ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

घोराहीले ल्यायो २ अर्ब ४२ करोड बढीको बजेट

१० असार २०८१, सोमबार
१० असार २०८१, सोमबार

दाङ, १० असार ।

घोराही उपमहानगरपालिकाले पूर्वाधार, कृषि, शिक्षा, सामाजिक विकासलगायत क्षेत्रलाई प्राथमिकता दिँदै आगामी आर्थिक वर्ष २०८१–०८२ का लागि २ अर्व ४२ करोड बढी बजेट सार्वजनिक गरेको छ । नगर उपप्रमुख एवम् कार्यक्रम तथा बजेट तर्जुमा समिति संयोजक हुमाकुमारी डिसीले आइतबार पन्ध्रौँ नगरसभामा आगामी आर्थिक वर्षका लागि २ अर्ब ४२ करोड ७७ लाख १८ हजार रुपैयाँको बजेट सार्वजनिक गरिन् ।

घोराहीले चालु आर्थिक वर्षभन्दा २६ करोड ९४ लाख १८ हजार रुपैयाँ बढीको बजेट ल्याएको छ । घोराही उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०–०८१ का लागि २ अर्व १५ करोड ८३ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ ।

नगर सभामा उपप्रमुख एवम् कार्यक्रम तथा बजेट तर्जुमा समिति संयोजक डिसीले कुल बिनियोजित रकम मध्ये संघ सरकारबाट प्राप्त हुने सशर्त अनुदान ८२ करोड ९७ लाख ५८ हजार मध्ये ११ करोड ६३ लाख २० हजार अर्थात १४ दशमलव ०२ प्रतिशत पूँजीगत खर्च र ७१ करोड ३४ लाख ३८ हजार अर्थात ८५ दशमलव ९८ प्रतिशत चालु खर्च रहेको बताइन् ।
त्यस्तै प्रदेश सरकारवाट प्राप्त हुने सशर्त अनुदान ३ करोड ६४ लाख ६२ हजार मध्ये ३ करोड ६० लाख अर्थात ९८ दशमलव ७३ प्रतिशत पूँजीगत खर्च र ४ लाख ६२ हजार अर्थात १ दशमलव २७ प्रतिशत चालु खर्च रहेको छ । संघ तथा प्रदेश सरकारबाट प्राप्त वित्तीय समानिकरण अनुदान, राजश्व बाँडफाँड र रोयल्टी तथा उपमहानगरपालिकाको आन्तरिक आय घर जग्गा रजिष्ट्रेशन, बैंक मौज्दात समेतबाट विनियोजन गरिएको बजेट १ अर्ब ५६ करोड १४ लाख ९८ हजार मध्ये ५५ करोड ७१ लाख १२ हजार अर्थात ३५ दशमलव ६८ प्रतिशत चालु खर्च र १ अर्ब ४३ लाख ८६ हजार अर्थात ६४ दशमलव ३२ प्रतिशत पूँजीगत खर्च रहेको उपप्रमुख डिसीले जानकारी दिइन् ।

प्रस्तुत भएको कुल बजेटमध्ये १ अर्ब २७ करोड १० लाख १२ हजार अर्थात ५२ दशमलव ३५ प्रतिशत चालु खर्च र १ अर्व १५ करोड ६७ लाख ६ हजार अर्थात ४७ दशमलव ६५ प्रतिशत पूँजिगत खर्च रहेको छ ।

आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोत मध्ये आन्तरिक आयबाट ५५ करोड ८८ हजार, संघीय वित्तीय समानिकरण अनुदानबाट ३० करोड ३१ लाख, संघीय राजश्व बाँडफाँडबाट २६ करोड ७० लाख २६ हजार ६०१, संघीय रोयल्टी बाँडफाँडबाट ९ लाख ७३ हजार ३९९ संघीय सशर्त अनुदानबाट ८२ करोड २२ लाख ५८ हजार र संघीय बिशेष अनुदानबाट ७५ लाख व्यहोरिने भएको छ ।

त्यस्तै प्रदेश समानिकरण अनुदानबाट २ करोड २० लाख ४७ हजार, प्रदेश राजश्व बाँडफाँडबाट २ करोड ८२ लाख ६३ हजार, प्रदेश सशर्त अनुदानवाट २ करोड २४ लाख ६२ हजार र प्रदेश समपुरक अनुदानबाट १ करोड ४० लाख व्यहोरिने गरी उपमहानगरले बजेट विनियोजन गरेको हो ।

कुन क्षेत्रका लागि कति बजेट ?

घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१–०८२ का लागि सार्वजनिक गरेको २ अर्व ४२ करोड बढी बजेटमध्ये सामाजिक विकास महाशाखा अन्तर्गत शिक्षा, विद्यालय पूर्वाधार विकास तथा मर्मत एवम् खेलकुदका सबै कार्यक्रमका लागि ८४ करोड ८४ लाख ४७ हजार रुपैयाँ विनियोजन गरेको छ । पूर्वाधार विकास अन्तर्गत ८१ करोड ५३ लाख ४५ हजार रुपैयाँ विनियोजन गरेको छ ।

यसैगरी स्वास्थ्य प्रवद्र्धन अन्तर्गत ९ करोड २६ लाख ८५ हजार रुपैयाँ, कृषि प्रवद्र्धन अन्तरगत ३ करोड २ लाख ७५ हजार रुपैयाँ, वन वातावरण तथा विपद व्यवस्थापन अन्तर्गत २ करोड ५ लाख ७५ हजार रुपैयाँ, आर्थिक विकास अन्तर्गत २ करोड ६० लाख रुपैयाँ, उपभोक्ता हित संरक्षण शाखा अन्तर्गत १६ लाख ९५ हजार रुपैयाँ, सहकारी तथा रोजगार प्रवद्र्धन अन्तर्गत १० लाख २५ हजार रुपैयाँ विनियोजन गरेको छ ।

उद्योग प्रवद्र्धन अन्तर्गत २१ लाख ५० हजार रुपैयाँ, सूचना तथा संचार प्रविधि अन्तर्गत ७० लाख १५ हजार रुपैयाँ, पर्यटन तथा संस्कृति प्रवद्र्धन अन्तर्गत १४ लाख ७५ हजार रुपैयाँ, महिला बालबालिका तथा समाज कल्याण अन्तर्गत ९८ लाख ३० हजार रुपैयाँ, कानूनी मामिला अन्तर्गत २२ लाख ६० हजार रुपैयाँ, पशु सेवा अन्तर्गत ५३ लाख ८० हजार रुपैयाँ, सरसफाई व्यवस्थापन अन्तर्गत ३ करोड ५३ लाख ४५ हजार रुपैयाँ, भूमि व्यवस्थापन अन्तर्गत ५५ लाख २२ हजार रुपैयाँ विनियोजन गरेको छ ।

सामान्य व्यवस्थापन अन्तर्गत १८ लाख रुपैयाँ, योजना तथा अनुगमन अन्तर्गत १० लाख, राजश्व व्यवस्थापन अन्तर्गत १३ लाख रुपैयाँ, सामाजिक सुरक्षा तथा पञ्जीकरण अन्तर्गत १० लाख ८० हजार रुपैयाँ, भवन अनुमति तथा मापदण्ड अन्तर्गत १२ लाख रुपैयाँ, आन्तरिक प्रशासन अर्थात कर्मचारीको तलव भत्ता, ईन्धन, सवारी साधन मर्मतसम्भारदेखि सेवा सुविधा अन्तर्गत ३६ करोड रुपैयाँ विनियोजन गरेको छ ।

पालिकाको बहुवर्षीय तथा क्रमागत नयाँ तथा पुराना ७० वटा योजनाका लागि ५० करोड ९४ लाख रुपैयाँ विनियोजन गरेको छ । यसैगरी नगरस्तरीय लागत सहभागितामा आधारित ७२ वटा योजनाका लागि ६ करोड ८ लाख रुपैयाँ विनियोजन गरेको उपप्रमुख डिसीले बताइन् ।

असार २ गते नीति तथा कार्यक्रम प्रस्तुत गरेर आज बजेट ल्याएको घोराहीले चालु आर्थिक वर्षको तुलनामा बजेटको आकार केही बढाएको छ । बजेटमाथिको छलफलका लागि ११ गते बिहान ७ बजे नगरसभाको बैठक बोलाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?