ट्रेंडिंग:

>> महिला क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा हर्षल पाठक नियुक्त >> एमाले निर्वाचनको मतदानबारे आयोगले भन्यो–४ बज्दैन, २ बजेभित्र सुरु हुन्छ >> गण्डक सिँचाइमा पुस पहिलो साता पानी प्रवाह हुने >> किन बढिरहेछ पुराना दलहरूप्रति वितृष्णा ? >> किसानको माग सम्बोधनमा किन उदासीन ?  >> भूकम्पबाट १ हजार २ सय ११ घरमा क्षति  >> गृहिणीबाट सफल उद्यमी बनेकी सुस्मा >> पृथ्वीचन्द्र अस्पतालको अनियमितताबारे अख्तियारको चासो  >> प्लाइउड उद्योगमा किन गोदाम गरिन्छ युरिया मल ? >> ११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोग पदाधिकारी निर्विरोध निर्वाचित >> एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा >> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो

शिवराजले ल्यायो १ अर्ब २४ करोडको बजेट

१० असार २०८१, सोमबार
१० असार २०८१, सोमबार

चन्द्रौटा(कपिलवस्तु), १० असार ।

कपिलवस्तुको शिवराज नगरपालिकाका प्रमुख अजय थापाले स्थानीय साधन स्रोत, सीप प्रयोग हुने एवं तत्काल रोजगारी सिर्जना गर्ने आयोजना ल्याएको बताएका छन् । आइतबार आयोजना गरेको १५ औँ नगर सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सार्वजनिक खर्चमा पारदर्शिता, मितव्ययिता र उत्तरदायित्व पालना गराउँदै वित्तीय अनुशासन र सुशासन कायम गर्ने, नगरवासीको न्यूनतम आधारभूत आवश्यकताहरूको परिपूर्ति गर्ने, कृषिको व्यवसायीकरण र पर्यटन विकासलाई जोड दिएको उनले बताए । चालु वर्षका अधुरा आयोजनालाई सम्पन्न गर्न प्राथमिकतामा बजेट विनियोजन भएको मेयर थापाले बताए । यस योजनामा शिक्षालाई प्राथामिकता दिएको उनको भनाई छ ।

नगर सभा अन्तर्गत नीति तथा कार्यक्रम नगरप्रमुख अजय थापा र बजेट उपप्रमुख शिवकुमारी थारुले प्रस्तुत गरेका हुन् । चालु वर्षको तुलनामा २ करोड २८ लाख कमी बजेट आएको छ । सभामा उपप्रमुख थारुले आगामी आर्थिक वर्षका लागि १ अर्ब २४ करोड ७९ लाख ५६ हजार बराबरको आय–व्यय प्रस्तुत गरेकी छन् ।

आगामी आर्थिक वर्ष २०८१÷८२ को लागि वडा स्तरीय योजनामा १० करोड, नगर स्तरीय योजनामा १० करोड, सामाजिक विकास तर्फ ५५ लाख, शिक्षा युवा खेलकुद तर्फ ८ करोड ३५ लाख, स्वास्थ्य शाखा तर्फ ३ करोड ५० लाख,कृषि विकास तर्फ १ करोड,पशु विकास तर्फ ५० लाख विनियोजन गरिएको छ । नगरभित्रका उद्यम गर्न चाहानेलाई ऋण उपलब्ध गराउने नीति तथा कार्यक्रममा समावेश गरिएको उल्लेख छ । गत वर्ष हुन नसकेको महुवा प्रवद्र्धन कार्यक्रम यस वर्ष पनि नीति तथा कार्यक्रममा समेत समावेश गरिएको छ ।

आगामी वर्ष २०८१÷८२ को वार्षिक नीति तथा कार्यक्रम मेयर रोजगार कार्यक्रम, पढ्दै कमाउँदै कार्यक्रम, उच्च शिक्षा अध्ययनरत विद्यार्थीलाई मेयर उपमेयर छात्रवृत्ति वितरण, नगरभित्रका चोकमा सिसिटिभी क्यामरा लगायतका कार्यक्रम समेत समावेश गरिएको छ । पशु बिरामी भएको खण्डमा अनकलको सेवा सुरु गर्ने भएको छ । थाकलका सामग्री बनाउन नगरपालिकाले ढाइ लाख बजेट विनियोजन गरिएको छ । नगरपालिकाभित्र यो आर्थिक वर्षमा ७.५ किमि सडक कालोपत्रे तथा मर्मत भएको जनाइएको छ । नगरपालिकाका अनुसार वर्ष नगरपालिकाभित्र कुल १७ किमि सडक ग्राभेल भएको छ ।

करिब २ करोड लागतमा जवइ सिंचाइ आयोजना निर्माणाधिन रहेको छ । १५ सैयाको शिवराज आधारभुत अस्पतालको लागि जग्गा प्राप्ति भइ निर्माणको चरणमा छ । सभाले शिवराज नगरपालिका–५ का वडा अध्यक्ष नेत्र बेल्बासेलाई सम्मान गरिएको छ । उत्कृष्ट कर्मचारी लेखा अधिकृत, कृषि विकास अधिकृत, पशु विकास अधिकृतहरुलाई समेत सम्मान गरिएको शिवराज नगरपालिकाका प्रशासकीय अधिकृत बाबुराम पौडेलले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?