ट्रेंडिंग:

>> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य

रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस

३ आश्विन २०८१, बिहीबार
३ आश्विन २०८१, बिहीबार

भैरहवा, ३ असोज ।

राष्ट्रिय शिक्षा दिवस–२०८१ को अवसरमा रुपन्देहीको रोहिणी गाउँपालिकामा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । दिवसको अवसरमा गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले विभिन्न प्रतियोगिता, सम्मान, शैक्षिक बहस एवं पुरस्कार वितरण गरेको हो ।

रोहिणी–३ स्वामीनगर, धकधईस्थित श्री राम नरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयमा प्राथमिक तहका शिक्षकहरुबीच मैत्रीपूर्ण ज्ञान आदानप्रदान, माध्यमिक तहका विद्यार्थीहरुबीच प्रतिष्र्धात्मक हाजिरीजवाफ प्रतियोगिता, विद्यालयस्तरीय शिक्षक वक्तृत्वकला प्रतियोगिता र माध्यमिक तह विद्यार्थीस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको गाउँपालिकाको शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेले बताए ।

जसअन्तर्गत माध्यमिक विद्यालयस्तरीय विद्यार्थी हाजिरीजवाफ प्रतियोगितामा बगहा माध्यमिक विद्यालय प्रथम, बुद्ध त्रिवेणी पब्लिक हाई स्कूल द्वितीय र श्री छिपागढ माध्यमिक विद्यालय तृतीय भएका छन् ।

त्यस्तै विद्यालयस्तरीय शिक्षक वक्तृत्वकला प्रतियोगितामा श्री राम नरेश यादव आदर्श नमूना माविका चन्द्रमणी बस्नेत प्रथम, पोखरभिण्डी माविका पुनम क.सी. द्वितीय र बोदवार मावि.का रामराज गौतम तृतीय हुनुभएको निर्णायक मण्डलका संयोजक तथा श्री पशुपति मावि तिलोत्तमाका प्रधानाध्यापक वेदनारायण भट्टराईले जानकारी दिए ।

त्यसै गरी माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगितामा युनिक होम्स ईङलिस बोर्डिङ स्कूलकी सिर्जना उपाध्याय प्रथम, बगहा माविकी अम्विया खातुन द्वितीय र पोखरभिण्डी माविकी सायमा खातुन तृतीय भएको रोहिणी गाउँपालिका शिक्षा शाखाका प्राविधिक सहायक नारायण ढुंगानाले जानकारी दिए ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने शिक्षकहरुलाई क्रमशः रु. १० हजार, ८ हजार र ६ हजार तथा विद्यार्थीहरुलाई क्रमशः रु. ५ हजार, रु. ४ हजार र रु. ३ हजार पुरस्कार तथा मेडल तथा ट्रफी प्रदान गरिएको थियो ।

विद्यार्थी तथा शिक्षकहरुलाई पुरस्कार वितरण गर्दै रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले शिक्षाको विकासका निम्ति गाउँपालिका लागिपरेको बताए । उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिदै जाने बताए ।

गाउँपालिका उपाध्यक्ष शिवकान्ती हरिजनले रोहिणी गाउँपालिकाले राष्ट्रिय शिक्षा दिवस भव्य रुपमा मनाएको बताइन् । उनले शिक्षाको विकासले समग्र विकास हुने बताइन् ।

प्रमुख प्रशासकीय अधिकृत राकेश कुमार चौधरीले शिक्षा विकासको आधारस्तम्भ भएको बताए । उनले शिक्षाको विकास बिना पालिकाको समग्र विकास हुन नसक्ने बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सहायक महामन्त्री ताहिर अलीले शिक्षालाई पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिए । उनले शिक्षामा धेरै भन्दा धेरै बजेट विनियोजन गर्न आग्रह गरे ।

जनता समाजवादी पार्टी, नेपाल (जसपा) का नेता सतिशचन्द्र मिश्राले यस्ता कार्यक्रमलाई निरन्तरता दिने गाउँपालिकालाई आग्रह गरे । उनले भने, ‘गाउँपालिका अध्यक्ष र टीमले शिक्षाको विकासमा धेरै चासो राख्नुभएको छ । उहाँहरुलाई धन्यवाद दिन चाहन्छु ।’

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का केन्द्रीय सदस्य महेन्द्र गुप्ता (प्रशान्त) ले शिक्षाको गुणस्तर सुधार्न गाउँपालिका लागिपरेको र यो सराहनीय कार्य भएको बताए । उनले रोहिणीलाई शिक्षामा नमूना गाउँपालिका बनाउनुपर्नेमा जोड दिए ।

श्री पशुपति माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नागेन्द्र प्रसाद धवलले सबैले सहकार्य गर्दै अघि बढे शैक्षिक गुणस्तर वृद्धि गर्न सकिने बताए ।

श्री सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक धनेश्वर कंवरले शिक्षकलाई मात्र दोष दिएर नहुने बताए ।

गाउँपालिकाको शिक्षा समिति सदस्य तथा युनिक होम्स इङलिस बोर्डिङ स्कूलका प्रिन्सिपल मनोज कुमार यादवले गाउँपालिकाको पाइलामा आफूहरुको साथ र सहयोग रहने प्रतिवद्धता जनाए ।

कार्यक्रममा उत्कृष्ट शिक्षक, सहायक कर्मचारी, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, कार्यालय सहयोगी लगायतलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?