संविधानका साथ चुनावद्वारा नयाँ सरकारको गठन भयो । ठिकै राम्रै चल्दै थियो । तर, आफ्नै पार्टीका सांसदहरूको असहयोगका कारणले विस्तारै विकास निर्माणका कार्यमा अगाडि बढ्दै गरेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले पाँचवर्षे अवधिपनि पूरा गर्न सकेन । २०५१ मा मध्यावधि भयो । बहुमत कसैको पनि आउन सकेन । तर, पनि मनमोहन अधिकारीको नेतृत्वमा अल्पमतको सरकार बन्यो । केही नयाँ नौला कामहरू भए । एकथरी कम्युनिष्ट सरकारमा हुँदा अर्कोथरी कम्युनिष्ट जङ्गल पस्ने योजना बनाउन पुगे । यो सरकार पनि टिकेन । शेरबहादुर देउवा नेतृत्वको सरकार बन्यो । केही समयपछि यो सरकार पनि ढल्यो । पञ्चायती व्यवस्थामा सरकार चलाएका व्यक्तिहरू पुनः प्रधानमन्त्री बन्नपुगे । २०५६ मा पुनःचुनाव भयो । कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री बने । पूर्ण बहुमतका उनीपनि पूरै समय टिक्न सकेनन् । पुनः गिरिजाप्रसाद आए । यही समयमा २०५८ मा राजदरबार हत्याकाण्ड भयो । माओवादीहरूलाई गोली हानेरै सिद्धाउने योजनाका गिरिजाप्रसादले सेनाबाट असहयोग भइसकेपछि सशस्त्र प्रहरी बल गठन गराए । उनलाई पनि उनकै पार्टीबाट असहयोग भयो । पुनः शेरबहादुर देउवा आए । प्रधानमन्त्रीको पद धरापमा परेको थाहा पाउने वित्तिकै संसद भङ्ग गर्दै राजाकहाँ चुनावको घोषणाका लागि विन्ति विसाए । केही समयपछि माओवादी समस्याका कारण चुनाव गराउन नसक्ने अवस्था आएपछि चुनाव सार्नका लागि राजाकहाँ पुगेका उनी राजाबाटै अपदस्त हुन पुगे ।

त्यसपछि राजाबाट प्रधानमन्त्रीको दरखास्त आह्वान गरियो । पार्टी नेताहरू र्याल चुहाउँदै राजाका कुरा पत्याएर निवेदन दिन पुगे । राजाले उनै लोकेन्द्रबहादुर र सूर्यबहादुरलाई ल्याए । त्यतिले मात्र नपुगेर देश र धर्म त्यागेर पलायन भएका धर्मछाडा तुलसी गिरी र देशप्रति मायाँचाहिँ भएका शारीरिक रूपमा चाहिँ अशक्त भइसकेका कीर्तिनिधिलाई ओल्तिर पल्तिर राखेर आफै सत्ता चलाउन लागे । तत्कालीन भारतीय सरकारको सहयोगमा नेपालमा सशस्त्र द्वन्द्व मच्चाइरहेको माओवादी र नेपाली दलहरूका बीच दिल्ली सम्झौता गरी यहाँ आन्दोलनको घोषणा भयो । आन्दोलनले राजा निष्क्रिय पारिए । पुनः गिरिजाप्रसादकै नेतृत्वमा सरकार बन्यो । केही समयपछि संविधान–सभाको चुनाव भयो । राजतन्त्रलाई अन्त्य गराइयो । के के न गर्छु भनेर जङ्गल पसेका प्रचण्ड र बाबुराम नेतृत्वको सरकारको चालामाला पनि जनताले देखे । यस बीचका सरकाले न त विकास निर्माणका काम गर्न सके न त संविधान नै बनाउन सके । प्रधान न्यायाधीशको नेतृत्वमा पुनः संविधान सभाको चुनाव भयो । विदेशीका इसारामा संविधान बनाइयो । यहाँका प्राचीन धर्म संस्कार र संस्कृति निमिट्यान्न पार्ने विदेशी योजना अनुसार बनेको संविधानले नेपाली जनताको मन जित्न सकेन । २०७५ मा पुनःचुनाव भयो । कम्युनिष्टहरूले मिलेर दुई तिहाइको सरकार बनाए । तर उही पुरानै चालमा सरकारलाई असहयोग हुनपुग्यो । प्रधानमन्त्री ओलीले संसद भङ्ग गरेर मध्यावधि गर्न गरेको कार्यलाई अदालतले बन्देज लगायो । ओलीलाई फालेर प्रचण्ड र शेरबहादुर प्रधानमन्त्री बने । २०८० मा पुनःचुनाव भयो । नयाँ पार्टीहरूले केही राम्रै सिटका साथ उदाए । प्रचण्ड केही समय प्रधानमन्त्री बने । अहिले केपी शर्मा प्रधानमन्त्री छन् । यसको केही समयपछि फेरि शेरबहादुर प्रधानमन्त्री बन्ने लिखित सहमति भएको छ रे । यत्रा आन्दोलन गरेर व्यवस्था परिवर्तन गराएर अवस्थामा सुधार ल्याउने सपना देखिरहेका जनता यस किसिमका अस्तव्यस्त सरकारबाट आजित र देशै परिवर्तन गर्दै विदेशिन थालेका छन् ।

यो अवस्था आउनुको प्रमुख कारण भनेको देशमा व्यवस्था पनि बेलाबेलामा परिवर्तन भए । पार्टीहरू पनि नयाँ नयाँ आउने क्रम जारी छ । तर, यी जुनसुकै व्यवस्था र पार्टीहरू आउँदापनि देश चलाउने मुखियाहरू र नियमहरू धेरैजसो पुरानै छन् । नयाँ आएकाको पनि तरिका चाहिँ उही पुरानै खालको छ । देशलाई अनावश्यक टुक्राटुक्रा पारी विभाजनका साथ ब्रह्मलुट गरिएको छ । यति सानो देशमा अनावश्यक प्रदेश एवम् धेरै खर्चिला पालिकाहरू बनाइएको छ । यहाँ अनावश्यक रूपमा प्रयुक्त मुखिया र कर्मचारीका कारणले देशलाई चर्को आर्थिक व्यभार परिरहेको छ । यति सानो देशमा अनावश्यक रूपमा विश्वविद्यालय र प्रतिष्ठान खोलिँदा त्यतापनि अर्को चर्को व्ययभार भइरहेको छ । यहि माटोमा जन्मिएका हिन्दू बौद्ध र किराँत धर्मलाई उपेक्षा गरेर यहाँ नयाँनयाँ धर्मका साथ जनतालाई परिवर्तन गराएर अब देशमा धर्मयुद्ध हुने त्रास भइरहेको छ । यी इत्यादि कुराहरूमा यी नयाँ पार्टीहरूको पनि सुर्ता जान सकेको छैन् । यी नयाँ पार्टीहरूका पनि केहीलाई छोडेर सबै पुरानै प्रवृत्तिका छन् । प्रवृत्ति पुरानो मात्र नभएर ती पार्टीहरूका अधिकांश मुख्य नेताका साथ कार्यकर्ता पनि उनै पुराना पार्टीहरूमा हालीमुहाली गरे मध्येकै छन् ।

त्यसैले उनीहरूको कार्यशैली पनि उही पुरानै चालको छ । पार्टी मात्र नयाँ छ, प्रवृत्ति र पात्र पुरानै छन् । जनताले पत्याएर ल्याइएका नयाँ पार्टीहरूको चाल देखेर नै जनता झनै निराशामा परिवर्तन हुन थालेका छन् । देशमा जातीय युद्धको विउ रोपेकाहरूले सरकारमा गएर यसो बाहिर बाहिर भ्रष्टाचार विरोधि जस्तो देखिएपनि भित्रभित्रै तिनै द्वन्द्व सिर्जना गर्ने कामलाई निरन्तरता दिएर बाहिरिएका छन् । २०४८ सालदेखि यस्तै किसिमले ताल न बेतालले चलिआएका जनतालाई वाक्कदिक्क लाग्ने खालका आन्दोलनका साथ नयाँ पार्टीहरूको उद्देश्य पनि उही सत्तारोहण नै छ । उही पुत्ला दहन, उही टायर बालेर प्रदुषण सिर्जना गर्ने, पुलिसलाई ढुङ्गा हान्ने, उही आफु चोख्खिन अरूलाई गाली गर्ने, के के हो के के । उत्तरतिरको छिमेकी राष्ट्रको व्यवस्था एक खालको छ । दक्षिणतिरको छिमेकी राष्ट्रको व्यवस्था अर्कै खालको छ । अलि पल्तिर थाइल्याण्ड र भुटानमा राजा छन् । तर पनि त्यहाँ त विकासको पराकाष्ठा नै हुन थालिसक्यो । नयाँ बनेका पार्टीहरू र तिनका सञ्चालकहरूले केही गर्दछन् कि भन्ने बेलामा पनि पात्र र प्रवृत्ति पुरानै खालका देख्दा यो देशलाई पशुपतिनाथले बाहेक कसैले पनि जोगाउन नसक्ने निर्णयका साथ देश छोड्नेहरूको लर्को झनै बाक्लो गरी लाग्न थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?