ट्रेंडिंग:

>> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने

रोहिणीका आगलागी पीडितलाई लत्ताकपडा

२४ बैशाख २०८१, सोमबार
२४ बैशाख २०८१, सोमबार

भैरहवा, २४ वैशाख ।

रुपन्देहीको रोहिणी गाउँपालिकाका आगलागी पीडितहरुलाई लत्ताकपडा वितरण गरिएको छ । क्लोथ एण्ड फूड बैंक, नेपालले जिल्ला प्रशासन कार्यालय रुपन्देहीको समन्वयमा सोमबार ८६ घरधुरीलाई कपडा वितरण गरिएको संस्थाका अध्यक्ष कमल जि.सी.ले बताए । उनले भने, ‘उक्त घरपरिवारमा बालबालिका गरी प्रत्येक सदस्यहरुलाई २÷२ जोर कपडा पुग्ने गरी वितरण गरेका छौं । अघिल्लो हप्ता रोहिणीमै कपडा बैंक स्थापना गरिएको छ ।’ उनले २०८२ सालसम्म सातवटै प्रदेश अन्तर्गत मुख्य बसपार्कमा विद्युतीय सवारीसाधनमा फूड एम्बुलेन्स सञ्चालन गर्ने बताए ।

रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले आगलागीबाट ९८ वटा घरमा क्षति पुगेको बताए । उनका अनुसार ५२ वटा घरमा पूर्ण रुपमा क्षति भएको छ । उनले भने, ‘वडा नम्बर ४, ५ र ६ का ९ स्थानमा आगलागी भयो । आगलागी नियन्त्रणपश्चात तत्कालै स्थानीय विपद् व्यवस्थापन समितिको बैठक बसेर भोलिपल्ट नै आगलागी पीडितहरुलाई खाद्यान्न तथा नगद वितरण गरेका थियौं । ’ आगलागी पीडितहरुलाई स्थानीय सरकारबाट सक्दो राहत प्रदान गर्नुका साथै प्रदेश र संघीय सरकारसँग पहल भइरहेको अध्यक्ष यादवले बताए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आगलागीबाट रुपन्देहीका ७ वटा पालिकामा १५५ देखि १७५ वटा घर पूर्ण रुपमा र २५० वटा घरमा आंशिक क्षति भएको बताए । रोहिणी गाउँपालिकामा आगलागीबाट धेरै क्षति पुगेको उनले बताए । उनले आगलागी भएपछि जिल्ला व्यवस्थापन समिति घटनास्थलमा पुगेर क्षतिको मूल्यांकन गरी पीडितलाई क्षतिको आधारमा ‘क’ र ‘ख’ वर्गमा विभाजन गरी सम्बन्धित पालिकाको सिफारिसमा १५ देखि २० हजार नगद प्रदान गरिएको जानकारी दिए । उनले आगलागीको घटना भएको ४८ घण्टाभित्र पूर्ण क्षति भएका घरमा नगद राहत वितरण गरिएको बताए । उनले भने, ‘अबको ५ दिनभित्र आंशिक क्षति भएका घरमा राहत वितरण गरिनेछ । ’ जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर क्लोथ एण्ड फूड बैंक, नेपालले कपडा वितरण गरेको उनको भनाइ थियो । प्रजिअ अर्यालले भने, ‘निराश नहुनुहोला । परिस्थितिले घर जलेको छ । नगदसँगै आवश्यक खाद्यान्न पनि वितरण गरिनेछ । सरकार तपाईहरुसँगै छ । ’

रोहिणी–५ स्थित प्रहरी चौकी पिप्रहवामा भएको राहत वितरणमा रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोहर प्रसाद भट्ट, रोहिणी–४ का वडाअध्यक्ष तारानाथ यादव, ५ का अध्यक्ष घनश्याम सिंह क्षेत्री, ६ का अध्यक्ष इन्द्रमान चौधरी, वडा सदस्यहरु, सशस्त्र प्रहरी, स्थानीयबासीलगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?