ट्रेंडिंग:

>> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस

घोराहीको न्यायिक समितिले एक वर्षमा ८४ प्रतिशत विवादमा मिलापत्र गरायो

९ श्रावण २०८१, बुधबार
९ श्रावण २०८१, बुधबार

दाङ, ९ साउन ।

घोराही उपमहानगरपालिकाको न्यायिक समितिले आर्थिक वर्ष २०८०÷०८१ मा दर्ता भएका १ सय ७२ विवाद मध्ये १ सय ४५ विवाद फछ्र्यौट गरेको छ । घोराही उपमहानगरपालिकाको कानुन मामिला शाखाको आयोजनाका दाङको घोराही बुधबार भएको पत्रकार सम्मेलनमा वार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गदै उपप्रमुख एवं न्यायीक समिति संयोजक हुमा डिसीले अघिल्लो आर्थिक वर्षको जिम्मेवारी सरी आएका तथा गत आर्थिक वर्षमा दर्ता भएका विवाद उपर छलफल गराई ८४ प्रतिशत अर्थात १ सय ४५ विवाद मिलापत्र गर्न सफल भएको जानकारी दिइन् ।

स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ४७ को उपदफा १ र २ अनुसार देवानी प्रकृतिका मुद्दा उपर न्यायीक इजलासमार्फत न्याय निरुपण गर्ने क्रममा दफा १ अनुसार ५२ वटा, दफा २ अनुसारका ३६ वटा, अन्य उजुरी तथा निवेदन गरि ५१ वटा र आर्थिक वर्ष २०७९÷०८० बाट जिम्मेवारी सरी आएका ३३ वटा विवाद गरी १ सय ७२ विवाद मध्ये १ सय ४५ विवाद समाधान भएको न्यायिक समिति संयोजक डिसीले जानकारी दिइन् ।

उनका अनुसार, दफा १ अनुसारका ४६ वटा, दफा २ अनुसारका २८ वटा, अन्य उजुरी तथा निवेदनका ३८ वटा एवम अघिल्लो वर्षको जिम्मेवारी सरी आएको ३८ वटै विवादको मिलापत्र भएको छ । अब २७ वटा विवाद मिलापत्र गर्न बाँकी रहेको बताइन् ।

दफा १ अनुसार आलीधुर, बाँध पानीघाटको बाँडफाँडका १ वटा, ज्याला मजदुरी नदिएको १ वटा, अर्काको जग्गा वा सम्पत्तिलाई असर गर्ने गरी रुख बिरुवा लगाएका एक वटा, नाबालक छोराछोरी वा पति पत्नीलाई इज्जत आमद अनुसार खान लाउन वा शिक्षा दीक्षा नदिईएको ३ वटा गरी ६ वटा विवाद मिलापत्र गर्न बाँकी रहेको छ ।

यसैगरी, दफा २ अनुसार सरकारी सार्वजनिक वा सामुदायिक बाहेक एकाको हकको जग्गा अर्कोले मिची वा घुसाई खाएको ५ वटा, सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरुको जग्गामा संरचना बनाएको १ वटा, अर्काको हक भोगमा रहेको जग्गा आवाद भोग चलन गरेको २ वटा गरि ८ वटा विवादको मिलापत्र गर्न बाँकी रहेको छ भने अन्य उजुरी अन्तरगत लेनदेन, घरायसी अंश, ऐलानी जग्गा विवादका १३ उजुरीको मिलापत्र गर्न बाँकी रहेको न्यायीक समिति संयोजक डिसीले बताइन् ।

न्यायीक समितिमा सबैभन्दा धेरै नाबालक छोराछोरी वा पति पत्नीलाई इज्जत आमद अनुसार खान लाउन वा शिक्षा दीक्षा नदिइएको ३० वटा, सरकारी सार्वजनिक वा सामुदायिक बाहेक एकाको हकको जग्गा अर्कोले मिची वा घुसाई खाएको २३ वटा तथा लेनदेन, अंश, ऐलानी जग्गा विवादसमेतका ५१ वटा विवाद न्यायिक समितिमा न्यायको माग गर्दै उजुरी परेका थिए ।

घुम्ती न्यायिक शिविरमार्फत पछिल्लो समय न्यायिक समितिले काम गर्दै लगेकोे हुँदा न्याय निरुपणको काम सहज रुपमा भईरहेको उनले बताइन् । अहिले गाउँ टोलमा पुगेर नागरिकलाई कानुनी साक्षरता प्रदान गर्ने काम भैरहेको उपप्रमुख डिसीले जानकारी दिइन् ।

नगरप्रमुख नरुलाल चौधरीले नगरबासीलाई सहज न्याय दिलाउन न्यायिक समितिले प्रभावकारी रुपमा गर्दै आएको बताए । पीडित र पीडक भनिएकाहरु दुवैले जीतको महसुस गर्ने गरेको बताए । सामाजिक विषयसँग जोडिएका समस्याहरु न्यायिक समितिमा उजुरी परेका हुँदा कानुनी साक्षरतासँग जिम्मेवार नागरिक बनाउन पालिकाले ध्यान दिएको बताए । उनले हिंसामा परेका महिलाहरुको लागि सुरक्षित आवास केन्द्र सञ्चालनका लागि प्रदेश र केन्द्र सरकारले सहयोग गर्नुपर्ने बताए । कार्यक्रमको सहजीकरण कानुनी मामिला शाखा प्रमुख प्रतलाकुमारी देवकोटाले गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?