ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

चार पालिकाको बिपद व्यवस्थापन योजना बन्दै

१२ श्रावण २०८१, शनिबार
१२ श्रावण २०८१, शनिबार

कपिलवस्तु, १२ साउन ।

कपिलवस्तु र रूपन्देही जिल्लाको चार पालिकाको स्थानीय बिपद व्यवस्थापन तथा जलवायु उत्थानशिलता योजना (एलडिसिआरपी) निर्माणको क्रम अन्तिम चरणमा पुगेको छ । कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका र शुद्धोधन गाउँपालिकाले बिपद व्यवस्थापन योजना २०८१ लाई अनुमोदन समेत गरेका छन् ।

ईलामिक रिलिफ नेपालको सहयोगमा लुम्बिनी एकीकृत बिकास संस्था (लिडो नेपाल) ले सञ्चालन गर्दै आएको न्यून आय भएका र संकटासन्न समुदायको उत्थानशिलता अभिबृद्धि परियोजना (पिआरभिसी) को सहयोगमा सो योजना निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । आगामी आर्थिक बर्ष २०८२/८३ पालिकाको निती तथा कार्यक्रममा समेटेर लैजाने गरि योजनाको दुई पालिकाले अनुमोदन गरेका हुन । त्यसैगरि रूपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका र समरीमाई गाउँपालिकामा समेत योजना अनुमोदन कार्य प्रक्रिया अघि बढेको जनाइएको छ ।
योजना निर्माणका लागि हाल सम्म पूर्व तयारी चरण, जोखिम पाश्वचित्र निर्माण र योजना निर्माणको कार्य पुरा भएका छन् । दुई पालिकामा योजना अनुमोदन गरि स्विकृतीको प्रक्रियामा गएका छन् भने दुई पालिकामा अनुमोदन प्रक्रिया बाँकी रहेको परामर्शदाता बिनोद शर्माले जानकारी दिए । सो पश्चात योजना कार्यान्वयन र अनुगमन, मूल्याङ्कन तथा पुनरावलोकन कार्य बाँकी रहने उनले बताए । सम्बन्धित पालिकामा बिपद् तथा जलवायुजन्य जोखिमबाट उत्पन्न हुने मृत्युदर, प्रभावितहरूको संख्या, भौतिक सम्पत्ति तथा जिविकोपार्जनमा पर्न सक्ने क्षति कम गर्दै बिकास प्रक्रियामा बिपद् जोखिम न्यूनीकरण तथा जलवायु अनुकुलनका कार्यक्रमहरूलाई मुलप्रवाहीकरण गरि संकटासन्नता घटाउँदै उत्थानशिल समुदाय, वडा र पालिका निर्माण गर्नु योजनाको मुख्य लक्ष्य रहेको जनाईएको छ । बिपद् व्यवस्थापनको सवाललाई योजनाबद्ध तरिकाले सञ्चालन गर्ने, जलवायु परिर्वतन अनुकुलन कार्यक्रममा स्थानिय सहभागिता बढाउने, ति बिषयलाई स्थानीय बिकास प्रक्रियाको मुल प्रवाहीकरणमा ल्याउने, बिपद् र जलवायु परिर्वतनको जोखिम न्यूनीकरण, पूर्व तयारी र प्रतिकार्यलाई प्राथमिकताका कार्यक्रममा राख्ने निर्माण हुन थालेको योजनाको उद्देश्य रहेको छ । सो का लागि पालिकाहरूले एकीकृत कार्ययोजना समेत तय गरेर अगाडि बढ्ने जनाईएको छ । तयार पारिएको योजनाको खाकामा पालिकाका जनप्रतिनिधि, कर्मचारी सहितका सरोकारवालाले समूह कार्य गरि आवश्यक सुझाव सहित अनुमोदन गरेका हुन ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ३ को (न) मा बिपद व्यवस्थापन सम्बन्धि स्थानीय तहको काम काम, कर्तव्य र अधिकार सम्बन्धि पूर्व तयारी र प्रतिकार्यका १२ वटा कार्य उल्लेख गरिएको छ । सोही व्यवस्थाका आधारमा निर्माण गरिन थालिएको योजनामा चार वटा खण्ड छन । जसको पहिलो खण्डमा परिचय, दोस्रोमा जोखिम मूल्याङ्कन, तेस्रोमा एकिकृत लक्ष्य तथा उद्देश्य, रणनीति, कार्यनीति र कार्ययोजना समेटीएको छ । त्यसै गरि चौथो खण्डमा योजना कार्यान्वयन, अनुगमन, मूल्याङ्कन, समिक्षा र संसोधन समेटिएको छ । योजना अनुमोदन सँगै कार्यान्वयनका लागि नीतिगत व्यवस्था गर्न सम्बन्धित पालिकाहरू तत्पर रहनेमा आफूहरू आशावादी रहेको परामर्शदाता डाक्टर किरण चालिसेले बताए । उनले अनुमोदन प्रक्रियामा आएका सुझावलाई अन्तिम प्रतिवेदनमा समेटिने जानकारी दिए ।

शुद्धोधन गाउँपालिकामा आधिबेहेरी, बाढी, चटयाड्ड, बालीनालीको आगलागी जस्ता जोखिम रहेको गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीले बताए । उनले पालिकाले जोखिम व्यवस्थापनको पुर्व तयारीका लागि शसस्त्र प्रहरी र नेपाल प्रहरीलाई बिपद् व्यवस्थापनका आवश्यक सहयोग सामग्री पालिकाले उपलब्ध गराएको जानकारी दिए । बिपदको पूर्व तयारी आवश्यक रहेको स्पष्ट पार्दै अध्यक्ष चौधरीले योजनाको कार्यान्वयनका लागि तत्पर रहने बताए । निर्मित योजनाको कार्यान्वयनले जोखिम र बिपद न्यूनीकरण, पूर्व तयारी र प्रतिकार्यमा सहयोग मिल्ने लिडो नेपालका सचिव मोहरत प्रसाद कुर्मीको भनाई थियो । दुई जिल्लाका चार पालिकामा वडा तहको संकटासन्न क्षमता बिश्लेषण र समुदायको जलवायु उत्थानशिलता योजना तयार भएको पिआरभिसी कार्यक्रमका कार्यक्रम अधिकृत शरदचन्द्र केसीले जानकारी दिए । कपिलवस्तुमा समुदायका २४ योजना पारित भई दुवै पालिकाले योजना अनुमोदन गरेको र रूपन्देहीमा समुदायका ३६ योजना पारित भई पालिकाले अनुमोदन गर्ने प्रक्रियामा रहेको केसीले स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?