ट्रेंडिंग:

>> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने >> राष्ट्रियसभा उम्मेदवार बन्न थापाले दिए राष्ट्रपति सल्लाहकार पदबाट राजीनामा >> संविधान पुनर्लेखन गरी निर्वाचन सुनिश्चित गर्न जसपा नेपालको माग >> एमाले महाधिवेशनको मतदानमा ढिलाइ, प्राविधिकका अनुसार राति ८ बजेसम्म सुरु हुन सक्छ >> अटिजम भएका व्यक्तिको विकासमा अभिभावकको माया, समय र सकारात्मकता अपरिहार्य >> दक्षिण भकारीमा बुबा र छोरी आत्महत्या प्रकरण: अन्जुका श्रीमान् पक्राउ >> ईश्वर पोखरेल समूहले प्यानल टुङ्ग्यायो, को–को परे ? (सूचीसहित) >> देउवा भेट्न पुगे शेखर, ‘सिरियल नम्बर’ बिनाका फारम फिर्ता गर्न आग्रह >> सुनको भाउ आज १ हजार ६ सय रुपैयाँले घट्यो >> एमाले महाधिवेशनको मतदान ४ बजेदेखि, अन्तिम परिणाम भोलि दिउँसो आउने >> नवलपरासीको सीमा क्षेत्रबाट २० लाखको अवैध कफी बरामद >> मन्त्री घिसिङ बर्दिया जाँदै >> रोजेको मन्त्रालय अन्य दलको भागमा परेपछि मधेसबाट बाहिरिने जनमतको चेतावनी >> कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको म्याद सकिए पनि काम सकिएन >> सुदनलाई तनुजाको चेतावनी : नेपाल प्रयोगशाला होइन, जेनजीको नाम बेच्न बन्द गर >> रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा आइपुगे, भोलि उड्नेछन् कतार >> युवा नेता राजु गुरुङले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी, चुनाव जित्ने दाबी >> महिला क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा हर्षल पाठक नियुक्त >> एमाले निर्वाचनको मतदानबारे आयोगले भन्यो–४ बज्दैन, २ बजेभित्र सुरु हुन्छ >> गण्डक सिँचाइमा पुस पहिलो साता पानी प्रवाह हुने >> किन बढिरहेछ पुराना दलहरूप्रति वितृष्णा ? >> किसानको माग सम्बोधनमा किन उदासीन ?  >> भूकम्पबाट १ हजार २ सय ११ घरमा क्षति  >> गृहिणीबाट सफल उद्यमी बनेकी सुस्मा >> पृथ्वीचन्द्र अस्पतालको अनियमितताबारे अख्तियारको चासो  >> प्लाइउड उद्योगमा किन गोदाम गरिन्छ युरिया मल ? >> ११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोग पदाधिकारी निर्विरोध निर्वाचित >> एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा >> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय

घोराही उपमहानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार र सामाजिक विकास कार्यक्रम प्राथमिकतामा
२ असार २०८१, आइतबार
२ असार २०८१, आइतबार

दाङ, २ असार ।

घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१–०८२ का नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार र सामाजिक विकासलगायतका कार्यक्रमलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

नगरसभाको १५ औं अधिवेशनमा आइतबार नगर प्रमुख नरुलाल चौधरीले कूल ३३ पृष्ठको २ सय ६१ बुँदामा समेटिएको नीति तथा कार्यक्रम नगरसभामा प्रस्तुत गरेका छन् । उनले कृषियोग्य भूमिमा नियमित सिँचाई गर्न नगर क्षेत्रभित्र रहेका सम्भावित खोलाखाल्सी, सिमसारलगायत क्षेत्रहरुको मुहान संरक्षण गर्ने, भूमिगत जलभण्डार स्थिर राख्न सिँचाई, पर्यटन, रोजगारी सिर्जना गरी नगरबासीको आर्थिक स्तर उकास्ने, किसानलाई दिइने उन्नत बिउ विजन र कृषि उपकरणमा अनुदानलाई निरन्तरता दिने, सूचना प्रविधिको माध्यमबाट कृषि सूचना उपलब्ध गराउन घोराही कृषि मोबाईल एप तयार गरी कार्यान्वयनमा ल्याई किसान परिचय पत्रको समेत व्यवस्था गरिने नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । जनहितका कार्यक्रम यथावत रहने नीति ल्याएको उपमहानगरले कृषि, स्वास्थ्य र शिक्षामा केही नयाँ नीति अवलम्वन गर्नेगरी थप कार्यक्रम पनि ल्याएको छ ।

पशुपंक्षीको उपचार, पशुआहारालाई व्यवस्थित गर्न नगरभित्र रहेका पशु सेवा केन्द्रको सुदृढीकरण गरिने भएको छ । यस्तै पशुपंक्षीमा देखिने संक्रामक रोग निवारण गर्न निःशुल्क खोप उपलव्ध गराउने र त्यसका लागि डोर टू डोर कार्यक्रम सञ्चालन गर्ने, गोठदेखि ओठसम्म स्वच्छ उत्पादन र उपभोग गर्न डिस्पेन्सरीसहितको प्रयोगशाला सञ्चालनमा ल्याउने उपमहानगरले आफ्नो नीतिमा उल्लेख गरेको छ ।

यसैगरी, माटोको गुणस्तरमा ह्रास हुन नदिन माटो परिक्षण कार्यलाई निरन्तरता दिँदै प्राङ्गारिक मल तथा जैविक विषादी उत्पादन र प्रयोगमा किसानलाई प्रोत्साहन गरी प्राङ्गारिक तथा अर्गानिक उत्पादनलाई प्रोत्साहन गर्ने नीति लिएको छ । सिकलसेलका बिरामीलाई निःशुल्क रगत, लैंगिक हिंसा निवारण, बालमैत्री अभियान, ज्येष्ठ नागरिक घरदैलो स्वास्थ्यजाँच लगायतका थुप्रै पुराना कार्यक्रमलाई निरन्तरता दिइएको नगरप्रमुख चौधरीले बताए । आयुर्वेद उपचारात्मक, प्रवद्र्धनात्मक तथा पूर्वकर्म, पञ्चकर्म तथा शिरोधारासहितको आयुर्वेद स्वास्थ्य सेवा विस्तार गर्ने, महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क बिमा गर्ने, जन्मजात बिकलाङ्ग न्यूनीकरण गर्न गर्भवतीहरुलाई नियमित निःशुल्क भिडियो एक्सरे सेवाको व्यवस्था गर्ने कार्यक्रममा उल्लेख छ ।

उपमहानगरले ल्यायो शिक्षामा केही नयाँ कार्यक्रम

राष्ट्रिय शिक्षा नीतिले सम्बोधन गरे बमोजिम ५ वर्षे नगर शिक्षा योजना तयार गर्ने भएको छ । एक वडा एक नमूना विद्यालय सञ्चालन गर्ने, प्राविधिक धारको शिक्षालाई व्यवस्थित गर्दै सीपयुक्त शिक्षा उपलव्ध गराउने र दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने, विद्यालय व्यवस्थापन समिति, शिक्षक, शिक्षक अभिभावक संघको क्षमता अभिबृद्धि गर्ने, विद्यालयहरुलाई स्रोत साधनयुक्त बनाउने, सामुदायिक विद्यालयमा स्वयंसेवक शिक्षक व्यवस्थापन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । विद्यार्थीहरुलाई छात्रवृत्ति, निःशुल्क पाठ्यपुस्तक, स्यानेटरी प्याड वितरण, विज्ञान र सूचना प्रविधि प्रयोगशाला तथा पुस्तकालयको व्यवस्था र शुक्रवारिय सिर्जनशील कार्यक्रम गरेर बालबालिकालाई शिक्षामा प्रोत्साहन गर्ने उल्लेख गरिएको छ ।

थारु तथा मगर भाषामा कक्षा १ देखि ३ सम्मको पाठ्यक्रम अनुसारको पाठ्यक्रम अनुसार पाठ्यपुस्तकको व्यवस्था गर्ने भएको छ । पाँच वर्षमुनि उमेर समूहका सबै बालबालिकालाई प्रारम्भिक बालशिक्षाको अवसर दिने भनेको उपमहानगरले शिक्षामा पहुँच सुनिश्चित गर्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । लैंगिक समानता तथा सामाजिक समोवशीकरणको नीतिलाई अवलम्बन गर्ने, सन् २०२६ सम्ममा घोराहीलाई लैंगिक हिंसा नियन्त्रित पालिका घोषणा गर्न लैंगिक हिंसा नियन्त्रणका सूचक बमोजिम निरोधात्मक, प्रवद्र्धनात्मक एवम् संरक्षणात्मक कार्यक्रम संचालन गरिने भएको छ ।

त्यसैगरी घोराही उपमहानगरले स्वास्थ्यलाई पनि उत्तिकै प्राथमिकतामा राखेको छ । असहाय, विपन्न तथा प्रसूतिजन्य सेवाका लागि निःशुल्क एम्बुलेन्स उपलव्ध गराउने, प्रजनन् रुग्णता कार्यक्रम अन्तरगत पाठेघर बचाऊँ अभियान कार्यक्रम संचालन गरिने भएको छ । पाठेघरको निशुल्क भिआईए स्क्रिनिङ गरी क्यान्सरको प्रारम्भिक जाँच तथा उपचारको व्यवस्था मिलाउने नीति लिएको छ ।

घोराहीलाई लागूऔषध दुव्र्यसनमुक्त नगर घोषणा गर्ने, नगरक्षेत्रका निर्माणाधीन स्वास्थ्य संस्थाहरुको भवन सम्पन्न गर्ने, उपप्रमुख खुत्रुके वचतलाई निरन्तरता दिने भएको छ । घोराही उपमहानगरपालिकाले सामाजिक सुरक्षा र विकासका कार्यक्रमलाई पनि थप व्यवस्थित गर्ने नीति अख्तियार गरेको छ । सुरक्षित आवासका लागि भवनसंहिताको पालनामा कडाइ र अनुगमन गर्ने, पालिकाका हरेक वडालाई विद्युतीकरण पूर्ण गरी उज्यालो नगर घोषणा गर्ने नीति लिएको छ ।
नगरको पूर्वाधार विकासका ५ लाख भन्दा माथिका योजनालाई ठेक्कामार्फत गर्ने, आयोजनाहरुको गुणस्तर परीक्षण गर्न घोराहीको आफ्नै परीक्षण प्रयोगशाला स्थापनाको लागि आवश्यक पूर्वाधारको तयारीको शुरुवात गर्ने नीति लिएको छ ।सरयु नदीको सांस्कृतिक महत्व झल्किने गरी पूर्वाधार निर्माण गर्न वृहत सरयु करिडोर आयोजना सम्भाव्यता अध्ययन गर्ने, प्रस्तावित चक्रपथ कार्यान्वयनमा सघाउ पुुग्ने गरी पहुँच मार्ग, सहायक मार्ग, वैकल्पिक मार्ग, गाउँ टोल भित्रका साना सडकहरु निर्माण तथा स्तरोन्नतिको कामलाई प्राथमिकता दिने भएको छ ।

उपमहानगरले वातावरणको संरक्षण गर्न ४० माइक्रोनभन्दा कमको प्लाष्टिक झोला उत्पादन र बिक्रीमा प्रतिबन्ध लगाउने, कोशेली घरलगायत उत्पादनमा आधारित क्षेत्र र पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने, करदाता शिक्षा कार्यक्रम चलाउने र उत्कृष्ट करदातालाई सम्मान गर्ने, हरित नगरको अभियानलाई सार्थक बनाउन बजार क्षेत्रका सडक किनारमा रोड साईड प्लान्टेशन कार्यक्रम संचालन गर्ने नीति उपमहानगरले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?