Butwal Today

कञ्चनले सुरु गर्यो निःशुल्क एम्बुलेन्स सेवा

७ जेष्ठ २०८१, सोमबार
अ+
अ-

कञ्चन, ७ जेठ ।

रुपन्देहीको कञ्चन गाउँपालिकाले निशुल्क एम्बुलेन्स सेवा सुरुवात गरेको छ । पालिका अध्यक्ष नवराज ढकालले समयमा नै हस्पिटल पुग्न नपाएर कसैको ज्यान नजाओस् भन्ने प्रमुख उद्देश्यले एम्बुलेन्स सेवा सन्चालन गरिएको बताए ।

पालिका उपाध्यक्ष मौसमी पुनले गर्भवती दिदिबहिनीका लागि एम्बुलेन्सले निःशुल्क सेवा दिने र गरिव विपन्नलाई कम भाडा दरमा हस्पिटल सम्म लैजाने ब्यवस्थापन मिलाईएको बताइन् ।

प्रमुख प्रशासकीय अधिकृत सागर गौतमले एम्बुलेन्स सन्चालनमा आउँदा कन्चन लगायत अन्य क्षेत्रका जनताले समेत सेवा पाउने भएकाले पालिकाको राम्रो कामको रुपमा आफुले लिएको बताउँदै कन्चनको हरेक विकासमा आफुले गर्ने सहयोग सधै गर्ने बताए ।

यस्तै स्वास्थ्य शाखा प्रमुख रामप्रसाद गौतमले एम्बुलेन्स केही समय अगाडि नै सुचारु गर्ने योजना रहेता पनि प्रविधिक कारणले जेठ ६ गते देखि सञ्चालनमा आएको वताए । कार्यक्रममा वडा अध्यक्ष टेकबहादुर गुरुङ, कार्यपालिका सदस्य कुमारी घर्ती, लेखा अधिकृत सन्तोष गैरे, ईन्जिनियर सुबोध ज्ञवाली, स्टोर प्रमुख श्याम पौडेल लगायतले पालिकाको लागि गौरव कुरा भएको बताएका थिए ।