ट्रेंडिंग:

>> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा

तानसेन नगरपालिकाको बजेट एक अर्ब ७६ करोड

७ असार २०८१, शुक्रबार
७ असार २०८१, शुक्रबार

पाल्पा, ७ असार ।

तानसेन नगरपालिकाले आर्थिक बर्ष २०८१÷८२ को लागि १ अर्ब ७३ करोड ७६ लाख २० हजार ९५७ रुपियाँको बार्षिक बजेट सार्वजनिक गरेको छ ।

शुक्रबार १५ औं नगर सभाको पहिलो बैठकमा तानसेन नगरपालिकाकी उप प्रमुख प्रतीक्षा सिंजालीले उक्त अनुमानित बजेट नगरसभामा प्रस्तुत गरिन् । जसमा आगामी आर्थिक बर्षको लागि वित्तिय ब्यवस्था समेत चालू तर्फ ८४ करोड ७७ लाख ७ हजार ५ सय ७५ रुपैयाँ छ । पुँजीगत खर्च तर्फ ९१ करोड ९९ लाख १३ हजार ३ सय ८२ रहेको छ ।

नगरपालिकाको आर्थिक विकास क्षेत्र ६ करोड २ लाख ४६ हजार १३९ रुपैयाँ, भौतिक पूर्वाधार विकास तर्फ ८३ करोड ८१ लाख ९२ हजार ४५३ रुपैयाँ, त्यस्तै सामाजिक विकासतर्फ ६९ करोड ३७ लाख ५९ हजार ४७२ रुपैयाँ रहेको छ । सुशासन तथा संस्थागत विकास तर्फ १४ करोड ८८ लाख ३७ हजार ७०२ रुपैयाँ बिनियोजन भएको छ । त्यस्तैगरी वातावरण तथा विपत ब्यवस्थापन तर्फ २ करोड ६५ लाख ८५ हजार १८९ रहेको उपप्रमुख सिंजालीले जानकारी गराईन् ।

नगरसभाका अध्यक्ष नगरप्रमुख सन्तोषलाल श्रेष्ठले तानसेन नगरपालिकाको आर्थिक बर्ष २०८१÷८२ को बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नगर प्रमुख श्रेष्ठले यस आर्थिक बर्षमा साढे ३ किमी सडक कालोपत्रे तथा ढलान, साढे ९ किमि सडक स्तरउन्नती तथा मर्मत, ३ दशमलव २ किमी सडक नयाँ सडक निर्माण कार्य सम्पन्न भएको जानकारी गराए । त्यस्तै यो अवधिमा २७ वटा भवनमा ट्रस्ट निर्माण, ७ वटा मन्दिरमा १२ वटा प्रतिक्षालय निर्माण, २८ वटा खानेपानी टंकी निर्माण तथा मर्मत, २ दशमलव ५ किमी सिंचाई कुलो निर्माण तथा मर्मत भएका छन् ।

नगरपालिकाको आर्थिक विधेयक २०८१ आर्थिक समितिका संयोजक हेमन्तराज शाक्यले प्रस्तुत गरे । त्यस्तै तानसेन नगरपालिकाको बिनियोजन विधेयक उपप्रमुख प्रतीक्षा सिंजालीले प्रस्तुत गरिन् ।

तानसेन नगर प्रज्ञा प्रतिष्ठान विधेयक महेश्वर श्रेष्ठले प्रस्तुत गरे । लैङ्गिक समानता अपाङ्ग तथा सामाजिक समावेशिकरण विधेयक पनि महेश्वर श्रेष्ठले नगरसभामा प्रस्तुत गरका थिए । न्यायिक समितिको प्रतिवेदन उपप्रमुख प्रतीक्षा सिंजालीले प्रस्तुत गरिन् । सबै विधेयकमाथि छ्लफल आगामी दोस्रो बैठक असार २८ गते हुने नगर प्रमुख श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?