ट्रेंडिंग:

>> मधेश प्रदेशका ५ पदमुक्त सांसदहरूले मागे एक वर्षको हाजिरी विवरण >> लुम्बिनीमा होटल अतिथि सत्कार तालिम, सेवा गुणस्तर सुधारमा जोड >> प्रेस चौतारी केपी ओली सर्वसम्मत एमाले अध्यक्ष हुनुपर्ने पक्षमा छ : गणेश पाण्डे >> कांग्रेस संस्थापन पक्षीय २५ केन्द्रीय सदस्यहरूले ६ बुँदे माग राख्दै बुझाए ज्ञापनपत्र >> लुम्बिनी प्रादेशिक अस्पताल : सेवा विस्तार र प्रविधिक सुधारमा उल्लेखनीय फड्को >> राधाकृष्ण युवा क्लबद्वारा बिरामीलाई खाद्यान्न तथा नगद सहयोग >> अविश्वासको प्रस्ताव दर्ता गर्न गएका सांसदमाथि मधेसका सभामुखले गरे हातपात >> कजारिया टायल्सको ‘लक्की ड्र’ विजेता घोषणा >> विश्व मधुमेह दिवस: मधुमेह बारे जानौँ  >> आज विश्व मधुमेह दिवस मनाइँदै >> फोहर मैला व्यवस्थापनमा स्थानीय सरकार >> सांस्कृतिक सम्पत्तिको संरक्षणमा चासो  >> गुल्मीमा कहिलेसम्म रहला जहाज उडान ? >> शिविरले फर्कायो ज्योति  >> एनपीएल हेर्न साधारणतर्फ ५ सयदेखि २ हजार र सबै खेल हेर्न १५ हजार रुपैयाँमा पास पाइने >> ४ वर्षदेखि नेपाल–भारत बैठक नहुँदा: नहर मर्मत भएन, पीडितले ३ करोड पाएनन् >> मधेशका ५ सांसदलाई सभामुखले गरे पदमुक्त >> मधेस प्रदेश सभामा सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता >> रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश >> महालेखाको प्रतिवेदनले खोलेको रहस्य : बढैयातालमा लेखापालकै खेलमा करोडौँ बेरुजु >> दश बाम घटक एकता : केन्द्रमा उत्साह, प्रदेशमा अन्योल >> दाङमा जेनजी आन्दोलनमा तोडफोड र आगजनी गर्ने १० जना पक्राउ  >> जनप्रदर्शनका लागि एमाले रुपन्देहीको तयारी तीव्र,जेनजी युवाहरु ठूलो संख्यामा उपस्थित हुने >> विदेशमा बस्नुहुन्छ र राष्ट्रिय परिचयपत्र छ ? अनलाइनबाटै मतदाता दर्ता सम्भव >> कोशीका पूर्वमन्त्री आङ्बोको गाडीले ठक्कर दिँदा एकको मृत्यु >> कांग्रेस बैठकमा विवाद: मन्सुरलाई दोहोर्याएर बोल्न अनुमति दिएपछि होहल्ला >> सेयर बजारमा ६ कम्पनीको मूल्य १० प्रतिशतले वृद्धि >> राष्ट्रिय परिचयपत्र भएका नागरिकले मतदाता नामावलीका लागि अनलाइनबाटै आवेदन दिन सक्ने >> मधेस प्रदेशका २ सांसदमाथि पार्टी कारबाही सुरु >> मतदाता सहभागिता सुनिश्चित गर्न दर्ता अवधि थप्नुपर्छ : प्रदीप पौडेल >> कर्णाली प्रदेशसभा पुनर्निर्माण गरिँदै >> राजनीतिक अस्थिरताले नेपालमा आर्थिक वृद्धिदर २.१ प्रतिशतमा झर्ने अनुमान : विश्व बैंक >> आईजीपी कार्कीले उठाए सुरक्षा सुधार र राशन वृद्धिका विषय >> गृहमन्त्री अर्यालको स्पष्टोक्ति : दल खोल्दिनँ, चुनाव पनि लड्दिनँ >> चुनावअघि महाधिवेशन गर्नुपर्ने भए विशेष अधिवेशनमा जाऔँ – सहमहामन्त्री राठौर >> पोखरा–मुग्लिन सडकको पश्चिम खण्डमा १८ किलोमिटर कालोपत्रे सम्पन्न >> जेनजी आन्दोलनमा क्षतिग्रस्त ४६५ मध्ये ४४८ प्रहरी बिट पुनः सञ्चालनमा >> नियुक्त भए पनि मधेसका मन्त्री ‘अलपत्र’ ! >> अवकाशलगत्तै कुवेर खापुङमाथि विदेश भ्रमण र उपत्यका छाड्न रोक >> निर्वाचन आयोगले आचारसंहिताबारे दलहरुसँग छलफल गर्दै >> सातौं लुम्बिनीको महोत्सव–२०८२ को तयारी तीव्र >> दूरसञ्चार कम्पनीका १८ जना विरुद्धको मुद्दा सुनुवाइका लागि तोकियो पेसी >> रवि र छविको मुद्दा न्यायाधीश आचार्य र अर्यालको संयुक्त इजलासमा >> सिमामा तस्करले आक्रमण गरेपछि सशस्त्र प्रहरीद्वारा हवाई फायर  >> जेनजीका माग पूरा नभए निर्वाचन हुँदैन : सुदन गुरुङ >> ५ महिनामै बागमती प्रदेशका प्रमुख सचिव भूपाल बरालको सरुवा >> नवनियुक्त आईजीपी दानबहादुर कार्कीलाई दर्ज्यानी चिह्न प्रदान >> कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आज महिला भेला गर्दै, शुक्रबार युवा भेला >> सुनको भाउले नाघ्यो साढे २ लाख, कतिमा हुँदै छ कारोबार ? >> कांग्रेस नेता खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरले चलायो डोजर

रुपन्देहीका अस्पतालमा चाडपर्वमा पनि सेवा

२५ आश्विन २०८१, शुक्रबार
२५ आश्विन २०८१, शुक्रबार

बुटवल, २५ असोज । रुपन्देहीका अधिकाश स्वास्थ्य सेवाप्रदायक अस्पतालहरु चाडपर्वमा पनि सेवा दिने भएका छन । बुटवल हस्पिटल प्रालि, तिलोत्तमा अस्पताल, तिनाउ ईन्टरनेश्नल अस्पताल, चौराह हस्पिटल, सिद्धबाबा अस्पताल प्रालि लगायत अधिकाश अस्पतालहरुमा ईर्मेजेन्सी, आईसीयु, एचडियु, जनरल वार्डहरूका साथै अधिकाशं ओपिडी सेवाहरू समेत संचालन गरिने भएको छ ।

चाडपर्वमा बिरामीहरुलाई स्वास्थ्य सेवा दिने गरि दशैं पर्वको अवधिमा समेत आफ्ना सबै सेवाहरू संचालन गर्ने अस्पतालका अध्यक्ष चुन्न प्रसाद पौडेलले बताए । ‘बिरामीलाई कुनै पनि बेला स्वास्थ्य संस्था आवश्यक पर्छ ।’— उनले भने । स्वास्थ्य सेवाहरूको प्रमुख केन्द्रका रूपमा सम्भावना बोकेको रुपन्देहीमा न्युनतम मापदण्ड पुरा गर्ने गरि सेवा दिन जरुरी रहेको उनले बताए । उच्च गुणस्तरको स्वास्थ्य सेवा, प्रविधि र नवप्रवर्तन, स्वास्थ्य पर्यटन (मेडिकल टुरिज्म), पूर्वाधार विकास, सामाजिक सुरक्षा र बीमा प्रणाली, अनुसन्धान र विकास, सरकारी नीति र समर्थन, जनशक्ति विकास जस्ता मुख्य आधार भएको उनले बताए ।

हस्पिटलमा शल्यक्रिया गर्नुपर्ने भएपनि त्यसको लागि चिकित्सक र कर्मचारी व्यवस्थापन गरेको अस्पतालका अस्पतालका निर्देशक डा.कृष्ण खनालले बताए । एक सय वेड संचालन अनुमती पाएको बुटवल हस्पिटल अत्याधुनिक भवन, उपकरण सहितको नयाँ व्यवस्थापनमा उपचार सेवा बुटवल ६ चाँदवारीबाट शुरु गरेको छ । जहा दशै अवधीभर पनि एमआरआई, सिटी स्क्यान, भिडियो एक्सरे, ल्याव सहितका सबै सेवा नियमित नै संचालन गरिने छ ।

यता तिनाउ अस्पतालका कार्यकारी अध्यक्ष चिरन्जिवी जोशीले दशैमा बिरामीको सेवा दिने गरि ब्यवस्था भएको बताए । चिकित्सकहरुबाट ओपिडी सेवा निरन्तरता दिने गरि समय ब्यवस्थापनका साथै अन्य विभागहरुमा समेत कर्मचारी ब्यवस्थापन गरिएको उनले बताए ।

न्यूरो ट्रमा सेन्टरको पहिचान बोकेको चौराह अस्पताल समेत दशैमा हरेक वर्षजस्तै सेवालाई निरन्तरता दिने भएको छ । अस्पताल संवेदनशिल सेवाप्रदायक संस्था भएको हुदा बन्द नहुने अस्पतालका जनसम्प्र्क तथा सुचना अधिकृत जनक कुवरले बताए । अस्पतालबाट २४ घण्टा आकस्मिक सेवासंगै न्युरो, अर्थोका शल्यक्रियाको लागि चिकित्सकहरु तयार रहेको उनले बताए । यो वर्ष कुनै प्रकारको ट्रमा सेवाका लागि अस्पतालमा वरिष्ठ न्यूरोसर्जन डा केआई सिह केसी र उनको टिम सेवा दिन तयार रहेको उनले बताए ।

यसैगरि दैनिक मृगौला रोगीहरुको डायलोसिस सेवासंगै मुटु रोगको विशेषज्ञ सेवा दिदै आएको बुटवलको सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि, गौतम बुद्ध सामुदायिक मुटु अस्पताल समेत निरन्तर सेवा दिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?