ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी

११ श्रावण २०८१, शुक्रबार
११ श्रावण २०८१, शुक्रबार

पाल्पा, ११ साउन ।

जिल्लाको निस्दी गाउँपालिकाले चरम आर्थिक अनियमितता गरेको पाइएको छ । महालेखा परीक्षकको आर्थिक वर्ष ०७९÷०८० को प्रतिवेदन अनुसार सरकारी बजेट खर्च मनलाग्दी गरेको पाइएको हो ।

गाउँपालिकाले एक अर्ब ५२ करोड ९५ लाख ९६ हजार लेखापरीक्षण गराउँदा ६ करोड ५८ लाख ४ हजार अनियमित रुपमा खर्च गरेको देखिन्छ । जुन कुल बेरुजुको ३ दशमलव ३३ प्रतिशत हो । पालिकाले अनगुगमन, प्रधानमन्त्री रोजगार कार्यक्रमदेखि स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार निर्माण, अनुदान जस्ता कार्यक्रमका शीर्षकमा अनियमित रुपमा ठूलो रकम खर्चेको छ । उसले विभिन्न योजनाहरु अनुगमन गरेको भन्दै कर्मचारी र पदाधिकारीहरुलाई भत्ताबापत २ लाख २५ हजार २ सय ५० खर्च गरेको छ । जहाँ अनुगमन समितिका पदाधिकारीहरुले योजना अनुगमन गरेबापत कुनै पनि अनुगमन भत्ता पाउने व्यवस्था छैन ।

तर पालिकाले अतिरिक्त अनुगमन समिति सदस्य समेत नरहेका पदाधिकारी तथा सदस्यहरुलाई समेत संलग्न गरी योजना अनुगमन गरेको देखिन्छ । यस्तै पालिकाले हेफर प्रोजेक्ट नेपालसँगको साझेदारीमा सञ्चालित कृषि तथा पशु उद्यमशीलता विकास परियोजनाको नाममा सार्वजनिक खरिद ऐन, आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐनको परिपालना नगरी परियोजनामा उल्लेखित कार्यक्रमसँग बेमेल हुने गरी ३ करोड ४१ लाख ८१ हजार ३ सय १० बजेट खर्च गरेको छ । यस्तै उसले पर्यटन काज शीर्षकमा ८ जना कर्मचारीलाई २ लाख भुक्तानी गरेको छ । पर्यटन काज सम्बन्धी कुनै पनि कानुनी व्यवस्था नभए पनि पालिकाले बजेट नै विनियोजन गरेर खर्च गर्दै आएको छ ।

पालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ लाई लत्याउँदै ७ जना सामाजिक परिचालिका पदमा करार सम्झौता गरी १६ लाख १७ हजार पारिश्रमिकमा खर्च गरेको छ । यस्तै उसले दिवा खाजा कार्यक्रममा मापदण्ड विपरीत ४ लाख ७४ हजार ९०, प्रधानमन्त्री रोजगार कार्यक्रममा योजना छनौटको आधार नै नखुलाई ४१ लाख ६५ हजार ३ सय ६३, जलदेवी सामाजिक उद्यमी महिला सहकारी संस्थालाई भवन व्यवस्थापन तथा रेलिङ्ग कार्यक्रमका लागि ५ लाख बजेट विनियोजन गरेकोमा नियमविरीत फर्निचर, डेल डेस्कटप कम्प्युटर, ईप्सन र ब्रदरका प्रिन्टर खरिदमा ४ लाख ७६ हजार ७ सय २० खर्च गरेको पाइएको छ ।

यस्तै पालिकाले पुच्छार खानेपानी लिफ्टिङ योजनाका लागि १४ लाख बजेट विनियोजन गरे पनि निर्माण सामग्री सार्वजनिक खरिद नियमावली बमोजिम सिलबन्दी दरभाउपत्र मार्फत खरिद नगरी सिधै गरेको, निर्माण कार्यको अनुगमन, निरीक्षण तथा निर्माण कार्य गर्न पालिका आफैसँग दक्ष जनशक्ति हुँदा हुँदै पनि सस्पेन्सन ब्रिज निर्माणको प्राविधिक तथा व्यवस्थापकीय कार्यका लागि गैरसरकारी संस्था इन्द्रेणी समाज केन्द्रलाई १ लाख ४७ हजार ८ सय ४८ भुक्तानी गरेको, विद्यालय भवन निर्माण गर्दा काम नै नभएको अवस्थामा २ लाख ७९ हजार ३० भुक्तानी गरेको छ ।

पालिकाले बेरुजु घटाउने विषयमा भने चासो नै देखाएको छैन । आफु भर्खरै सरुवा भएर आएकाले अहिले त्यस्तो बेरुजु फछ्यौंट गर्ने÷गराउने अभियान नै नचलाएको प्रमुख प्रशासकिय अधिकृत मदन अर्यालले बताए । उनले भने, ‘पालिकामा बेरुजु फछ्र्यौट गर्ने÷गराउने प्रक्रियालाई व्यवस्थित गराउने कानुनको तर्जुमा समेत गरिएको छैन । आगामी दिनमा त्यसतर्फ ध्यान दिन्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?