Butwal Today

सवारी दुर्घटनामा एकको मृत्यु

२२ चैत्र २०८०, बिहीबार
अ+
अ-

नवलपुर, २२ चैत ।

पूर्वी नवलपरासीमा बुधबार राति भएको सवारी दुर्घटनामा परी एकजनाको निधन भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पूर्वी नवलपरासीको देवचुली नगरपालिका– १६ टागिकोटस्थित भित्री सडकखण्डमा रजहरबाट फारमतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको निधन भएको हो ।

ग.प्र०४–००१ प ४१४७ नम्बरको मोटरसाइकल चालकले नियन्त्रण गुमाई मोटरसाइकल सडकबाट बायाँ साइडको नालीमा खस्दा मोटरसाइकल चालक देवचुली– २ दुम्कौली बस्ने वर्ष २४ को जोन महतोको निधन भएको हो ।

दुर्घटनामा गम्भीर घाइते उनको देवचुली नगर अस्पताल दुम्कौलीमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?