Butwal Today

बागमती नदी महोत्सवको २४ औं संस्करण भदौमा हुने

२८ जेष्ठ २०८१, सोमबार
अ+
अ-

काठमाडौं ,२८ जेठ ।    बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउनका लागि बागमती नदी महोत्सवको २४ औं संस्करण आयोजना गरिने भएको छ ।

नेपाल नदी संरक्षण संस्था र फ्रेन्ड्स क्लवको आयोजनामा बिभिन्न निजि , सरकारी तथा सामाजिक संघसंस्थाहरुको सहकार्यमा बागमती नदी महोत्सव मनाउन लागिएको हो ।

नेवार समूदायले मनाउने सिथी नखः पर्वको दिन उद्घाटन हुने अभियान अन्तर्गत साढे दुई महिनासम्म हरेक साता नदि सरसफाइ, पर्यावरणीय संरक्षण लगाएतका काम गरिने नेपाल नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आलेले जानकारी दिनुभयो । भाद्रको पहिलो शनिबार सांस्कृतिक तथा सांगीतिक कार्यक्रमका साथै बाग्मती र्याफ्टीङको आयोजना गरि महोत्सवको समापन गरिने उहाले बताउनुभयो ।

नेपाल सरकारले आगामी आर्थिक बर्षकालागि बागमती सफाइ र सम्यता परियोजनाका लागि २ अर्व ७२ करोड बिनियोजन गरेको सम्दर्भमा यस कार्यक्रमको महत्व झन् बढेको आलेले उल्लेख गर्नुभयो ।

 

भिडियो सामग्री

https://youtu.be/uesSPkjvI_I