ट्रेंडिंग:

>> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची)

पीडितको सहारा बन्दै बुटवलको न्यायिक समिति

२५ चैत्र २०८०, आइतबार
२५ चैत्र २०८०, आइतबार

बुटवल, २५ चैत ।

अर्घाखाँचीकी जमुना खत्री श्रीमानसँगको खटपटले सम्बन्धबिच्छेदको अवस्थामा थिइन् । सामाजिक सञ्चाल फेसबुकमा कसैले जमुनाको फोटोमा गरेको लाइक र कमेन्टलाई लिएर भएको पारिवारिक खटपट सम्बन्ध बिच्छेदको अवस्थासम्म पुग्यो । बुटवल–१३ होराइजन चोक बस्दै आएकी जमुनाको पारिवारिक बेमेललाई बुटवल उपमहानगरपालिकाको न्यायिक समितिले अन्त्य गरिदियो । “बिखण्ड हुन लागेको हाम्रो परिवार र श्रीमानसँगको सम्बन्धलाई न्यायिक समितिले जोड्ने काम गर्यो”–जमुनाले भनिन् ।

बुटवल उपमहानगरपालिकाको न्यायिक समितिमा जमुना जस्ता धेरैले विभिन्न प्रकृतिका उजुरी लिएर जान्छन् । न्यायिक समितिमा विभिन्न प्रकृतिका १४२ मुद्दा दर्ता छन् । त्यसमध्ये ११४ वटा फछ्र्यौट भएका छन् भने २८ वटा प्रक्रियामा छन् । न्याय सम्पादनमा देखिएको प्रभावकारिताले प्रडितले सहजै न्याय पाउन थालेका छन् ।

उपमहानगरपालिकामा दर्ता भएका मुद्दाहरूमा अधिकांश जग्गा सम्बन्धी र पारिवारिक झगडाका छन् । लेनदेन, नाता सम्बन्ध कायम, घर बहाल सम्झौता, जग्गा विवाद, घरेलु हिंसा, जबर्जस्ती अर्काको घरमा प्रवेश गरेर हडप्न खोजेको र सम्बन्ध विच्छेद जस्ता निवेदनहरू दर्ता भएका छन् ।

बुटवल उपमहानगरपालिकाको न्यायिक समितिले गत आर्थिक वर्ष २०७९÷८० देखि चालु आर्थिक वर्ष २०८०÷८१ को फागुन मसान्तसम्म ११० वटा उजुरीमा मेलमिलाप गराएको छ । कानुन शाखाका अधिकृत ध्रुव भट्टराईका अनुसार यो अवधिमा १४२ वटा उजुरी आएकोमा ११४ वटामा मेलमिलाप भएको हो ।

साथै बाँकी २८ वटा उजुरी प्रक्रियामा रहेका रहेको र केबल ४ वटा मुद्दा मात्रै न्यायिक समितिमा नमिलेर अदालती प्रक्रियाबाट टुङ्गो लागेको भट्टराईले बताए । बुटवल उपमहानगरको न्यायिक समितिमा आउने उजुरीहरु मध्ये करिब २५ प्रतिशत जग्गा सम्बन्धी, करिब १२ प्रतिशत लेनदेन सम्बन्धी र पछिल्लो समय घरभाडा सम्बन्धी उजुरीहरु पनि गरेको भट्टराईले बताए ।

न्यायिक समितिको कार्य नै मेलमिलाप गराउने हो । सकेसम्म समाजमा मिलाप होस् भन्ने मात्रै नभई सानातिना विवाद प्रहरी र अदालतसम्म पुग्दा हुने खर्च भार पनि कम हुँदै गएको धेरैले महसुस गरेको भट्टराई बताउँछन् । बितेको ७ वर्षको अवधिमा पीडितले न्याय पाएका सयौँ उदाहरण न्यायिक समितिसँग छ ।

स्थानीय तहको दोस्रो निर्वाचनपछि नयाँ जनप्रतिनिधिहरु निर्वाचित भएसँगै २०८० फागुन महिनासम्म १४२ वटा उजुरी दर्ता भएका छन । दर्ता भएका मध्ये ११४ वटा उजुरीको फर्छयौट अर्थात मेलमिलापका माध्यमबाट समाधान गरिएको र २८ ओटा प्रक्रियामा रहेको कानुन अधिकृत धु्रव भट्टराईले जानकारी दिए ।

कस्ता मुद्दा दर्ता भएका छन् ?

बुटवलको न्यायिक समितिमा हालसम्म दर्ता भएका निवेदन तथा मुद्दाहरुका प्रकृत्ति लगभग उस्तै उस्तै खालका छन् । अधिकांश मुद्दा खान लाउन, शिक्षा वा अंश दिलाई भराई पाउँ, घर, जग्गा भाडा दिलाई भराई पाउँ, खाली गराइ पाउँ, ज्याला मजदुरी पाउँ र बाटो निकास पाउँ भन्ने खालका दर्ता भएका छन् ।

सबै निवेदनमा निवेदन कर्ता र त्यहाँ उल्लेख गरिएका सम्बन्धितलाई मेलमिलापकर्ता मार्फत छलफल गराइन्छ । मेलमिलाप हुन नसकेका मुद्दालाई न्यायिक समितिको क्षेत्राधिकारका भए मात्रै इजलास बसिन्छ, नभए अदालतमा पठाउने गरिएको छ ।

बुटवलले एक वडामा ६ जना मेलमिलापकर्ता पुर्याउने र टोलटोलबाटै मेलमिलापका कामलाई प्रभावकारी बनाइरहेको छ ।

कस्ता छन् चुनौती ?

न्यायिक समितिकी संयोजक बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालका अनुसार अर्धन्यायिक निकायको रुपमा काम गर्नुपर्दा विवाद समाधानका लागि थुप्रै कठिनाईहरु देखिएका छन् । “विवादित विषयहरु सबै न्यायिक समितिको क्षेत्रभित्र पर्छ भन्ने आम नागरिकको धारणा छ, जसले गर्दा क्षेत्राधिकार भन्दा बाहिरका उजुरी पनि धेरै आउने गरेका छन्”–उनले भनिन्, “त्यस्ता विवाका पक्षहरुलाई कानुनी र संवैधानिक प्रावधानका बारेमा सम्झाएर पठाउन थुप्रै जटिलता छन् ।”

त्यस्तै सबै वडामा मेलमिलापकर्ता तयार भएपनि वडास्तरमा भौतिक पूर्वाधारहरु तयार गर्न नसकिएकाले मेलमिलाप केन्द्र सञ्चालनको व्यवस्थापकीय प्रवन्ध र गठन गर्न नसकिएको उपप्रमुख अर्यालको भनाई छ ।

बुटवलको इजलाश व्यवस्थित र प्रभावकारी रहेको भन्दै केही तीन वर्षअघि सर्वोच्च अदालतका न्यायाधीश तथा वरिष्ठ अधिवक्ताहरुको टोलीले निरीक्षण समेत गरेको थियो ।

संविधानको धारा २१७ अनुसार बनेको न्यायिक समितिले विभिन्न ११ विषयमा मिलापत्र गर्न सक्छ भने मेलमिलापको नीतिले नछुने विषयमा भने सुनुवाई कक्षले निर्णय गर्न सक्ने व्यवस्था छ ।

न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ अनुसार न्यायिक समितिको क्षेत्राधिकार, दफा ४८ अनुसार अधिकार क्षेत्रको प्रयोग, दफा ४९ अनुसार न्याय सम्पादनका प्रक्रिया सञ्चालन गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?